भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १६ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा किसानहरूबिच बुधबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले बहुमत कामदारवर्गलाई राजनीतिक र सैद्धान्तिकरूपले सचेत पार्न जरूरी भएको धारणा राख्दै शासक दलका अवसरवादी, पदलोलुप नेता–कार्यकर्ताहरूकै कारण देशको स्थिति झन् झन् दयनीय अवस्थामा पुगेको हो भन्नुभयो ।
बेइमान गर्न नपाएसम्म इमानदार हुने, सिद्धान्तच्युत र अवसरवादीहरूबाट कार्यकर्ताहरू सजग हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले वर्ग शत्रुलाई चिन्न जरूरी भएको बताउनुभयो ।
भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरूद्ध देशको सार्वभौमिकता रक्षार्थ, जनताको समस्या समाधान गर्न नेमकिपा सङ्घर्षरत छ, उहाँले भन्नुभयो ।
नेमकिपालाई विगत र वर्तमानमा समाप्त गर्न प्रतिक्रियावादीहरू लागिपरेको छ भन्दै उहाँले शासक पार्टीहरू जातीय, क्षेत्रीय, भाषिकरूपमा दमन गर्ने फासीवादी नीति अँगाल्दै छन् भन्नुभयो ।
भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरूद्ध लड्ने नयाँ पुस्ता तयार गर्नमा कार्यकर्ताहरू लाग्नुपर्नेमा केन्द्रीय सदस्य गोसाईले जोड दिनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका कृष्णगोविन्द लाखाले नेपाली जनतालाई शोषणबाट मुक्ति दिलाउन, कामदारवर्गलाई शासकवर्गमा परिणत गराउन र विदेशी हस्तक्षेपविरूद्ध देशको सार्वभौमिकता रक्षार्थ देश र जनताको निःस्वार्थरूपले सेवा गर्न नेमकिपा स्थापना भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा आर प्रजापति र पूर्णगोपाल राजचलले पनि बोल्नुभएको थियो ।
Leave a Reply