भर्खरै :

छालिङ सामुदायिक सिकाइ केन्द्रको १७ औँ वार्षिक साधारणसभा

छालिङ सामुदायिक सिकाइ केन्द्रको १७ औँ वार्षिक साधारणसभा

काठमाडौँ, २० माघ । छालिङ सामुदायिक सिकाइ केन्द्रको १७ औँ वार्षिक साधारणसभा शनिबार दक्षिणकालीमा सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले सामुदायका जनतालाई हरेक विषयमा सक्षम बनाउन देशको राजनीतिक, आर्थिक, बौद्धिक, सामाजिक, भौतिक तथा मानवीय अवस्थाबारे जनतालाई प्रशिक्षित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अन्धविश्वास, कुरीति, कुसंस्कार तथा जातीय विभेदबाट मुक्त गराउनको लागि सचेतनामूलक कार्यक्रम आवश्यक भएको उहाँले बताउनुभयो ।
नेमकिपा चानपा वडा नं. ५ का अध्यक्ष रत्नबहादुर ह्यौँमिखाले सिकाइ केन्द्रको उद्देश्य व्यवहारिकरूपमा उतार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
छालिङ सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सानुमाया लागेजुको सभापतित्वमा भएको उक्त सभामा सूर्यबहादुर फोजु, इन्द्रबहादुर फोजु, कृष्णहरि फोजु र परिचालिका जीना चाकतुले सिकाइ केन्द्रको गतिविधि, कार्यक्रम र आर्थिक अवस्थाबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा जनगायक विनोद विकले गीत प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *