भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, २७ माघ । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा शनिबार किसान भेला भयो ।
भेलामा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपाको स्थापना कामदार वर्गका जनतालाई राजनीतिक, सैद्धान्तिक, वैचारिक र व्यवहारिकरूपमा परिपक्व बनाउनुका साथै सङ्घर्षशील भावना जगाई समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यले भएको बताउनुभयो ।
नेमकिपा स्थापनाका आधारहरूबारे चर्चा गर्दै उहाँले पार्टीले जालीफटाहा र जमिनदार वर्गको विरोधमा किसान आन्दोलनलाई अगाडि बढाउने काम गर्नुका साथै संशोधनवाद र अवसरवादको विरोध गर्दै आइरहेको बताउनुभयो ।
उहाँले चाँगुनारायण नगरपालिकामा पक्षपात, विकासको नाउँमा भ्रष्टाचार, बेथिति, अनियमितता व्यापक भएको हुँदा त्यसको न्यूनीकरणको लागि आन्दोलन गर्नुपर्ने आवश्यकताबारे चर्चा गर्नुभयो ।
नेक्राकिसङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष नारायणभक्त न्हेमाफुकीको सभापतित्वमा भएको उक्त कार्यक्रममा गणेशराम सुवाल र सूर्य फोजुले पनि पार्टी स्थापनाका आधारहरूबारे बोल्नुभएको थियो ।
त्यस्तै, स्थापना दिवसकै अवसरमा नगरकोटको बाख्रीगाउँमा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष फोजुले पार्टी स्थापनाको आधार र उद्देश्यबारे स्पष्ट पार्नुभयो ।
सरोज तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा गणेश सुवाललगायतले बोल्नुभएको थियो ।
Leave a Reply