पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र १३, २०८३
के यो संसार शक्तिशाली देशहरूको हो ? के शक्तिशाली देशका शासकहरूको अधीनमा अरू स्वाधीन र सार्वभौम देशका शासकहरू बस्नुपर्ने हो ? यदि यो सत्य होइन भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजापट्टीलाई खाली गर्नुपर्ने घोषणा किन गरेका हुन् ? स्वाधीन र सार्वभौम देश र जनतालाई ध्वस्त पार्ने, आक्रमण गर्ने र आक्रमण गर्न सहयोग गर्ने अमेरिकी राष्ट्रपति संसारकै आतङ्ककारी नायकको रूपमा देखिएका छन् । कुनै देशमा जनता नै शून्य बनाउने, उठिवास बनाउने राष्ट्रपति ट्रम्पको उद्घोषले उनी कति क्रूर र निन्दनीय रहेछन् भन्ने कुरा थाहा हुन्छ । उनको विचार कुनै पनि देशका शासकहरूलाई मन पर्दैन । देशै ध्वस्त पार्न नपुगेर, झन्डै ५० हजार मानिसलाई खरानी पारेर नपुगी देशलाई नै शून्य बनाउने राष्ट्रपति ट्रम्पको विचार सार्वजनिक भएपछि संयुक्त राष्ट्र सङ्घले बोल्नु पर्दैन ?
गाजा क्षेत्र नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने बताएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको सर्वत्र विरोध भएको छ । बेलायत, फ्रान्स, रूस, चीन, अस्ट्रेलिया, साउदी अरब, इजिप्ट र टर्की आदि देशले राष्ट्रपति ट्रम्पको विरोध र निन्दा गरे । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले पनि ट्रम्पको प्रस्तावको निन्दा गरे । वास्तवमा अमेरिका र इजरायल प्यालेस्टिन र प्यालेस्टिनी जनतालाई नामोनिसान बनाउन चाहन्छन् । यस्ता देशका शासकहरूको जति निन्दा र विरोध गरे पनि पुग्दैन । शक्ति राष्ट्रको उन्मादमा कुनै देशलाई ध्वस्त पार्ने शासकहरू के नालायक होइनन् ? ट्रम्पको उक्त टिप्पणीलाई अरब मुलुकसहित विभिन्न देशले निन्दा गरेका छन् । आफ्नै भूमिमा बस्न नपाउने, बाँच्न नपाउने गरी घोषणा गर्ने क्रूर शासकहरूकै कारण संसारका मुलुकहरू असुरक्षित भएका हुन् । कुनै पनि देशका नागरिकलाई धपाउने, हटाउने या विस्थापित गराउने अधिकार ट्रम्पलाई कसरी भयो ? अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्ने राष्ट्रपति या राष्ट्रनायकहरू कारबाहीमा पर्नु पर्दैन ? यसबारे संयुक्त राष्ट्र सङ्घले बोल्नु पर्दैन ? के संरा सङ्घ अमेरिकाको कठपुतली हो ?
राष्ट्रपति ट्रम्प स्वतन्त्र या अलग देश क्यानडालाई अमेरिकाको एउटा प्रान्त बनाउन चाहन्छन् । ट्रम्पले राष्ट्रपति बनेलगत्तै क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने उद्घोष गरे । एउटा देशलाई धम्कीको भरमा आफ्नो प्रान्त बनाउन चाहने ट्रम्पको मानसिक सन्तुलन ठीक ठाउँमा छ कि छैन ? एउटा उद्घोषको भरमा देशलाई आफ्नो प्रान्त बनाउने उनको मन कसरी स्थिर भएको भन्न सकिन्छ ? के क्यानडालाई आफ्नो देशको प्रान्त बनाउनु, गाजापट्टीमा मानिस शून्य बनाउनु, अमेरिकामा रहेका आप्रवासीलाई देशबाट निकाला गर्नु नै राष्ट्रपति ट्रम्पको स्वर्णिम युगको सुरूआत हो ? जहिल्यै संसारकै पहिलो देश नबन्ला भन्ने चिन्ताले उनको मन छटपटिएको हो; चीनको विकास र अरू देशसँग भएको सुमधुर सम्बन्धले पोलिएर मन छटपटिएको हो । छटपटिएकाहरूको मन अस्थिर हुन्छ । अस्थिर मनका शासकहरूले कुन बेला कहाँ के गर्छन् भन्ने कुरा थाहा हुँदैन ।
संसारलाई आतङ्कित पार्ने देश अमेरिका नै हो । यसको नेतृत्व गर्ने एक शासक डोनाल्ड ट्रम्प पनि हुन् । विगतमा इराकलाई ध्वस्त बनाइयो; इराकका राष्ट्रपति सद्दाम हुसेनलाई फाँसी दिलाइयो । अफगानिस्तानमा पनि ठुलो क्षति पु¥याइयो । लिवियामा पनि त्यस्तै गरियो ।
यसरी पछिल्ला अमेरिकी शासकहरू सबै आतङ्ककारी देखिए । यसको निन्दा र विरोध संरा सङ्घले गर्नुपर्ने हो । संरा सङ्घले अमेरिकालाई नाकाबन्दी गर्नुपर्ने हो, असहयोग गर्नुपर्ने हो, अमेरिकी प्रशासन या सरकारको विरोधमा संसारका जनता र राष्ट्र प्रमुखहरू एक हुन आह्वान गर्नुपर्ने हो; अमेरिकालाई एक्ल्याउनुपर्ने हो । संसारका मुलुकको शान्ति सुरक्षाको लागि स्थापना भएको संरा सङ्घ बुँख्याचा भएको छ । अतः अमेरिकाकै कारण संसारका राष्ट्र प्रमुख र जनता असुरक्षित छन्; आतङ्कित छन् ।
यस्तो आतङ्ककारी देशसँग अमेरिकाको ऐन कानुन मान्नुपर्ने एमसीसी सम्झौतामा नेपालका शासकहरूले हस्ताक्षर गरे । सत्तासीन दलका नेता र मन्त्रीहरू भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरेको मन पराउँदैनन् । नेपाली विद्यार्थीले विस्तारवाद र साम्राज्यवादको विरोध गरे भनेर चित्त दुखाउने, नेपाली विद्यार्थीलाई आक्रमणको विरोध गर्न दियो भनेर अरू दलको विरोध गर्ने नेताहरूले केका निम्ति र कसका राजनीति गरेका हुन् ? साम्राज्यवाद र विस्तारवादको विरोध ग¥यो भनेर टाउको दुखाउने नेताहरू के विदेशी दलाल होइनन् ? विस्तारवाद र साम्राज्यवादको विरोध गर्ने विद्यार्थीहरूले भारत र अमेरिकामा जागीर खान पाउँदैनन् रे ¤ के देश नरहे पनि हुन्छ ? के नेपालीको अस्तित्व नभए पनि हुन्छ ? अमेरिकाले गाजामा झैँ नेपालमा पनि नेपालीले ठाउँ छोड्न धम्की दिएमा के आत्मसमर्पण गर्ने ?
अमेरिकी राष्ट्रपतिलाई अन्तर्राष्ट्रिय अदालतले मुद्दा लगाउनुपर्छ । विगतमा निर्वाचन हार्दा हारेको नस्वीकार्ने, उल्टो तोडफोड गर्न अघि सर्ने राष्ट्रपति ट्रम्प कस्तो चरित्र या स्वभावका हुन् भन्ने कुरा संसारका जनताले थाहा पाइसकेका छन् । ट्रम्प अरू देशबिच लडाउन चाहन्छ; अरू देशलाई फसाएर तेस्रो विश्व युद्ध गर्न चाहन्छ । अरूलाई लडाएर चिनी झार्ने राष्ट्रपतिको दर्जनौँ मुद्दा छ । मुद्दाको छिनोफानो नहुँदै ट्रम्प राष्ट्रपति भए । देशमा स्वर्णिम युगको थालनी भयो भनेर उनी राष्ट्रपति भवनमा पाइला टेक्दै गर्जे† गर्जेर संसारलाई फेरि आतङ्कित पारे । उनीजस्तो निर्दयी, क्रूर शासक सायद संसारमा कोही छैनन् । क्युवा र प्रजग कोरियामा लगाइएको नाकाबन्दी फिर्ता लिने सन्दर्भमा संसारका मुलुकहरू एकातिर अमेरिका अर्कोतिर रह्यो । अमेरिकी सरकारको लागि यो जति बेइज्जति अरू के होला ?
Leave a Reply