भर्खरै :

दैलेखको तिलेपातामा ‘भक्तपुर काण्ड’ को भत्र्सना

दैलेखको तिलेपातामा ‘भक्तपुर काण्ड’ को भत्र्सना

दैलेख, १४ भदौ । नेपाल मजदुर किसान पार्टी आठबीस नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट पार्न पञ्चायती राज्य स्तरबाट रचिएको भक्तपुर काण्ड ‘कालो दिन’ को सन्दर्भमा आठबीस नगरपालिकाको वडा नं ८ तिलेपाटामा नेमकिपा समर्थक कार्यकर्ताबिच भेटघाट कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिका उपाध्यक्ष मानबहादुर सिजापतिले भक्तपुर काण्ड नेमकिपालाई सिध्याउनकै लागि नियोजित रूपमा रचिएको राज्यस्तरको षड्यन्त्र भएको उल्लेख गर्दै फेरि यस्ता षड्यन्त्र हुनसक्ने भएकोले सचेत रहन आग्रह गर्नुभयो ।
पुँजीपति, साम्राज्यवादी शक्तिहरू यस्ताखाले कुकृत्य गर्न जहिले पनि लागिरहने भएकाले त्यसका विरुद्धमा देश र जनताका पक्षमा आवाज उठाउने काम नेमकिपाले गरिरहेको उहाँले बताउनुभयो ।
नेमकिपा आठबीस नगर समिति अध्यक्ष जयबहादुर सिजापति, पार्टी सचिव नवीन बडुवाल, दिलिप बडुवाल, निर्मल सिजापति, कोमल बडुवाल, विमल क्षेत्री, विजन पण्डित, जनम सिजापतिलगायतका कार्यकर्ताहरूले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
समितिले भदौ १० गते रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढी पहिरोका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा भएको ठुलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *