भर्खरै :

नगरकोट भ्रमण वर्ष सफल पार्न तयारी सुरु

  • माघ २०, २०८१
  • रुपा सुवाल, प्रशिक्षार्थी
  • समाचार
नगरकोट भ्रमण वर्ष सफल पार्न तयारी सुरु

भक्तपुर, १९ माघ । पौराणिक, ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक, धार्मिक, भाषिक र जातीय विविधताले भरिपूर्ण सुन्दर नगरी नगरकोटको सौन्दर्यलाई विश्वभरि परिचित गराउने उद्देश्यले सुरुवात गर्न लागेको नगरकोट भ्रमण वर्ष २०८२ लाई सभ्य, भव्य र सफलता साथ सु–सम्पन्न गराउन चाँगुनारायण नगरपालिकाको नौवटै वडामा आ–आफ्नो क्षेत्रबाट आवश्यक प्रयास गरिरहेका छन् । चानपा २ वडाले पनि यस अभियानलाई सफल बनाउन विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर वडावासीहरूलाई सूचनामूलक जानकारी दिइरहेको छ ।
भम्रण वर्ष सफल बनाउन वडाबाट गरिने विभिन्न कार्यक्रमको बारेमा सङ्क्षिप्त जानकारी दिइएको थियो । प्राप्त जानकारीअनुसार वडामा १७ वटा योजना रहेको बताइएको छ । प्राप्त जानकारीअनुसार ‘नगरकोट भ्रमण वर्ष २०८२’ पूर्ण सफलताको लागि प्रभात फेरी कार्यक्रम सञ्चालन दुवाकोट मोडमा ऐतिहासिक प्रवेशद्वार निर्माण, निःशुल्क अक्सिजन वितरण, साप्ताहिक हाटबजार सञ्चालन, राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता, फूड फेस्टिभल कार्यक्रम, सांस्कृतिक कार्यक्रम, धाँ बाजा प्रतियोगिता, मठ मन्दिर सरसफाइ, साहित्यिक गोष्ठी, लोक दोहोरी प्रतियोगिता, मिलन टोललाई पहिलो नमुना सरसफाइ टोल घोषणा, सांस्कृतिक तथा पुरातात्विक मन्दिरहरूको चिनारी आदि कार्यक्रम रहेको छ ।
त्यस्तै, जनता स्वास्थ्य कार्यक्रम, जमिनमा वृक्षरोपण, कालोपत्रे तथा ढलान सडकको पेटीमा वृक्षरोपण कार्यक्रम पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *