नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
-कृतिका प्रजापति
सर्वप्रथम निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदज्यूहरूलाई आफ्नो कार्यकाल सफलताको हार्दिक बधाई तथा शुभकामना!
जनताको अमूल्य मत पाएर तपाईंहरू त्यस गरिमामय पदमा आसिन हुनुभएको छ । प्रदेश सांसदको जिम्मेवारी सकारात्मक ढंगले पूरा गर्नुहुनेमा सम्पूर्ण न्यायप्रेमी जनताले अपेक्षा गरेका छन् । लामो प्रतिक्ष्ाँपछि संघीय नेपालमा पहिलोपटक प्रदेश बैठक सुरु भएको छ । संघीय नेपालको सातै प्रदेशको पहिलो अधिवेशनमा तपाईं सांसदज्यूहरूको सहभागिता निकै उत्साहप्रद थियो । प्रदेशसभा सदस्यहरूको मुहारमा छाएको रौनकतालाई टेलिभिजन तथा पत्रपत्रिकाले प्राथमिकताका साथ छापेको छ ।
औपचारिक रुपमा मुलुक संघीययतामा प्रवेश हुनुले अब देशमा गरिबी उन्मूलन हुनेछ र मुलुकको समृद्धिको यात्रा अगाडि बढ्ने विषयमा नेपाली जनता आशावादी छन् । मुलुक केन्द्रीय राज्यबाट सञ्चालन गरिंदा देशको सन्तुलित विकास हुन नसकेको कारण संघीय शासन व्यवस्थामा जानुपरेको छ । विभिन्न ठाउँमा तोकिएको प्रदेशको राजधानीले गर्दा सांसदज्यूहरू बैठकमा सहभागी हुन टाढा–टाढाबाट अस्थायी राजधानीसम्म पुग्नुपरेको समाचार पनि पत्रपत्रिकामा पढ्न पाइयो । कोही पुरै दिन खर्चेर, कोही हेलिकप्टर चढेर र त कोही २–४ घण्टाको यात्रा गरी पुगेका छन् । अधिकांश सांसदज्यूहरू भने बैठक सकाएर आफ्नो ठाउँ फर्कने हतारोमा देखिएको भनी पत्रिकाले लेखेको छ ।
सम्भवतः अब राजधानी टाढा–टाढा हुने भएपछि तपाईं सांसदज्यूहरूले त्यहीं वरपर डेरा लिएर बस्ने योजना बनाउनुभएको हुनसक्छ । जनताको सेवा गर्न लाग्नुभएका तपाईंहरूले सानातिना अप्ठ्याराहरूलाई आत्मसात गर्दै जनताकै सेवामा काम गर्नुहुनेछ भन्ने न्यायप्रेमी जनताको कामना रहेको छ । तपाईंहरूले आफ्नो जिम्मेवारीलाई एउटा जागिरको रुपमा नलिइकन जनताको सेवाभावले काम गर्नु भएमा र आफ्नो प्रदेशलाई सिंगार्ने, जनतालाई सबैभन्दा धेरै न्याय र सुखको प्रत्याभूति दिने दायित्व गर्नुहुनेछ भन्ने आशा हामी नेपाली जनताले गरेका छौं । अब सिंहदरवारको अधिकार प्रदेश र गाउँस्तरसम्म पुग्न लागेको चर्चा छ ।
तपाईं सांसदज्यूहरूमार्फत् त्यसको कार्यान्वयन असल ढंगमा सम्पन्न गर्नुहुनेमा अन्यथा मान्न सकिन्न । विगतका दिनमा जनप्रतिनिधि तथा सांसदज्यूमा सरकारी ढुकुटीमा विदेश भ्रमणमा निस्कने, जनहितको वास्ता नगरी आफ्नो सुविधाका लागि मरिमेट्ने प्रवृत्ति देखिएका थिए । फेरि फेरि पनि आफ्नो सुविधाको लागि जनप्रतिनिधि लागेमा न्यायप्रेमी जनताले निको मान्र्नेछैनन् । सपथग्रहणको दिन हरेक प्रदेशसभामा नयाँ पुस्ताका जोस, जाँगर र पुराना पुस्ताका अनुभवी व्यक्तिहरूको सहभागिता देखिएको छ । यो सकारात्मक अभ्यास हो । नयाँ पुस्ताले पनि आफूलाई गरिमामय बैठकमा भाग लिने अवसर पाएर जनताको सेवा गर्न पाएका छन् । अब तपाईंहरूले त्यो गरिमामय सभा र अवसरलाई सकारात्मक ढंगले उपयोग गर्नुहुनेछ भन्ने जनअपेक्षा छ । नेताहरूले निर्वाचनका बेला होस् या अन्य कुनै समय विकासको प्रतिबद्धताअनुसारकाम नगर्दा मतदाता निराश बनेका छन् । निर्वाचन जितेर गएपछि व्यक्तिगत स्वार्थमा लाग्दा जनता सधैं निराश बनेका छन् ।
यस किसिमको प्रवृत्तिलाई अब तपाईंहरूले अन्त्य गरिनु आवश्यक छ । विकट गाउँका मानिसलाई स्वास्थ्य, शिक्षा, यातायातको सुविधालाई प्राथमिकता दिएर जनमतको उचित कदर गरेर विकास र समृद्धिको यात्रामा लम्कनु आवश्यकता देखिन्छ । तपाईंहरूले प्रतिबद्धता जाहेर गरेअनुरुप समृद्धि, सुशासन र सामाजिक न्यायको निम्ति उल्लेखनीय योगदान गर्ने गरी काम गर्न सके पक्कै पनि त्यसको प्रभाव सकारात्मक रुपमा पर्नेछ । जनताले आधारभूत तहका सेवासुविधासमेत पाउन सकेका छैनन् । विकासनिर्माणका कामहरू अझै पनि अधुरा र अव्यवस्थित छन् । आफ्नै सेवासुविधाका लागि मरिमेट्ने, जनताका समस्यालाई देखेको नदेख्यै गर्ने र केन्द्रीय राजनीतिका विकृतिको विस्तार मात्र प्रदेशमार्फत् हुने हो भने संघीयताको अभ्यासलाई सफल भएको मान्न सकिन्छ ।
प्रदेश सरकार र प्रदेशसभाहरूले अब प्रदेशमा आवश्यक पर्ने कानुन निर्माण गर्दा विधिको शासनलाई प्राथमिकतामा राख्नुपर्छ । प्रदेश सरकारले आफ्नो प्रदेशका अथाह सम्भावनाको खोजी गरी स्रोत वृद्धि गर्ने कार्यलाई पनि प्राथमिकता राखेर काम अगाडि बढाउनु आवश्यक छ ।
अन्तमा, तपाईं सांसदज्यूहरू जुनसुकै दलबाट प्रतिनिधित्व गर्नुभए पनि तपाईंहरूको एजेन्डा आफ्नो प्रदेशको समृद्धिलाई प्राथमिकतामा राखेर आफ्ना विचार प्रतिबिम्बित गर्नुहुने । प्रदेशसभाहरूले राम्रा निर्णय र काम गरेर देखाउन र मुलुकमा गणतन्त्र आएको आभास जनतालाई दिलाउन अब तपाईं सांसदज्यूहरूको भूमिका महत्वपूर्ण र ऐतिहासिक हुनेमा दुईमत छैन । संघीयताको संस्थागत विकासमा प्रदेशसभा र प्रदेश सरकारले गौरव गर्नलायक भूमिका निर्वाहमा तपाईं सांसदज्यूहरूको अहम् भूमिका हुने आशा न्यायप्रेमी जनताले गरेका छन् ।
Leave a Reply