अमेरिका–इरान युद्धको तनाव थप चर्किँदै
- भाद्र २४, २०८३
बर्दिया, १६ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा पार्टी जिल्ला समितिले भुरिगाउँमा मङ्गलबार कार्यकर्ता भेला ग¥यो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले शासक दलहरूबाट भइरहेको भ्रष्टाचार र अपराधको कारण युवा पुस्तामा राजनीतिप्रति वितृष्णा जागेको बताउनुभयो ।
उहाँले विदेशी शक्तिहरूले देशको सार्वभौमिकतामाथि विभिन्न ढङ्गबाट आक्रमण गरिरहँदा पनि शासक दलहरू मौन बसी सत्ता स्वार्थमा लागिपर्नु दुर्भाग्यपूर्ण रहेको चर्चा गर्दै पुँजीवादी व्यवस्थामा सम्पत्ति सीमित व्यक्तिमा थुप्रिँदा धनी र गरिबबिचको खाडल गहिरिँदै जाने प्रस्ट पार्नुभयो ।
उहाँले उत्पादनका स्रोत र साधनहरू राज्यको स्वामित्वमा भई व्यापक जनताको हितमा प्रयोग गर्न समाजवादी व्यवस्थाको आवश्यकता रहेको औँल्याउनुभयो ।
पार्टीका जिल्ला अध्यक्ष हरिलाल न्यौपानेले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा मुख्य दुश्मन को हुन् भन्ने छुट्याउन नसक्दा, भारतको उक्साइमा पाकिस्तानबाट बङ्गलादेश टुक्रिएको विषयमा प्रस्ट दृष्टिकोण राख्न नसक्दा तथा सोभियत रुसी संशोधनवादको विरोध गर्न नसक्दा वैचारिक बेमेल भई २०३१ सालमा नेपाल मजदुर किसान पार्टी स्थापना भएको बताउनुभयो । उहाँले पार्टीले स्थापना कालदेखि नै पार्टीले देशको सार्वभौमिकता रक्षा र कामदार जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर जनआवाजलाई बुलन्दै पार्दै आएको बताउनुभयो ।
भेलामा स्थानीय महिला तथा युवाहरूले पार्टीका गतिविधिहरूबारे आ–आप्mनो विचार प्रस्तुत गर्नुभयो ।
Leave a Reply