इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
पूर्वी अमेरिकी समयअनुसार फेब्रुअरी १ मा अमेरिकाले फेन्टानिलको मामिलाको निहुँमा आयातीत चिनियाँ उत्पादनमा १० प्रतिशत कर थप्ने घोषणा गरेको छ । यो गलत कदमले विश्व व्यापार सङ्गठनको नियमको उल्लङ्घन गर्दा चीन–अमेरिकाबिच सामान्य आर्थिक र व्यापार सहयोगमाथि असर पर्नुका साथै अमेरिकी अर्थतन्त्रमा थप नकारात्मक प्रभाव पार्नेछ । विगतका व्यापार युद्धका पाठअनुसार जसले वास्तवमा अमेरिकी जनतामाथि फेरि ‘उपभोग कर’ थप्ने विश्लेषण गरिएको छ । हाल चीनले डब्लुटीओमा दायर गर्ने र आफ्नो वैधानिक अधिकार तथा हितको रक्षाका लागि आवश्यक प्रतिकारात्मक कदम चाल्ने स्पष्ट पारेको छ ।
अमेरिकाले तथाकथित फेन्टानिल मामिलालाई चीनमाथि कर थप्ने कारकका रूपमा प्रयोग गर्नु यथोचित छैन । अमेरिकामा फेन्टानिल लागुपदार्थ बनेको कारण अमेरिकी समाजमा दुरुपयोगको ठुलो माग र रुचि शृङ्खलासँग सम्बन्धित छ । यो अमेरिकी सरकारको खराब पर्यवेक्षणबाट पनि भिन्न छैन । हाल अमेरिकाका आधाभन्दा बढी राज्यहरूले ‘गाजालाई वैध’ बनाएका छन् र धेरै ठाउँमा फेन्टानिलसम्बन्धी लागूपदार्थको व्यापार गर्ने ‘कालो बजार’ छन् । अमेरिकाले सार्वजनिक स्वास्थ्य विषयलाई करको दबाबमा बाँधेर समस्याको मूलसम्म नपुगेको मात्र होइन, उल्टोमा राजनीतिक द्वन्द्वलाई बढाएर फेन्टानिल समस्याको प्रभावकारी नियन्त्रणमा बाधा पु¥याउनेछ ।
वास्तवमा, चीन विश्वमा सबैभन्दा कडा र सबैभन्दा गहन रूपमा लागूपदाथको विरोधी नीति कार्यान्वयन गर्ने देशहरूमध्येको एक हो । सन् २०१९ मा चीनले औपचारिकरूपमा फेन्टानिलसम्बन्धी सबै प्रकार र डेरिभेटिभलाई कडा नियन्त्रणमा राख्ने घोषणा गरेको थियो । यो विश्वमा यस्तो कदम चाल्ने पहिलो देश हो । अमेरिकी भन्सार तथा सीमा सुरक्षालगायत लागूपदार्थविरूद्ध कानुनी निकायअनुसार सन् २०१९ को सेप्टेम्बरदेखि अमेरिकाले चीनबाट फेन्टानिलजस्ता पदार्थ जफत गरेको छैन । यस पृष्ठभूमिमा, अमेरिकाले तथाकथित फेन्टानिल मामिलालाई निरन्तर उछाल्ने गुप्त उद्देश्य स्पष्ट देखिन्छ ।
चिनियाँ उत्पादनमा कर थपेर अमेरिकी जनताको जीवनमा पनि असर पर्नेछ । अमेरिकी खुद्रा बिक्री व्यापारी सङ्घको अनुमानअनुसार यो करको वृद्धिले घरायसी उपकरणमा मात्र उपभोक्तालाई ६.४ अर्बबाट १०.९ अर्ब डलरसम्मको खर्च थप्नेछ ।
दैनिक उपभोगबाहेक करबाट प्रभावित आपूर्ति शृङ्खलाको प्रभावमा अमेरिकाको रोजगारी पनि कमजोर हुनेछ । अमेरिका–चीन व्यापार परिषद्ले सन् २०२१ को जनवरीमा सार्वजनिक गरेको एक अध्ययनअनुसार ट्रम्पको गत कार्यकालमा ट्रम्पको व्यापार नीतिबाट अमेरिकामा २ लाख ४५ हजार रोजगारी गुमेको थियो ।
यसको तुलनामा चीन कसरी प्रभावित हुनेछ ? छोटो अवधिमा, केही चिनियाँ उत्पादनको लागत लाभ परिणामको रूपमा कमजोर हुनेछ । तर, चिनियाँ उत्पादनको लागत तथा मूल्यको फाइदा, चिनियाँ विनिर्माण उद्योगको बलियो आधार, उत्तम आपूर्ति शृङ्खला प्रणाली र कुशल उत्पादन क्षमतालगायत कारणले पनि विश्वव्यापी रूपमा चिनियाँ उत्पादन अझै प्रतिस्पर्धी छन् ।
केही वर्षको समायोजनपछि, अमेरिकाका लागि निर्यातमा चीनको निर्भरता उल्लेखनीयरूपमा घटेको छ । हाल, अमेरिकाको निर्यात चीनको कुल जीडीपीमा केवल ३ प्रतिशत मात्र र चीनको कुल निर्यातको १५ प्रतिशतभन्दा कम हिस्सा ओगटेको छ ।
विश्वव्यापी रूपमा अमेरिकाले लगाएको एकपक्षीय करले अन्य व्यापारिक सदस्यबाट कडा असन्तोष र जवाफी हमला पनि जगाएको छ ।
व्यापार युद्ध र कर युद्धमा कुनै विजेता हुन सक्दैन । आन्तरिक रोग बाह्य उपचारबाट उद्धार गर्ने र दोष अरुमाथि थोपर्ने गतिविधिले अमेरिकाको समस्याको समाधान गर्दैन ।
चीनद्वारा व्यापार प्रभुत्ववादको प्रतिवाद
केही दिनअघि अमेरिकाले फिन्टानिल समस्याको निहुँ पारेर चीनबाट अमेरिका निर्यात उत्पादनहरूमा १० प्रतिशत कर थप्ने घोषणा गर्यो । जसको जवाफमा चीनले आफ्नो वैधानिक अधिकारको रक्षा गर्न आवश्यक प्रतिक्रिया अपनाउने जनाएको छ । फेब्रुअरी ४ मा प्रतिवाद उपाय लागु गरिएको छ । जसअनुसार २०२५ को फेब्रुअरी १० देखि चीनले अमेरिकाबाट आयात गरिने केही वस्तुहरूमा कर थप्नेछ । यसैगरी चीनले विश्व व्यापार सङ्गठनसमक्ष पनि मुद्दा दायर गरेको छ । अन्तर्राष्ट्रिय जनमतका अनुसार, चीनको प्रतिवाद अन्तर्राष्ट्रिय कानुन र विश्व व्यापार सङ्गठनका नियमहरूसँग अनुकूल रहेको छ । यसले वैध हित र अधिकारको रक्षा गर्ने अठोट दर्शाउँदै विश्व व्यापार संस्थाको अधिकारको सम्मान गरेको छ । बहुपक्षीय व्यापार प्रणालीको संरक्षणमा यो महत्वपूर्ण छ ।
सार्वभौम एक राष्ट्रका रूपमा, चीनसँग विकासको वैधानिक अधिकार रहेको छ । अमेरिकाले आन्तरिक प्रशासनको कमजोरीबाट उत्पन्न फेन्टानिल सङ्कटलाई अन्तर्राष्ट्रिय व्यापारसँग जोडेर करको माध्यमबाट अन्तर्विरोध सार्न खोजेको छ । जुन वास्तविकरूपमा चीनको विकास अधिकारमाथि सिर्जना गरेको क्रूर दबाब हो ।
अमेरिका–चीन व्यापार युद्धको अन्तिम कारक पुनः अमेरिका नै भएको पछिल्ला केही वर्षका तथ्यहरूबाट प्रमाणित भएको छ । अमेरिकी थिङ्क ट्याङ्कका अनुसार, २०१८ मा व्यापार युद्धका कारण अमेरिकी उपभोक्ताले ४० अर्ब डलरभन्दा बढीको अतिरिक्त लागत र २ लाख ४५ हजार सङ्ख्यामा रोजगारको क्षति भोग्नुपरेको छ । त्यसै भएको हुनाले युरोपका नेतालगायत अन्तर्राष्ट्रिय व्यक्तिहरूले अमेरिकाले नयाँ कर युद्ध थालेको कुरा ‘मूर्खतापूर्ण’ रहेको चेतावनी दिएका छन् ।
अमेरिका–चीन व्यापारिक सम्बन्धको मूल आपसी हित तथा साझा जीतमा आधारित छ । अमेरिकी जनताको भलाइलाई ध्यानमा राखेर अमेरिका–चीन आर्थिक वास्तविकता बुझ्नुपर्ने, चाँडै गलत गतिविधिलाई सच्याउनुपर्ने र अमेरिका–चीन सम्बन्धलाई स्थिर, स्वस्थ र दिगो विकासलाई अघि बढाउनुपर्नेछ ।
फेन्टानिलको ‘विष’ अमेरिका आफैले निर्मूल पार्नुपर्छ
फेन्टानिल र करबिच के कस्तो ‘तार्किक सम्बन्ध’ छ ? संसारले यो हास्यास्पद समस्याको समाधान गर्न सक्दैन । फेन्टानिल मामिलाको निहुँमा अमेरिकाले आयातित चिनियाँ उत्पादनमा १० प्रतिशत कर थप्ने घोषणा गरेको छ । त्यसपछाडि के गणना गरिएको छ ?
