भोटेकोसी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
- भाद्र १४, २०८३
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलसँग जिज्ञासा
सरकारले स्वास्थ्य बीमामा बिरामीको उपचार गरिरहेका देशभरिका अस्पतालहरूलाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेको छैन । यसैकारण कतिपय अस्पतालहरूले बीमा सूचीमा राखिएका औषधिसमेत उपलब्ध गराउन सकिरहेका छैनन् । सरकारले सर्वसाधारण नेपाली जनतालाई स्वास्थ्य उपचार र औषधिबिना नै मार्न खोजेको हो र ? सरकारले उक्त स्वास्थ्य बीमाको रकम सम्बन्धित अस्पतालहरूलाई कहिलेसम्म भुक्तानी दिने हो ?
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलको जवाफ :
यसमा धेरै समस्या रहेको म स्वीकार गर्छु । बीमा व्यवस्थित गर्न जरुरी छ । कोष सुरक्षित नभएर बीमा व्यवस्थित हुन नसकेको हो । अस्पतालले पाउनुपर्ने भुक्तानी समयमा पाउन नसकेको कारण यो स्थिति आएको हो । राज्यले नियमित दिने बजेटले ६ भागको १ भाग पनि नपुग्ने स्थिति छ । कोष सुरक्षित गर्न हामीले काम गरिरहेका छौँ ।
(२०८१ माघ २४ गते स्वास्थ्यमन्त्री प्रदीप पौडेलले संसदमा सार्वजनिक महत्वको मन्तव्य राख्नुभएपछि नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले स्वास्थ्यमन्त्रीसँग राख्नुभएको जिज्ञासा र मन्त्रीको जवाफ–सं)
Leave a Reply