पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र १३, २०८३
हार्पिन, ८ फेब्रुअरी (सीआरआई) । नवौँ एसियाली हिउँदे खेलकुदको उद्घाटन समारोह फेब्रुअरी ७ का राति चीनको हैलोङच्याङ प्रान्तीय हार्पिन सहरमा आयोजना गरिएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नवौँ एसियाली हिउँदे खेलकुद सुरु भएको घोषणा गर्नुभएको छ ।
चिनियाँ राष्ट्रिय झण्डा उठाउने समारोहपछि ३४ देश र क्षेत्रका खेल प्रतिनिधिमण्डलले एकपछि अर्को गर्दै रङ्गशालामा प्रवेश गरेका थिए । उनीहरूले सम्पूर्ण दर्शकबाट हार्दिकता तथा न्यानो स्वागत पाएका थिए ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले घोषणा गर्नुभयो–हार्पिनमा नवौँ एसियाली हिउँदे खेलकुद सुरु भयो ! अचानक रूपमा सबै दर्शकहरूले लामो समयसम्म ताली बजाएका थिए । रात्री आकाशमा चम्किलो आतिशबाजीले थप मोहकता ल्याएको थियो ।
विभिन्न प्रदर्शनपछि मुख्य ज्योति बालिएको थियो । दर्शकहरूले ‘लाइट अफ एसिया’ बोलको गीत गाएका थिए भने सम्पूर्ण कार्यक्रमस्थल आनन्दमयी र खुसीले भरिपूर्ण थियो ।
ब्रुनाईका सुल्तान हसनल, किर्गिस्तानका राष्ट्रपति जापारोभ र उहाँकी श्रीमती, पाकिस्तानका राष्ट्रपति जरदारी, थाइल्याण्डका प्रधानमन्त्री पेटुन्तान, गणतन्त्र कोरियाको राष्ट्रिय सभाका सभामुख वू वोन शिक र उहाँकी श्रीमती उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो ।
उद्घाटन समारोहमा हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी अधिकृत जोन ली च्या छाउ र मकाउ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी साम होउ फाइ पनि उपस्थिति हुनुहुन्थ्यो । उद्घाटन समारोहमा एसियाली ओलम्पिक परिषद्का पदाधिकारीको पनि उपस्थिति थियो ।
Leave a Reply