चिनियाँ कूटनीति विद्यालयका प्राध्यापक ली हाइतोङको विश्लेषणअनुसार, फेन्टानिल दुरुपयोग समस्यालाई मौलिकरूपमा समाधान गर्न कठिन छ भन्ने कुरा अमेरिकालाई स्पष्ट थाहा छ । उसले विगतमा जस्तै चीन, मेक्सिकोलगायत देशमाथि दोष दिने उद्देश्य कडा अडान देखाउने र जनसमर्थन बढाउने हो । साथै अमेरिकामा फेन्टानिल मामिलाबारे उच्च स्तरीय ध्यानको प्रयोग गरेर तयारी कर युद्धका लागि तथाकथित औचित्य प्रदान गर्ने हो ।
फेन्टानिल समस्या मूलतः अमेरिकाको ‘घरेलु सङ्कट’ हो । अन्तर्राष्ट्रिय नार्कोटिक्स कन्ट्रोल बोर्डको तथ्याङ्कअनुसार, अमेरिका फेन्टानिल – आधारित औषधिको विश्वव्यापी सबैभन्दा ठूलो उत्पादक र उपभोक्ता देश हो । जसले विश्वको जनङ्ख्याको ५ प्रतिशतले विश्वको ८० प्रतिशत ओपिओइड्स उपभोग गर्दछ ।
अमेरिकी ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसनका अनुसार, फेन्टानिलको ओभरडोज १८ देखि ४५ वर्ष उमेर समूहका अमेरिकीहरूमा मृत्युको प्रमुख कारण बनेको छ र यो ‘अमेरिकाको इतिहासमा देखा परेको सबैभन्दा घातक लागूपदार्थ खतरा’ हो ।
किन अमेरिकामा फेन्टानिलको दुरुपयोग प्रकोप बनेको छ ? एकातिर, नाफाको प्रेरणामा ठुला औषधि कम्पनीहरूले राजनीतिज्ञलाई नीति सुरक्षा प्रदान गर्न लबिङ गर्छन् । चिकित्सा प्रतिनिधिले चिकित्सकलाई विभिन्न माध्यमबाट थप औषधि सिफारिस गर्न प्रोत्साहित गर्नुका साथै फार्मेसीले पनि प्रयासमा प्रचार गर्छन् । जसले स्वार्थको पूर्ण शृङ्खला स्थापित गर्छन् ।
अर्कोतिर राजनीतिक ध्रुवीकरणको सन्दर्भमा, यद्यपि अमेरिकी राजनीतिज्ञले मुखमा फेन्टानिल मामिलामाथि महत्व दिए तापनि, वास्तवमा यसलाई पार्टीबिच सङ्घर्षको उपकरणको रूपमा प्रयोग गर्छन् । संघीय सरकारमा नियमन कमजोर, लागूपदार्थको खतरासम्बन्धी प्रचार अपर्याप्त, विभिन्न राज्यमा औषधको नियन्त्रण कानुन असङ्गत र आधाभन्दा बढी राज्यमा ‘गाजा वैधानीकीकरण’ लागु गरेका छन् । यी कारणले फेन्टानिलको दुरुपयोग बढाएका छन् ।
अमेरिकामा बढ्दो सामाजिक अन्याय, सम्पत्ति असमानता, जातिवाद र अन्य समस्याका कारण युवाहरूले भविष्यप्रतिको विश्वास गुमाएर जीवन कठिन मोडमा लगेका छन् । तनाव कम गर्न तिनीहरू लागूपदार्थ दुव्र्यसनमा लागेको विश्लेषण गरिएको छ ।
तुलनात्मकरूपमा चीनमा विश्वमा सबैभन्दा कडा र पूर्ण रूपमा लागूपदार्थ विरोधी नीति कार्यान्वयन गर्ने देशहरूमध्येको एक छ । सन् २०२२ को मार्चमा अमेरिकी विदेश मन्त्रालयबाट प्रकाशित ‘अन्तर्राष्ट्रिय लागूपदार्थको नियन्त्रण रणनीति प्रतिवेदन’ मा “सन् २०१९ मा चीनले फेन्टानिलसम्बन्धी सबै प्रकार र डेरिभेटिभलाई कडा नियन्त्रणमा राखेयता नै चीनबाट अमेरिकामा प्रवेश गर्ने कुनै पनि फेन्टानिल वा फेन्टानिलजस्ता पदार्थ फेला परेको छैन” भन्ने स्वीकार गरेको थियो । यसबाहेक, चीनले मेक्सिकोसँग लागूपदार्थ कानुन प्रवर्तन सहयोगमाथि उच्च महत्व दिन्छ । मेक्सिकोले कहिल्यै चीनबाट लागूपदार्थ बनाउने रसायन जफत गरेको छैन ।
अमेरिकाले फेन्टानिलको दुरुपयोगलाई करसँग जोड्दा यस समस्याको शासनलाई अझ कठिन बनाउनेछ ।
– सीआरआईबाट
Leave a Reply