भर्खरै :

माध्यमिक विद्यालयको विज्ञान विषयक अनुसन्धानको निष्कर्षको प्रस्तुति र छलफल

माध्यमिक विद्यालयको विज्ञान विषयक अनुसन्धानको निष्कर्षको प्रस्तुति र छलफल

भक्तपुर, २७ माघ । भक्तपुर नगरपालिका नगर शिक्षाको आयोजनामा आइतबार विज्ञान विषयक अनुसन्धानको निष्कर्षको प्रस्तुती र छलफल कार्यक्रम सम्पन्न भयो । सम्पन्न अनुसन्धानको निष्कर्षका बारेमा आफ्नो अवधारण राखदै कार्यक्रमका अतिथि नपाका उपप्रमुख रजनी जोशीले हरेक अनुसन्धानले नयाँ तथ्यहरुको उजागर गर्ने हुँदा यस अनुसन्धानले पनि विज्ञान शिक्षणमा भक्तपुरका शिक्षकहरु पनि लाभान्वित हुने बताउँदै आजको समय पाठ्यपुस्तकमुखी अध्ययन र अध्यापनबाट फरक भई व्यवहारमुखी हुनुपर्ने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयको पहलमा बाथ विश्वविद्यालय (बेलायत) को सहकार्यमा विज्ञान विषयको ‘वातावरणी तथा ज्ञान मिमांशीय न्याय’ बिषयमा नेपालमा वातावरणीय न्याय विषयको अध्यापन कक्षा कोठामा कसरी र कुन विधिबाट गर्दा विद्यार्थीहरुले त्यसलाई आफ्नो दैनिक जीवन र व्यवहारिक अनुभवसँग तालमेल मिलाएर सिक्न सकिन्छ भन्नेबारेमा सो अनुसन्धान केन्द्रित थियो । अनुसन्धानको निष्कर्षका बारेमा प्रस्तुती दिँदै अनुसन्धान टोलीका प्रमुख डा. गणेशबहादुर सिंहले रसुवा र भक्तपुर जिल्लामा केन्द्रित गरी गरिएको सो अनुसन्धानमा शिक्षकहरुको विज्ञान अध्यापनको प्रवृति सकारात्मक रहेको भए तापनि अनुसन्धानले अझै प्रवचन विधि हावी भएको तथा प्रयोगात्मक कक्षा बढाउनुपर्ने र विद्यार्थीमुखी र छलफल विधिलाई प्राथमिकता दिनुपर्ने अनुसन्धानले औँल्याएको बताउनुभयो ।
अनुसन्धान टोलीका सदस्यहरु एवं विभागका सहप्राध्यापक मोहन पौडेल र महेन्द्र रत्न क्याम्पसका पाठ्यक्रम तथा मूल्याङ्कनका सहप्राध्यापक आशिक सिंह ठकुरीले वातावरणीय न्यायसँग सम्बन्धित पाठलाई अझ कसरी प्रभावभकारी बनाउन सकिन्छ भन्ने बारेमा सहभागी शिक्षहरुकका बिचमा समूहगत छलफल गराउनुभयो ।
उक्त एक दिवशिय कार्यक्रममा अनुसन्धाको सिलसिलामा तालिम पूर्व कक्षा अवलोकन, तालिम तथा तालिम पछिको कक्षा अवलोकनमा सहभागि विज्ञानका शिक्षकहरु बाहेक केहि प्रधानाध्यापकहरु, नगर शिक्षाका पदाधिकारीहरु तथा नगरपालिका विद्यालय अनुगमन समितिका पदाधिकारीहरु समेतको सहभागित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *