भर्खरै :

चीनमा संविधान संशोधनको कुरा

गएको जनवरी १९ मा चिनियाँ कम्युनिष्ट पार्टीले चीनको सर्वोच्च कानुन चिनियाँ संविधानमा नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवादबारे सी जिङपिङ विचारधारा समावेश गर्ने प्रस्ताव ग¥यो ।
जनवरी १८–१९ मा बेइजिङमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकपश्चात जारी गरेको वक्तव्यमा चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशनले पारित गरेका प्रमुख सैद्धान्तिक उपलब्धि, सिद्धान्त र नीतिलाई संविधानको संशोधनमा समावेश गर्नुपरेको उल्लेख छ ।
संविधान संशोधनबारे चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रस्ताव पूर्ण बैठकबाट पारित गरेको थियो ।
‘पार्टी र राष्ट्र विकासको शिलशिलामा हासिल भएका नयाँ उपलब्धि, अनुभव र आवश्यकता संशोधित संविधानमा समावेश गर्नुपरेको छ ।’, वक्तव्यमा भनिएको छ ।
‘स्थीरता, स्थायित्व र प्राधिकार कायम गर्दै गर्दा हामीले समयको गतिसँगै हिड्नुपर्छ र संविधानमा सुधार गर्नुपर्दछ’, दस्तावेजमा भनिएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले सिंगो पार्टीलाई महासचिव सी जिङपिङलाई केन्द्रमा राखेर पार्टीको वरपर संगठित हुन र चिनियाँ विशेषतासहितको समाजवादी कानुनी शासन अंगाल्न आह्वान गरेको छ ।
पूर्ण बैठकको आयोजना चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पोलिटव्युरोले गरेको थियो । बैठकमा सीले गहकिलो मन्तव्य व्यक्त गरेका थिए । बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीका २ सय ३ जना केन्द्रीय सदस्य र १ सय ७२ जना वैकल्पिक केन्द्रीय सदस्य सहभागी थिए । साथै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय अनुशासन आयोगका सदस्य, सम्बन्धित विषयमा नेतृत्व गरिरहेका अधिकारीहरु, स्थानीय संगठनबाट चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनमा निर्वाचित केही प्रतिनिधि र विज्ञहरु सहभागी थिए ।
बैठकको सम्पूर्ण समय नेताहरुले संविधान संशोधनका विभिन्न प्रस्तावमाथि छलफलमा केन्द्रित भयो । राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका अध्यक्ष झाङ तेचाङले बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेका थिए ।
संविधान संशोधन किन ?
नयाँ युगमा चीनको संविधान संशोधन गर्न आवश्यक छ ।
जनवादी गणतन्त्र चीनको पहिलो संविधान सन् १९५४ मा घोषणा भएको थियो । चीनको वर्तमान संविधान भने सन् १९८२ मा पाँचौं राष्ट्रिय जनकाङ्ग्रेसले जारी गरेको हो । यो संविधान जम्मा चार पटक संशोधन भइसकेको छ । सन् १९८८, १९९३, १९९९ र २००४ मा क्रमशः यो संविधानमा संशोधन गरिएको थियो । वक्तव्यमा वर्तमान संविधानले चीनको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख छ ।
‘देश र पार्टीको बद्लिंदो यथार्थ र विकाससँगै संविधानमा पनि प्रगति हुँदै गएको छ ।’, वक्तव्यमा भनिएको छ ।
सन् २००४ मा भएको पछिल्लो संशोधनपश्चात पार्टी र देशमा धेरै महत्वपूर्ण परिवर्तन भइसकेका छन् ।
‘उन्नाइसौं महाधिवेशनले नयाँ युगको चिनियाँ विशेषता सहितको समाजवादमा महत्वपूर्ण रणनीतिक नीति पारित गरेको थियो ।’, वक्तव्यमा उल्लेख छ ।
पार्टी र जनताले हासिल गरेका सैद्धान्तिक, व्यवहारिक र संस्थागत उपलब्धिलाई समावेश गर्न संविधान संशोधन गर्न आवश्यक छ ।’, वक्तव्य अघि भनिएको छ ।
वक्तव्यमा संशोधन प्रक्रियाअन्तर्गत संविधानमा माक्र्सवाद–लेनिनवाद, माओ त्से तुङ विचारधारा, देङ स्याओपिङ सिद्धान्त, तीन प्रतिनिधित्वको सिद्धान्त, विकासको वैज्ञानिक दृष्टिकोण र नयाँ युगको लागि चिनियाँ विशेषताको समाजवादबारे सी जिङपिङ विचारधारा उल्लेख गरिनेछ ।
प्रमुख विषयवस्तु के हुन् ?
नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिङपिङ विचारधारा पार्टी र चीनको लागि लामो समयको निर्देशक सिद्धान्त बन्नेछ । पूर्ण बैठकपश्चात जारी गरेको वक्तव्यमा सी विचारधारा चिनियाँ सन्दर्भमा माक्र्सवाद अंगीकार गर्नुको परिणाम भएको उल्लेख छ । साथै सी विचारधारा समकालीक चीन र एक्काइसौं शताब्दीको माक्र्सवाद भएको पनि वक्तव्यमा उल्लेख छ । ‘यो विचारधारा दीर्घकालको लागि चिनियाँ कम्युनिष्ट पार्टी र चीनको मार्गनिर्देशक सिद्धान्त हुनेछ ।’, वक्तव्यमा भनिएको छ ।
‘पार्टीको नेतृत्व सबै क्षेत्रमा सशक्त र उच्च बनाउँदै जानुपर्दछ । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व स्वीकार्नुुलाई संविधान संशोधनमा सिद्धान्त मानिएको छ । चिनियाँ विशेषता सहितको समाजवाद चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वको योगदान हो । साथै चिनियाँ राजनीतिक प्रणालीको बलियो शक्ति पनि हो ।’, वक्तव्यमा अघि भनिएको छ ।
अर्थतन्त्र, राजनीति, संस्कृति, समाज र पर्यावरणीय विकासलाई समन्वयात्मक रुपमा विकास गर्ने पाँच पांग्रे संयुक्त योजना र सबैको लागि गरिने अनुसन्धानात्मक, समन्वयात्मक, हरित र खुला विकास राष्ट्रिय पुनर्जागरणको लागि सबैभन्दा महत्वपूर्ण पाटो हुन् ।
सन् २०२० सम्ममा सबै हिसाबमा मध्यम ढंगले समृद्ध समाज बनाउने, सन् २०३५ सम्ममा आधारभूत रुपमा समाजवादी आधुनिकीकरणको लक्ष्य हासिल गर्ने र २१ औं शताब्दीको मध्यसम्ममा चीनलाई महान आधुनिक समाजवादी देश निर्माण गर्ने लक्ष्य प्राप्तिलाई पनि वक्तव्यमा जोड दिइएको छ ।
शान्तिपूर्ण विकास, आपसमा हितकारी खुलापनको रणनीति र मानवजातिको साझा भविष्य सहितको समुदाय निर्माणलाई प्रबद्र्धन गर्ने बाटो मानवजातिको शान्तिपूर्ण विकासका लागि ठूलो महत्व राख्ने बाटो हो ।
पार्टी नेतृत्वअन्तर्गत रहने गरी सार्वजनिक अधिकार प्रयोग गर्ने सबै अधिकारीहरुको लागि राष्ट्रिय अनुगमनकारी प्रणाली स्थापना गर्ने सुधार राजनीतिक प्रणालीमा महत्वपूर्ण सुधार हो । यो पार्टी र राज्यलाई आत्मनियन्त्रण प्रणालीलाई बलियो बनाउने प्रमुख निर्णय हो ।
संविधान सबैले पालना गर्नुपर्छ
पूर्ण बैठकबाट जारी भएको वक्तव्यमा राज्य प्रशासन सञ्चालनमा संविधानको महत्वपूर्ण भूमिका र संविधान कार्यान्वयन सुनिश्चित गर्नमा जोड दिइएको छ ।
वक्तव्यमा भनिएको छ, ‘विधिको शासनको प्रभावकारी अवलम्बनअन्तर्गत संविधानको शासनलाई प्राथमिकता दिइनुपर्दछ । कानुनको शासन अवलम्बनको क्रममा संविधानलाई सबैभन्दा उच्च स्थानमा राखिनुपर्दछ ।’
‘संविधान विपरीतका कुनै पनि व्यवहारमा नबिराई सुधार्नुपर्दछ ।’, वक्तव्यमा अघि भनिएको छ,‘संविधान र कानुनभन्दा माथि कोही पनि व्यक्ति वा निकाय हुनुहुँदैन ।’
सम्पूर्ण जनता, राज्यका निकाय, सशस्त्र सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समूह, सार्वजनिक संस्था र कम्पनीहरुले संविधानलाई आधारभूत निर्देशकको रुपमा लिनुपर्छ ।
‘सार्वजनिक कार्यालयका सबै तहका अधिकारीहरु, त्यसमा पनि विशेष गरी नेतृत्वदायी अधिकारीहरुले संविधान र कानुनअनुसार आफ्नो शक्ति प्रयोग र काम गर्नुपर्दछ र आफूलाई जनताको अनुगमनमा राख्नु पर्दछ ।’, वक्तव्यमा जोडका साथ भनिएको छ ।
महत्व
संविधानका प्रमुख संस्थागत प्रावधानलाई बलियो बनाउनुले चिनियाँ विशेषतासहितको समाजवादी बन्दोबस्तमा प्रगति गर्न र विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरा वक्तव्यमा उल्लेख छ ।
संविधानको संशोधनले चिनियाँ विशेषता सहितको समाजवादी व्यवस्थालाई शक्तिशाली बनाउन सुनिश्चित गरेको छ ।
चिनियाँ समाजवादी कानुनी प्रणालीको केन्द्रमा संविधान भएकाले कानुनी शासनको कार्यान्वयनअन्तर्गत संवैधानिक शासनलाई प्राथमिकतामा राख्नुपर्दछ ।
कानुनी शासनअन्तर्गत संविधानको कार्यान्वयनलाई नै प्राथमिकतामा राख्नुपर्दछ । चीनको इतिहासले सिकाएका कुरालाई सम्पत्तिको रुपमा उपयोग गर्नुपर्दछ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशन यता सी जिङपिङलाई पार्टीको केन्द्रमा राखेर पार्टी केन्द्रीय समितिले चिनियाँ विशेषता सहितको समाजवादको विकासतिर सिंगो देशलाई अघि बढाएको छ । परिणामतः आज नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिङपिङ विचारधारा स्थापित भएको छ ।
प्रस्तावित संविधान संशोधन प्रस्तावले पार्टी र देशलाई विकासको गतिमा अघि बढाउनुका साथै देशको स्थायित्व, स्थीरता र अधिकारसम्पन्नता कायम राख्नेछ ।
चिनियाँ कम्युनिष्ट पार्टीले संविधानबमोजिम शासन गर्न यो प्रस्ताव अघि सारेको हो । कम्युनिष्ट पार्टीले संविधानको विकास, संवैधानिक पुनरावलोकन र संविधानको सर्वोच्चतालाई कायम राख्दै अघि बढ्नेछ ।
सन् २०१२ देखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले संविधानको आत्मसम्मान र अधिकार रक्षाको लागि महत्वपूर्ण काम गर्दै अ ाएको छ । जस्तै संविधान दिवसको घोषणा र संविधान कार्यान्वयनको रेखदेख गर्ने निकायको स्थापना भएका छन् ।
प्रस्तावित संविधान संशोधन प्रस्तावले संविधानको कार्यान्वयन सुनिश्चित गर्नुका साथै सुधार र विकासप्रति जरा तहबाटै आत्मविश्वास जागृत हुनेछ । साथै सुधारको गतिलाई अझ दु्रत पार्न सबै क्षेत्रका लागि संवैधानिक पथप्रदर्शन हुनेछ ।
मूल स्रोतः बेइजिङ रिभ्यु, फेब्रुअरी १, २०१८
नेपाली भाषान्तरः कृति
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *