भर्खरै :

समदर्शी साकोसमा बाल चित्रकला कार्यशाला

समदर्शी साकोसमा बाल चित्रकला कार्यशाला

भक्तपुर, २८ भदौ । समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को महिला तथा बालबालिका उपसमितिले राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजना गरेको बाल चित्रकला कार्यशाला शनिबार भक्तपुर दरबार क्षेत्रमा सम्पन्न भयो ।
संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक हरिराम लवजुले संस्थाले प्रत्येक वर्ष संस्थाको बाल सदस्यहरूको लागि चित्रकला कार्यशाला आयोजना गर्दै आएको बताउनुभयो ।
चित्रकलाविज्ञ रुजल कायष्ठले बाल सदस्यहरूको लागि चित्र कोर्दा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
कोषाध्यक्ष प्रमिला रंजितले थोरै थोरै रकम संस्थामा जम्मा गर्न प्रेरित गर्नुभयो ।
महिला तथा बालबालिका उपसमिति संयोजक गीता लवजू दुवालको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा उपसमिति सदस्य तुमला कोजुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने अलिशा मानन्धरले स्वागत गनुभएको थियो ।
बाल चित्रकला कार्यशालामा ७७ जना बाल सदस्यहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *