भर्खरै :

सहकारी अध्यादेश एवं मापदण्डको खण्डन तथा जानकारीमूलक कार्यक्रम

सहकारी अध्यादेश एवं मापदण्डको खण्डन तथा जानकारीमूलक कार्यक्रम

भक्तपुर, २० माघ । आ.व.२०८१/०८२ को अर्धवार्षिक समीक्षा गोष्ठी एवं सञ्चालकहरूको जिम्मेवारीबोध तथा सञ्चालकहरूको भूमिकाबारे कार्यक्रम बाराही बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधेश्याम सुवालको अध्यक्षतामा होटल सिटीगाउँ भक्तपुरमा शनिबार सम्पन्न भयो ।
संस्थाका सञ्चालक समितिको आयोजनामा भएको उक्त गोष्ठी तथा कार्यक्रममा संस्थाका उपाध्यक्ष बलराम प्रजापतिले संसार बदल्नु छ भने पहिला आफूलाई बदल्नुपर्छ भन्ने भावनालाई उजागर गर्दै स्वागत गर्नुभएको थियो ।
संस्थाका सचिव विष्णुप्रसाद सुवालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
समीक्षा गोष्ठी तथा सञ्चालकहरूको जिम्मेवारीबोध तथा सञ्चालकहरूको भूमिकासमेतको कार्यक्रममा अध्यक्षले कार्यक्रममाथि प्रकाश पार्दै संस्थाको वित्तीय अवस्था जानकारी गर्ने गराउनेलगायत सञ्चालकहरूको जिम्मेवारी पनि बोध गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
देशका नीति नियमहरूको अद्यावधिक गर्ने गराउने उद्देश्यले संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले संस्थाको वित्तीय विवरणको प्रगति समीक्षा प्रस्तुतीकरणका साथै हालै जारी सहकारी अध्यादेश र राष्ट्र बैङ्कबाट जारी निर्देशन तथा मापदण्डमा उल्लेख भएको ९ वटै परिच्छेदहरूबारे जानकारी गराउनुभएको थियो ।
सहजकर्ता नेफ्स्कुनका पूर्वकर्मचारी बाबुराम न्यौपानेले सञ्चालकहरूले हेडलाइटको रूपमा कार्य गरी दिशानिर्देश गर्ने, व्यवस्थापनमा सञ्चालकहरूलाई सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो ।
समीक्षामा वरिष्ठ ऋण सहायक राजमती सुवाल, वरिष्ठ प्रशासन सहायक कल्पना दुवाल, सञ्चालक पदाधिकारीहरू रत्नकेशरी सुकुपायो, विश्वराम त्वायना, पुनेन्द्रप्रसाद कुसी, कृष्ण प्रजापति, सृजन ग्वाछा, चञ्चल कर्मचार्य, रवि ध्वजू, रचना खायमलीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *