फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, १९ माघ । प्रगति सामुदायिक सिकाइ केन्द्रको आठौँ वार्षिक साधारणसभा तथा नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा आँखा शिविर र सामान्य स्वास्थ्य परीक्षण कार्यक्रम सूर्यमढीस्थित वाकुपतिनारायण परिसरमा शनिबार सम्पन्न भयो ।
प्रगति सामुदायिक सिकाइ केन्द्र र नेपाल क्रान्तिकारी महिला सङ्घ ९ वडा समितिको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले स्वास्थ्य परीक्षण नियमित रुपमा गर्नुपर्ने बताउँदै रोगको समयमै उपचार गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाले नगरवासीको हितलाई मध्यनजर गर्दै आँखासम्बन्धी जाँच तथा परीक्षणको सहजताको लागि ख्वप अस्पतालको भवनमा तिलगंगा आँखा अस्पताल स्थापना गरेको बताउनुभयो ।
उहाँले नेपालको तराई भेगमा शीतलहरको समस्या देखापरेको र स्वास्थ्य समस्या देखा पर्दा तराई क्षेत्रका समुदायहरू अझै झारफुकमा विश्वास गर्ने गरेको बताउनुभयो ।
नेमकिपा ९ वडा प्रारम्भिक समितिका अध्यक्ष कृष्णभक्त लवजुले नेमकिपा स्थापना भएको ५१ वर्ष पुगेको चर्चा गर्दै नेमकिपाले मजदुर, किसानको हक, हित र देशको सार्वभौमसत्ता रक्षाका लागि आवाज बुलन्द गर्दै आइरहेको बताउनुभयो । पार्टीले राजनैनिक रूपमा चेतना दिँदै आइरहेको बताउँदै नेमकिपाका जनप्रतिनिधिहरू निर्वाचित भइसकेका ठाउँमा शिक्षा, स्वास्थ्यलाई विशेष जोड दिँदै कार्यहरू अगाडि बढिरहेको चर्चा गर्नुभयो ।
नगर शिक्षा शाखाका प्रतिनिधि राजेन्द्र दुमरुले सिकाइ केन्द्रले समुदायमा रहेका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, सीपमूलक तालिम दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा आँखा रोग विशेषज्ञ डा.कृजन सुवालले आँखामा समस्या देखापर्दा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा जाँच गर्नुपर्ने बताउँदै वर्तमान समयमा आँखामा मोतियाविन्दु हुने बिरामीको समस्या बढिरहेकोले सुगर र प्रेसर भएका बिरामीले प्रत्येक ६÷६ महिनामा आँखाको परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रगति सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रवीन्द्रप्रसाद कुसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिकाइ केन्द्रले गरिदै आएको गतिविधिबारेजानकारी दिनुभयो । नेक्रामसङ्घका छोरीमैया सुजखु प्रजापति, कृष्णश्वरी कर्माचार्य र सबिना प्रजापतिले पनि बोल्नुभएको थियो ।
प्राविधिक सहयोग ख्वप तिलगंगा आँखा अस्पताल रहेको उक्त आँखा शिविरमा १३६ जनाले स्वास्थ्य जाँच गरेका थिए ।
Leave a Reply