हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
(इतिहासकार ग्रोभर फरले सोभियत इतिहासकारितामा क्रान्ति ल्याइदिनुभएको छ । उहाँका सबैजसो रचना स्तालिन र उहाँको युगसँग सम्बन्धित छन् । स्तालिनले भन्नुभएको थियो, मलाई थाहा छ, मेरो मृत्युपछि ममाथि धुलोमैलो छ्यापिनेछ, तर इतिहासले त्यसलाई सफा गर्दै जानेछ । सत्यको खोजी गर्दै ग्रोभर फर स्तालिनले औँल्याउनुभएको इतिहासको त्यही मोडमा पुग्नुभएको छ र धुलोमैलो सफा गर्दै हुनुहुन्छ । उहाँ एक अमेरिकी विश्वविद्यालयका प्रोफेसर हुनुका साथै सादा, मनकारी र सत्यान्वेषी हुनुहुन्छ । उहाँका सबैजसो रचना हाल इन्टरनेटमा उपलब्ध छन् । यो आलेख पहिलोपल्ट सन् २००५ मा प्रकाशित भएको थियो । सोभियत शासनमा कर्मचारीतन्त्रको राइँदाइँबारे विश्लेषण गरिएको यस आलेखले दिशासूचकको काम गर्नेछ । मूल रचनाको अन्त्यमा दिइएको लामो सन्दर्भ सूचीलाई हटाएर यो आलेख लेखककै अनुमतिले यहाँ प्रस्तुत गरिन्छ । रचनाको स्रोत लेखक स्वयम्को निजी वेबसाइट हो । – सुरेश)
३५. सन् १९५३ को जूनमा बसेको सोही बैठकमा ख्रुश्चेभले भने :
याद गर्नुस् त्यसबेला राकोसी (हङ्गेरियाली कम्युनिस्ट नेता) ले भने – मन्त्रिपरिषद् र केन्द्रीय समितिले के निर्णय गरेका छन् ? जिम्मेवारी बाँडफाँड कस्तो हुनुपर्छ ? तब बेवास्तापूर्वक बेरियाले भने – केको केन्द्रीय समिति ? मन्त्रिपरिषद्लाई निर्णय लिन दिनुस् । केन्द्रीय समितिलाई कार्यकर्ता र प्रचारप्रसारमा ध्यान लगाउन दिनुस् ।” (बेरिया पेज ९१)
३६. पछि सोही बैठकमा लाजार कगानोविचले ख्रुश्चेभको विचारलाई विस्तार गरे :
हाम्रो लागि पार्टी सर्वोपरी छ । त्यो दुष्ट (बेरिया) ले बोलेजस्तो कसैलाई बोल्न दिनुहुन्न । त्यसले केन्द्रीय समिति कार्यकर्ता र प्रचारप्रसारको लागि हो, राजनीतिक नेतृत्वको लागि होइन, हामी बोल्शेभिकहरूले बुझेजस्तो जीवनका सबै पक्षको लागि होइन भन्यो । (बेरिया पेज १३८)
३७. यी मानिसहरूले बेरिया देशमा प्रत्यक्ष शासन गर्ने प्रक्रियाबाट पार्टीलाई बाहिर निकाल्न चाहन्छन् भन्ने बुझेको देखिन्छ । यो सन् १९३५–३७ तिर नयाँ संविधानको सेरोफेरामा भएका छलफलमा स्तालिन र उहाँका सहयोगीहरूले जे कुराका लागि सङ्घर्ष गर्नुभएको थियो त्यससँग मेल खान्छ । यसबाट सन् १९४७ को पार्टी कार्यक्रमको मस्यौदा तथा बोल्शेभिक पार्टीको १९ औँ पार्टी महाधिवेशन अनि लगत्तै बसेको केन्द्रीय समितिको बैठकमा बोल्शेभिक पार्टीको पुनः संरचना गर्न स्तालिनले राख्नुभएको प्रस्तावको झल्को आउँछ ।
३८. बेरियाका छोरा सेर्गो उनका बुबा र स्तालिन सोभियत समाजको प्रत्यक्ष व्यवस्थापनको कामबाट पार्टीलाई बाहिर निकाल्नुपर्ने कुरामा एकमत भएको दाबी गर्छन् ।
पार्टीका निकायहरूसँग बुबाको सम्बन्ध अलि पेचिलो थियो । उहाँले पार्टी संरचनासँगको आफ्नो सम्बन्ध कहिल्यै लुकाउनुभएन । उदाहरणको लागि, उहाँले ख्रुश्चेभ र मालेन्कोभसँग पार्टी संरचनाले मानिसलाई भ्रष्ट बनाउँछ भनेर हाकाहाकी भन्नुभएको थियो । सोभियत राज्य भर्खर स्थापना हुँदाका बखत त्यो
(संरचना) उपयुक्त थियो । तर, बुबाले उनीहरूसँग सोध्नुभयो – आज कसलाई चाहिन्छ ती लगाम समाउनेहरू ?
उहाँ उद्योग र कारखानाका निर्देशकहरूसँग यसरी नै खुलेर गफिनुहुन्थ्यो । केन्द्रीय समितिको माखो नमार्ने काममा उनीहरूलाई चासै थिएन । स्वाभाविक पनि हो ।
बुबा स्तालिनसँग पनि साफसाफ बोल्नुहुन्थ्यो । ठोस कामबाट पार्टी संरचना पर सरिसकेको र गफ लडाउने बाहेक अर्को काम नरहेको कुरामा जोसेफ भिसारिओनोभिच (स्तालिन) सहमत हुनुभयो । मलाई सम्झना छ, मर्नुभन्दा एक वर्षअघि स्तालिनले केन्द्रीय समितिको अध्यक्ष मण्डलको नयाँ खाका प्रस्तुत गर्नुभयो । उहाँले एउटा मन्तव्य दिनुभयो । पुराना तरिका उत्कृष्ट थिएनन्, देश सञ्चालनका नयाँ तौरतरिका खोज्न जरुरी छ भन्नुभयो । मन्तव्यको चुरो यही थियो । त्यस बखत पार्टी गतिविधिबारे गम्भीर छलफल चलेको थियो । (सेर्गो बेरिया, मोय ओतेत्स लाभरेन्ती बेरिया)
३९. राज्य र पार्टीबिचको सम्बन्ध पुनः संरचना गर्नुपर्ने बेरियाको योजना सम्भवतः तल्लो तहका कम्युनिस्टहरूमाझ निकै लोकप्रिय हुने थियो । पार्टी इतरका सोभियत बहुमत नागरिक पनि खुसी नै हुने थिए । तर, पार्टी नेतृत्वले त्यसलाई निकै खतरनाक मान्यो ।
४०. यसलाई मुखिन यसरी लेख्छन् :
बेरियाले मानिसहरूको दिमागमा यो कुरा घुसाउन कुनै कसर बाँकी राखेनन् । कुरा के भने केन्द्रमा होस् वा बाहिरफेर देशको बागडोर संविधानले निर्दिष्ट गरे अनुसार सोभियतहरूले सम्हाल्नुपर्छ र पार्टी विचारधारात्मक अङ्ग मात्र बन्नुपर्छ, प्रचारप्रसारको माध्यमबाट पार्टीले सबै तहका सोभियत प्रतिनिधिहरूलाई कम्युनिस्ट बन्न सघाउने ग्यारेन्टी गर्नुपर्छ । बेरियाले संविधानको पूर्ण परिपालनलाई पुनःजीवन दिने प्रस्ताव राखे । संविधानको नारा पनि यही थियो – “सम्पूर्ण सत्ता सोभियतहरूलाई !” बेरिया नितान्त वैचारिक क्षेत्रमा सक्रिय भइरहँदा पार्टी नेतृत्वलाई यो कुरा नपचेको हुन सक्छ । तर, नेतृत्व कत्ति पनि आत्तिएन । किनभने शक्ति उनीहरूको मुठ्ठीमा थियो । उनीहरू सर्वोच्च सोभियतमा जाने प्रतिनिधि सजिलै छनोट गर्न सक्थे र तिनलाई बेरियाका विचार कार्यान्वयन नगराउने हिसाबले निर्देशन दिन सक्थे । तर, बेरियाले निर्वाचन एवम् सर्वोच्च सोभियतका सत्रहरूलाई निर्देशित गर्नबाट पार्टी सचिव तथा केन्द्रीय समितिलाई रोकेको भए प्रतिनिधिहरूले कस्तो निर्णय लिँदा हुन् ? (उबिसत्व पेज ३६३–४) ।
४१. निश्चय नै त्यो स्थितिमा बेरिया बहमत पार्टी नेतृत्वबाट असाध्यै एक्लिने थिए । (उबिसत्व पेज ३८०) यो समूहको स्वार्थरक्षा तथा नेतृत्व ख्रुश्चेभले गरे । अथवा, त्यो समूहको ठूलो र सक्रिय हिस्सा उनकै नेतृत्वमा थियो । ‘प्रजातन्त्र’ बारे ख्रुश्चेभको आफ्नै धारणा थियो । बुद्धिजीवीहरूसँगको एक बैठकमा ख्रुश्चेभले राखेको विचार प्रसिद्ध फिल्म निर्देशक मिखाइल रोमले रेकर्ड गरेका थिए ।
पक्कै पनि यहाँ हामी सबैले हजुरको विचार सुन्यौँ, कुराकानी पनि ग¥यौँ । तर, निर्णय कसले गर्छ ? हाम्रो देशमा जनताले निर्णय गर्छन् । जनता भनेको को ? पार्टी । पार्टी भनेको को नि ? हामी । हामी हौँ पार्टी । यसको अर्थ हामीले निर्णय गर्छौँ । म गर्छु । बुझ्नुभयो ? (अलिखानोभ)
४२. यसलाई मुखिन यसरी वर्णन गर्छन्, “लाखौँ कम्युनिस्टहरूको एकै सङ्गठनरूपी पार्टी पुछारमा थियो । त्यसको शिखरमा केही जमात मानिस पार्टी बने ।” (मुखिन, उबिसत्व पेज ४९४)
स्तालिन, बेरिया र अरूको मृत्यु ?
४३. बेरियाको मृत्युको रहस्यमयी हुनुका साथै स्तालिनलाई हृदयघातपछि उहाँकै घरको कार्यालय कक्षमा मर्नलाई बेवारिसे छोडिएको वा सायद विष दिइएको देखाउने उल्लेख्य प्रमाण छन् । यहाँ यी प्रमाणहरूको विश्लेषण गर्ने समय र स्थान छैन ।
४४. हाम्रो विषयवस्तुको लागि त्यो आवश्यक पनि छैन । रूसका सम्पूर्ण राजनीतिक धारबिच यी कथाहरूको खुब प्रचार गरिन्छ । कतिपयले यिनलाई विश्वास पनि गर्छन् । जे होस्, यसबाट के प्रमाणित हुन्छ भने धेरै रूसीहरू स्तालिन र बेरियाको मृत्यु पार्टी नेतृत्वका लागि बाँया हातको खेल थियो भन्ठान्छन् । स्तालिनले जस्तै बेरिया पनि एउटा कम्युनिस्ट पेरेस्त्रोइका वा पुनःसंरचना चाहन्थे । यसलाई साबित गर्ने प्रमाण उनीहरूको हत्या भएको देखाउने जुनसुकै प्रमाणभन्दा स्वतन्त्र छ । (स्तालिन र बेरियाको पेरेस्त्रोइका सन् १९८० को दशकमा गोर्भाचेभले ल्याएका रूसमा पुँजीवादी शोषण चर्काउने र देशलाई लुछ्ने ‘पेरेस्त्रोइका’ भन्दा फरक राजनीतिक, आर्थिक र शक्तिको पुनः संरचना थियो ।)
४५. प्रजातान्त्रीकरण गर्ने स्तालिन र बेरियाका प्रयासहरू विफल भए । त्यसको परिणाम, रूस पार्टी नेतृत्वको हातमा पुग्यो । सोभियत संघमा कामदार जनताको प्रजातन्त्र आएन । शीर्षस्थ पार्टी नेताहरूले राजकीय र आर्थिकसहित सबै महत्वपूर्ण मुद्दामा एकहट्टी चलाइरहे । यसरी उनीहरू पूर्णतः परजीवी, शोषक तप्कामा परिणत भए । उनीहरू र कहलिएका पुँजीवादी देशका राजनीतिक नेताहरूमा खासै अन्तर रहेन ।
४६. वास्तवमा यो तप्का आज पनि शासनसत्तामा छ । गोर्भाचोभ, एल्सिन, पुटिन तथा रूस र पूर्ण सोभियत गणराज्यका बाँकी सबै नेता पार्टी नेतृत्वका पूर्वसदस्य हुन् । अति सुविधाप्राप्त सरकारी अधिकारीको रूपमा लामो समयसम्म तिनले सोभियत सङ्घका नागरिकहरूको खुनपसिना पिए । गोर्भाचोभको नेतृत्वमा यी नेताहरूले सोभियत सङ्घका श्रमजीवी वर्गको साझा श्रमले पैदा भएको अपार सम्पत्ति निजीकरण गराए । गरिबीको मार केवल कामदार जनताले भोग्नुप¥यो । यस प्रक्रियाबाट विशाल मध्यम वर्ग जन्मियो । यसलाई विश्व इतिहासकै सबैभन्दा ठूलो लुटपाट भनिएको छ । पार्टी नेतृत्वले सोभियत सङ्घलाई ध्वस्त पा¥यो ।
(बिभेन्स र बर्नस्टीन, ओमियारा, विलियमसन)
(टिपोट १३ : सोभियत सङ्घको सबैको परिश्रमबाट बनेको र पहिले सबैको स्वामित्वमा रहेको सरकारी सम्पत्तिको ‘निजीकरण’ लाई धेरै विद्वानले ‘इतिहासकै सबैभन्दा चोरी’ भन्दै आएका छन् । केही उदाहरण हेरौँ । पढौँ – ‘रूसी कुलिनहरू वास्तविक विश्वमा स्वागत छ’, द रसियन जर्नल, २००३ मार्च १७ । रेमोन्ड बेकर, अन्तर्राष्ट्रिय नीति केन्द्र, ‘एउटा प्रस्ट र तत्कालको खतरा’, अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन, २००३ ।)
४७. सन् १९३० को दशकमा भएका आमहत्यामा आफूले खेलेको भूमिकालाई लुकाउन, देशलाई प्रजातान्त्रीकरण गर्ने स्तालिनको प्रयासलाई विफल पारेको कुरा लुकाउन, स्तालिन र बेरियाका सुधारहरू कार्यान्वयन गर्नमा आफूले जनाएको अस्वीकारलाई लुकाउन, सारमा, सोभियत सङ्घलाई प्रजातान्त्रीकरण गर्नमा आफूले जनाएको अस्वीकारलाई लुकाउन ख्रुश्चेभ र शीर्ष पार्टी नेताहरूले सारा दोष स्तालिनको टाउकोमा थोपरे । सन् १९३० को दशकमा सोभियत संघमा भएका गम्भीर षड्यन्त्रहरूबारे उनीहरूले सबैलाई ढाँटे, मुद्दा चलाउँदै गरिएका आमहत्यामा आफूले खेलेको भूमिकालाई ढाकछोप गरे ।
४८. सन् १९५६ मा ख्रुश्चेभले दिएको ‘गोप्य भाषण’ विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा सबैभन्दा ठूलो झट्का थियो । यसले विश्वभरिका कम्युनिस्टविरोधीहरूलाई उत्साहित बनायो । उनीहरूले एकैपल्ट कम्युनिस्ट नेता (ख्रुश्चेभ) लाई विश्वास गर्ने निधो गरे । सोभियत सङ्घको अन्त्यपछि प्रकाशमा आएका दस्तावेजहरूबाट ख्रुश्चेभले आफ्नो भाषणमा स्तालिनविरुद्ध लगाएका प्रत्येक आरोप झूटा थिए भनी स्पष्ट भइसकेको छ । यति बुझेपछि हामी ख्रुश्चेभले स्तालिनको किन यतिबिघ्न बद्ख्वाइँ गरे भनी खोजीनिती गर्न बाध्य हुन्छौँ । बेरियाविरुद्ध ख्रुश्चेभ र सोभियत नेतृत्वमा रहेका उनका साथीहरूले लगाएका ‘आधिकारिक’ आरोपमध्ये कतिपय झूटा छन् भने बाँकी पूर्णतः निराधार छन् । यो कुरा रूसी अध्येताहरूले पुष्टि गरिसकेका छन् । बेरियाको कानुनी रूपमै हत्या गरियो । त्यो पनि यस्तो कारणका लागि जून कहिल्यै कसैलाई भनिएन । यी दुवै घटनावरिपरि उभिएको ‘झूटको पर्खाल’ ले हामीलाई सोध्न बाध्य पार्छ – वास्तवमा के भइरहेको थियो ? हाम्रो निबन्धले एउटा जवाफतिर सङ्केत गर्छ ।
(टिपोट १४ : ख्रुश्चेभले ‘गोप्य भाषण’ मा बोलेका झूटहरूको खण्डन गर्दै सो भाषणको ५० औँ वर्षगाँठमा, सन् २००६ को फेब्रुअरीमा छाप्ने गरी ग्रोभर फरले सन् २००५ नोभेम्बरबाट एउटा निबन्धको तयारी गरे । पछि सन् २०११ मा विस्तृत विश्लेषणसहित यसबारे उनको पुस्तक नै प्रकाशित भयो । पुस्तकको नाम ‘ख्रुश्चेभले ढाँटे’ (ख्रुश्चेभ लाइड) हो ।)
निष्कर्ष र आगामी अनुसन्धान
४९. प्रतिस्पर्धात्मक निर्वाचन गराउने स्तालिनको योजना अनुसार अन्य राजनीतिक दल मैदानमा उत्रिने सम्भावना थिएन । यसकारण, प्रश्न उठ्छ – स्तालिन सफल भएको खण्डमा परिणाम कति ‘प्रजातान्त्रिक’ हुने थियो त ? प्रजातन्त्रसम्बन्धी प्रश्नको जवाफ खोज्न अर्को प्रश्न गर्नुपर्छ, “‘प्रजातन्त्र’ को अर्थ के ?”
५०. औद्योगिक पुँजीवादी जगतमा यसको अर्थ एक यस्तो प्रणाली हो जहाँ निर्वाचनमा राजनीतिक दलहरू प्रतिस्पर्धामा उत्रिन्छन्, तर त्यहाँ सबै राजनीतिक दललाई कुलिन, अति धनाढ्य र अति शक्तिशाली मानिस वा समूहहरूले नियन्त्रण गर्छन् । ‘प्रजातन्त्र’ को अर्थ पुँजीवादलाई सत्ताबाट ‘मत दिई हटाउन’ सकिने पनि होइन । ‘प्रजातन्त्र’ पुँजीपति वर्गको शासन गर्ने शैली वा तरिका हो । छोटकरीमा, पुँजीवादी व्यवस्थामा ‘प्रजातन्त्र’ भनेको ‘प्रजातन्त्रहीनता’ हो ।
५१. के सोभियत सङ्घमा श्रमजीवी वर्गले स्वीकार गर्ने दायराभित्र रही नागरिक वा नागरिक समूहहरूबिच प्रतिस्पर्धात्मक निर्वाचन गराउँदा त्यसले काम गर्ने थियो ? के भविष्यमा बन्ने समाजवादी समाजमा निर्वाचनले काम गर्ला ? वर्गविहीनताको यात्रामा हिँडेको समाजमा ‘प्रतिनिधिमूलक प्रजातन्त्र’ वा भनौँ निर्वाचनको भूमिका कस्तो हुन्छ ? निर्वाचनलाई लिएर सन् १९३६ को संविधानमा समावेश गरिएका प्रावधानहरू सोभियत सङ्घमा कहिल्यै लागु भएनन् । त्यसैले यस प्रस्तावका सबलता र दुर्बलताबारे थाहा पाउन सकिन्न । पेरिस कम्युनका अनुभवहरूको अध्ययन गरी माक्र्स र एँगेल्सले सर्वहारा प्रजातन्त्रबारे महङ्खवपूर्ण शिक्षा दिनुभएको थियो । स्तालिनको पालामा सोभियत सङ्घमा त्यसै प्रकारको प्रतिस्पर्धात्मक निर्वाचन हुन नसक्नु दुःखद कुरा हो । निश्चय नै त्यसका सबलता र दुर्बलता देखापर्ने थिए । त्यसबाट हामीले पाठ सिक्ने थियौँ ।
Leave a Reply