फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, २० माघ । विद्यार्थीहरूले समयमै परीक्षा सञ्चालन नहुँदा र नतिजा प्रकाशनमा ढिलाइबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । विद्यार्थीहरूका अनुसार परीक्षा तालिका पटकपटक परिवर्तन हुनु र नतिजा समयमा नआउनुले उनीहरूको अध्ययनमा अवरोध पुगेको छ । उच्च शिक्षा तथा रोजगारीको अवसरमा असर पर्ने भएकोले यो विषयमा चिन्तन गर्न आवश्यक छ ।
नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो । यस विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सङ्ख्या धेरै छ । विद्यार्थीहरूको तालिका बारम्बार परिवर्तन हुने, तोकिएको समयमै परीक्षा नहुने र नतिजा प्रकाशनमा धेरै ढिलाइ हुने प्रवृतिले शैक्षिक जीवनमा असर परिरहेको गुनासो अहिलेको होइन । म अहिले स्नातक तेस्रो वर्षमा पढिरहेकी छु । पहिलो वर्षको बोर्ड परीक्षा हुनुभन्दा करिब ५–६ महिना घर बसेकी थिएँ । तालिका परिवर्तन हुने समस्याबारे अरु विद्यार्थीहरूको पनि गुनासो रहेको छ । नतिजा पनि करिब एक वर्षपछि प्रकाशित भएको थियो । कोर्स एक वर्षको भए पनि विद्यार्थीले १४–१५ महिना बिताउनुपर्छ ।
हालसालै पहिलो वर्षको बोर्ड परीक्षा भएको थियो । स्नातक तहका एक विद्यार्थीले भने, “परीक्षा समयमै नहुँदा पढ्न दिक्क लाग्ने हुन्छ ।” विद्यार्थीहरूले धेरै नै यस्ता समस्याहरू महसुस गरिरहेका छन् । यस्तो समस्याले विदेश पलायन हुने या विदेश जाने आधार बनेको छ । यस्तो समस्याले देशलाई पनि घाटा भइरहेको छ ।
यो समस्या गम्भीर बन्दै गएको छ । यसले शैक्षिक योजनामात्र नभई भविष्यमा समेत नकारात्मक असर पु¥याइरहेको छ । सम्बन्धित निकायहरूले यस समस्यालाई गम्भीररूपमा लिएर शीघ्र समाधानका लागि प्रभावकारी कदम चाल्न आवश्यक देखिन्छ ।
Leave a Reply