भर्खरै :

वागीश्वरीमा १६१ औँ मोती जयन्ती

वागीश्वरीमा १६१ औँ मोती जयन्ती

भक्तपुर, २८ भदौ । वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको आयोजनामा १६१ औँमोती जयन्ती शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि एवं गजलकार अर्जुन अन्योलले नेपाली साहित्यमा मोतीराम भट्टको योगदानको चर्चा गर्दै विद्यार्थीहरूले आफूले वाचन गरेका गजलहरू स्थानीय र राष्ट्रियस्तरका पत्रिका र साहित्यक सँगालोमा प्रकाशन गर्न सुझाव दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक चन्द्रप्रसाद ढकालले वागीश्वरी माध्यमिक विद्यालयले दशकौँदेखि गर्दै आएको साहित्यिक गतिविधिले नेपाली साहित्यको थप विकास हुने विश्वास प्रकट गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक एवं सभापति कृष्णप्रसाद कर्माचार्यले सङ्गीत, खेलकुद, साहित्य, स्वास्थ्य, सामाजिक उत्तरदायित्वलगायतका गतिविधिबारे चर्चा गर्नुभयो ।
गायक सन्तोष दुमीराईको टोलीले नारायण गोपाल, गुलाम अलि,मोतीराम भट्टका गीतहरू गाएको थियो ।
गोष्ठीमा कक्षा ११, १२ र वागीश्वरी कलेजका गरी दर्जनौँ विद्यार्थीले आ–आफ्ना गजल वाचन गरेका थिए ।
विद्यार्थीहरूलाई पाँचदिने गजल लेखन तालिम दिएको अतिरिक्त क्रियाकलाप समितिका संयोजक मङ्गलेश्वर ध्वजुले बताउनुभयो । कार्यक्रममा शिक्षकहरू रवीन्द्र न्हेम्हाफुकी, गनु साङपाङ राई, हरिसुन्दर पोतामहाँ, हीरा फुयाल, श्रीया पहिजू, हरिप्रसाद बास्तोला, राजु तामाङलगायतका शिक्षकहरूले गजल वाचन गर्नुभएको थियो । विद्यार्थी एलिसा बस्नेतले मोतीराम भट्टको जीवनी वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *