नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
हामीले देख्यौँ २० औँ शताब्दीको सुरुका दुई दशक चीनमा ठुलो हलचल भयो । तर, प्रथम विश्वयुद्धले गर्दा विश्वमा उत्पन्न उथलपुथलले झन्डै ती आन्तरिक परिवर्तनमा ग्रहण लागेको थियो । अन्तर्राष्ट्रिय घटनाक्रमबाट पाठ सिक्न त्यसलाई महत्वपूर्ण शिक्षाका रूपमा हेरिरहनुभएका माओका लागि प्रथम विश्वयुद्धका सबैभन्दा घतलाग्दा घटनाहरू सन् १९१७ को रुसी क्रान्ति तथा विजेताका अगाडि चीनप्रति बेइज्जतीपूर्ण व्यवहार सन् १९१९ मा थियो ।
तीमध्ये पहिलो घटना : रुसको समाजवादी क्रान्तिले चीनका उग्र सुधारवादीका लागि ठुलो महत्व राख्यो । अधिकांश ती व्यक्तिले स्वदेशमा माक्र्सवादी क्रान्तिको आशा राखेका थिए ।
प्रथम विश्वयुद्धको पूर्व सन्ध्यासम्म छिङ राजवंशको चीनसरह रुसमा समेत एउटा कमजोर राजा जार निकोलस द्वितीयको ठुलो साम्राज्य थियो । चीनसरह नै रुसमा पनि ठुलो ग्रामीण भूभाग थियो र आधुनिक प्रविधि, उद्योगधन्दा र राजनीतिक सुधारका कुरा धेरै पछाडि थिए ।
रुसका किसान पनि चीनका सरह अधिकांश अशिक्षित र अलगअलग थिए । सहरहरूमा गरीब कामदार वा सर्वहाराहरूसँग खानका लागि थोरै वस्तु थियो र निकै कमले मात्र आफ्नो देश कसरी सञ्चालित छ भन्न सक्थे । माक्र्सले भविष्यवाणी गरेको ऐतिहासिक भौतिकवादको अन्तिम चरणका लागि तयार एउटा समाजको रूपमा रुस थियो ।
सन् १९४१ को ग्रीष्ममा जार निकोलस द्वितीयले जर्मनीका कैजरविरुद्ध आफ्नो शाही सेना परिचालन गर्नुभन्दा दशकौँ पहिले नै रुसका सहरी क्षेत्रमा क्रान्तिकारी गतिविधि जारी थियो । महादेशलाई नै डरलाग्दो युद्धमा धकेल्ने सो निर्णय रुसी शाही परिवारको मृत्युको शङ्खनाद पनि भयो ।
गृहमोर्चामा तीन वर्षसम्म हानि र रणभूमिमा ठुलो क्षतिबाट जारले सिंहासन त्याग्न बाध्य हुनुभयो । एउटा अन्तरिम सरकारले थप आठ महिना सामान्य नियन्त्रण राख्यो तर युद्ध त्याग गर्न तथा बढी लोकप्रिय कार्यक्रम ल्याउन नसक्नाले क्रान्तिकारीको निकै उग्र समूह तथा माक्र्सवादले प्रभावित ‘बोल्सेभिक’ का अगाडि त्यो कमजोर पर्न गयो । सन् १९१७ अक्टोबरमा भ्लादिमिर लेनिनको नेतृत्वमा रहेका बोल्सेभिक तथा जलसेना, सेनाको सानो समूह र श्रमिकहरूले सोभियत नामको परिषद्मा गोलबन्द भएर राजधानी सहर सेन्ट पिटर्सवर्गमा सजिलै कब्जा जमाए । उनीहरूले सहरको नाम परिवर्तन गरी पेट्रोग्राद राखेर सरकार ढाल्दै सम्पूर्ण शक्ति सोभियतमा निहित रहेको घोषणा गरे । विश्वको पहिलो समाजवादी क्रान्ति रुसमा अभ्यास भइसकेको थियो । सर्वहाराहरू सत्तामा पुगेका थिए । राजदरबार लुटेपछि बोल्सेभिकहरूले विनाशकारी विश्वयुद्धबाट पछाडि हट्ने पहिलो काम गरे ।
चौतर्फी असन्तोषले नै रुसी क्रान्तिकारीहरूलाई राजवंश समाप्त पार्न सम्भव बनाएको थियो । तर, यो त कार्ल माक्र्सको सिद्धान्त थियो जसले समाजवादी समाजको सिर्जनामा प्रतिबद्ध नयाँ क्रान्तिकारी राज्य स्थापना गरायो । गणतन्त्र चीनले सुरुमा आफूलाई ब्रिटेन, फ्रान्स र रुस एकातिर तथा केन्द्रीय शक्तिमा रहेका अस्ट्रो–हङ्गेरी, जर्मनी र ओटोमन साम्राज्य अर्कोतिर रहेको युद्धमा आफूलाई तटस्थ राखे पनि सयौँ हजार चिनियाँ युद्धमा जोडिए । उनीहरू युरोपको रणभूमिमा सेनाका रूपमा भर्ती भएर होइन, भाडाका कामदार भएर गएका थिए ।
सन् १९१५ सम्म ब्रिटेन र फ्रान्सका सैनिकका अधिकारीले अनुमान गरेभन्दा बढी सैनिक गुमाए र उनीहरू कामदारका लागि भौतारिए । पैसा र शिक्षाको वचन दिई उनीहरूले चिनियाँलाई लोभ्याएर सडक मर्मत गर्न, मालसामान ढुवानी तथा युद्धका लागि खाडल, जसमा दसौँ लाख सैनिक मर्नेवाला थिए, खन्न लिएर गए । खाडल विश्वयुद्धमा मानवीय क्षति मनै विचलित गरिदिने भयो । सन् १९१९ मा भर्साइलको सन्धिमा हस्ताक्षर हुँदासम्म असाधारणरूपमा दुई दर्जनभन्दा बढी देशका एक करोड ७० लाख गैरसैनिक र सैनिक मरिसकेका थिए । प्रत्येक युरोपेली देश तथा क्यानडादेखि अस्ट्रेलिया र भारतदेखि दक्षिण अफ्रिकासम्मका उपनिवेश क्षेत्रका थिए । ती सैनिकहरू युद्धभूमिमा मारिए भने गैरसैनिकहरू कुपोषण, रोग तथा राज्य प्रायोजित आमसंहारजस्ता केही डरलाग्दा घटनाको शिकार भए ।
चिनियाँ कामदारहरूको कुरा गर्दा उनीहरूले पनि क्षति व्यहोरे । एकजना पर्यवेक्षकका अनुसार क्रूर परिस्थितिबिच गाईवस्तुको बथानसरह युरोपको यात्रा गर्ने क्रममा हजारौँले ज्यान गुमाए । बाँचेकाहरूलाई त्यो डरलाग्दो अनुभव थियो । इङ्गल्यान्ड र फ्रान्सको युद्ध बजेटमा जनशक्ति र मानव जीवनको सापेक्ष मूल्यको एउटा पाठ थियो । तिनका शास्त्रीय उदारवादी परम्परा विदेशी श्रमिकहरूका लागि सधैँ लागु हुँदैनथ्यो । युद्धको विनाशलीलामा मानव जीवन मात्र लीन भएको थिएन । चारवटा शक्तिशाली साम्राज्यको पतन पनि भयो । हारेका जर्मनी, अस्ट्रिया तथा ओटोमन साम्राज्य क्षेत्रीयरूपमा विखण्डित भए र त्यहाँका राजतन्त्र समाप्त पारिए । जस्तो कि हामीले देख्यौँ, रुसमा रोमानोभ राजवंश फरक खालको शक्ति, खाडलमा मर्नका लागि पठाइएका किसान, सैनिक तथा सर्वहाराको अधिनायकत्वको लक्ष्य राखेका अनुभवी क्रान्तिकारी शक्तिद्वारा मिल्काइयो ।
युरोपका साम्राज्यवादी शक्तिमाथि चारवर्षे युद्धको प्रतिप्रभावलाई चीनमा ठुलो चासो दिएर हेरियो । पेइचिङमा माओले काम गरिरहँदाको कुरा हो यो, जुनबेला उहाँले रुसमा समाजवादी क्रान्ति बारेमा थाहा पाउनुभयो र कार्लमाक्र्सको ग्रन्थ अध्ययन गर्न थाल्नुभएको थियो । माक्र्सवादी सिद्धान्तमा माओको ज्ञानबाट प्रभावित हुनेमा विश्वविद्यालयमा उहाँका साथीहरू लि ताचाओ र चेन तुसिउ हुनुहुन्थ्यो । लि र चेनले श्रमिकको आर्थिक शोषणका विरुद्धमा जोड दिने माक्र्सवादले सङ्कटमा परेको नयाँ गणतान्त्रिक चीनमा उर्वर भूमि पाउने विश्वास गर्नुभएको थियो ।
सार्वजनिक भाषणमा लि र चेनले प्रथम विश्वयुद्ध जित्ने शक्ति समूहका सेना होइनन् भन्ने बहस गर्नुहुन्थ्यो । साम्राज्यवाद र पुँजीवादका विरुद्ध चलेको युद्धमा आफ्नो ज्यानको आहुति दिने सैनिक तथा शोषित भएका श्रमिकहरूका कारण जीत मिलेको उहाँहरूले देख्नुभयो । जनताको ऐक्यबद्धताले गर्दा युरोपेली शक्तिहरू वार्ताको मेचमा बस्न बाध्य भएको उहाँको दाबी थियो ।
रुसी उदाहरणमा उहाँहरूले यथेष्ठ प्रमाण फेला पार्नुभयो । ब्रिटेन र फ्रान्सका पक्षमा काम गरेर युद्ध जिताउन सहयोग गर्ने ती खाडल खन्ने चिनियाँ कामदारहरूलाई समेत उहाँहरूले आह्वान गर्नुभयो । माओले यी बहस सुन्नुभयो तर आफ्नो मित्रहरूको माक्र्सवादप्रतिको झुकावबाट माओ अझै प्रभावित हुनुभएको थिएन । विशेषगरी उहाँले रुसमा बोल्सेभिकहरूद्वारा सोभियत सङ्घ भनिए सरह स्वघोषित सर्वहाराको तानाशाही देख्नुभयो, जसमा शक्तिको दुरूपयोगको सम्भावना थियो । माओले लामो समयदेखि सामाजिक रूपान्तरण र एउटा आदर्श समाजको आधार कडा परिश्रम हो भन्ने विश्वास गरिरहँदा उहाँलाई लाग्दैनथ्यो कि यो तानाशाहीका लागि सहयोगी हुनेछ । यहाँसम्म कि प्रतीकात्मक स्वरूपमा युवा माओले तानाशाही अस्वीकार गर्नुभयो । माओका साथीहरूका कुरा गर्दा, उहाँहरूले युद्धको अन्तमा भर्साइलको सन्धिले निर्धारण गरेको शान्तिको खाका अस्वीकृत गरिदिनुभयो । जीत प्राप्त गर्नेहरूका लागि ठुलो सङ्ख्यामा जनशक्ति उपलब्ध गराउने सरकारको भूमिकाका कारण ती वार्तामा चीनले सहभागिता जनाउने मौका पाएको थियो । तर, जब योगदानको कदर गर्ने बेला आयो, उही युरोपेली सरकारहरूले चीनलाई खाडलमा धकेलिदिए । विशेष गरेर सन् १८९० मा जापानको कब्जामा गएको उत्तरी क्षेत्रको सान्दोङ प्रायःद्विप जापानको नियन्त्रणमै रहने निर्णय उनीहरूले दिए । चिनियाँ प्रतिनिधिहरूले खाली हात वार्ता टेबुल छाडेर हिँड्नुप¥यो ।
सरकारको बेइज्जतीले उग्र भएका करिब तीन हजार विद्यार्थीले पेइचिङको तियानमेन चोकमा सन् १९१९ मे ४ मा ¥याली निकाल्दै पश्चिमाको पिछलग्गू भएको आरोप सरकारमाथि लगाए । चाँडै नै चीनका श्रमिक तथा अधिकांश सहरी क्षेत्रका व्यापारिक घरानाहरू पनि विरोधमा सहभागी भए । यो विरोध ‘मे फोर्थ मुभमेन्ट’ का नामले परिचित भयो ।
चीनलाई पुनः महान् बनाउने भन्दै सन यात सेनले पश्चिमा साम्राज्यवादका अगाडि उभिने वाचा गरेको एक दशकमात्र के भएको थियो, ‘मे फोर्थ मुभमेन्ट’ शिक्षित र श्रमिकवर्ग अझै क्रान्तिका लागि उग्र भावनामा रहेको स्पष्ट सङ्केत थियो ।
‘मे फोर्थ’ को अनुसरण गर्दै फेरि जनभेला हुन थाल्यो । चार सत्न्दा बढी राजनीतिक प्रकाशनको थालनी गरियो तथा सन यात सेनले आफ्नो ‘नेसनलिस्ट पार्टी’ पुनस्र्थापित गर्नुभयो । माओ र अन्य पर्यवेक्षकलाई ‘मे फोर्थ’ ले के शिक्षा दियो भने चीनको अर्को क्रान्ति बढी लोकप्रिय हुनेछ, जसले जनताको भावनात्मक अवस्थालाई तत्काल सम्बोधन गर्दै विश्वमा चीनको प्रतिष्ठा पुनप्र्राप्त गर्नुपर्ने छ । व्यवहारमा यसको अर्थ शताब्दीयौँदेखि बदनाम छिद्वारा प्रयोग गरिएको शास्त्रीय उपभाषाभन्दा स्थानीय चिनियाँ लिखित भाषाको प्रयोग गरिनु थियो । वैचारिक दृष्टिबाट व्यापकरूपले हेर्दा यसको अर्थ देशको हितलाई सर्वोपरि राख्नुपर्ने हुन्छ ।
मात्र ६ महिना पेइचिङमा बसेर माओ हुनान फर्कनुभयो । त्यहाँ हुनान फस्र्ट नर्मल स्कूलबाट स्नातक हुनुभएको थियो । यसै समयमा माओले आफ्नो गद्य शैलीलाई परिस्कृत गरेर नयाँ जनवादी आवाज प्रतिबिम्बित हुने गरी धेरै लेख्नुभयो । आफ्नी प्रिय श्रीमती याङ खाइहुईलाई पठाएका प्रेमपत्रका साथै उहाँले आफू प्रधानसम्पादक रहेको हुनानको विद्यार्थी सङ्गठनद्वारा प्रकाशित हुने जर्नल ‘सियाचियाङ रिभ्यु’ का लागि समेत विचारोत्तेजक रचना लेख्नुभयो । ती रचनामा आफूले चीनमा देखेका दुई निकै गम्भीर समस्या ः खाद्यवस्तुको अभाव र जनतामा हावी अन्धविश्वासमा केन्द्रित रहेर कलम चलाउनुभएको थियो ।
सरदार चाङ चिङयाओको नेतृत्वमा रहेको स्थानीय प्रशासनले माओको प्रगतिशील विचारलाई खतराका रूपमा हेरिरहेको थियो । उनीहरूले उदारवादी विचारधारका लागि गरिएको उहाँको आह्वान मन पराइरहेका थिएनन् । यसले स्थानीय प्रशासनमा उनीहरूको नियन्त्रणलाई चुनौती दिएको थियो । यसैले मात्र चार अङ्क निस्केको ‘सियाङचियाङ रिभ्यु’ का साथै विद्यार्थीहरूको सङ्गठन पनि प्रतिबन्ध गरियो । विद्यार्थीको विचारमा देखाइएको यो कडा प्रतिक्रिया र अवहेलनाले माओलाई नराम्ररी प्रभावित ग¥यो । यसले ‘मे फोर्थ मुभमेन्ट’ सँग उहाँ अझ बढी प्रभावित हुँदै जानुभयो ।
विद्यार्थीहरू कारबाहीमा परेको केही समयमै माओले आफ्नी आमाको निधन भएको खबर पाउनुभयो । पुरानो संसारका परम्परासँग उहाँको यो अन्तिम सम्बन्ध जस्तै प्रतीत भयो ।
जब माओले आफ्नी आमाको अन्तिम संस्कारमा ‘म नयाँ बौद्धमार्गी भएँ’ शब्दहरू लेख्नुभयो, उहाँले सकभर आफूलाई नयाँ मानिस भएको सङ्केत पनि गरेको हुनुपर्छ । आफ्नो सुस्ती हटाउँदै, सीधासादा मानवीय करुणाले भरिपूर्ण (यसका लागि उहाँ आफ्ना जनताको आलोचना गर्नुहुन्थ्यो तापनि मनको गहिराइमा यो बाँचेकै हुन्छ) भएर उहाँले कारबाहीमा उत्रने प्रतिज्ञा गर्नुभयो । माओ एउटा ध्येय लिएर आफ्नी आमाको अन्तिम संस्कारका लागि छाङशा फर्कनुभएको थियो ।
सन् १९१९ डिसेम्बरमा माओले हुनानका प्रत्येक विद्यालयमा आमहडताल आह्वान गर्नुभयो । छाङशाका १३ हजार विद्यार्थीका तर्फबाट पुनस्र्थापित हुनान विद्यार्थी सङ्घले सरदार चाङ चिङयाओले शक्ति परित्याग नगरुञ्जेलसम्म कक्षाकोठामा नफर्कने प्रतिज्ञा लियो । हडताल ६ महिनासम्म जारी रह्यो र माओका प्रतिद्वन्द्वीहरूलाई हुनानबाट लखेटियो । सफल हडतालबाट घटनाहरूको एउटा श्रृङ्खलाबद्ध आँधीबेहरीको थालनी भयो । यसले माओलाई एक गुमनाम विद्यार्थी जीवनबाट प्रभावशाली क्रान्तिकारी व्यक्तित्व बनाइदियो ।
२७ वर्ष पुगेका माओ आफ्नो जीवनमा पहिलोपटक अग्रजको छत्रछायाँविहीन बन्नुभएको थियो । उहाँका पिता माओ यिचाङ र उहाँका माता समान याङ छाङचीले पनि उहाँकी आमाको निधन भएको केही समयपछि नै देहत्याग गर्नुभएको थियो । माया र समर्थनको आवश्यकता परेपछि माओले याङकी छोरी खाइहुईलाई आफूसँग विवाह गर्न अनुरोध गर्नुभयो । जीवन सङ्गिनीसँग सुरक्षित महसुस गरेपछि माओले अर्को महत्वपूर्ण कदम उठाउनुभयो, सन् १९२१ जुलाईमा उहाँ साङ्घाई जानुभयो । त्यहाँ उहाँ कम्युनिस्ट पार्टी अफ चाइनाको संस्थापक अध्यक्ष भएर त्यसको प्रथम राष्ट्रिय भेला सम्पन्न गराउनुभयो ।
माओ त्सेतुङले उग्र सुधारवाद, यतिसम्म कि क्रान्तिकारी माध्यमबाट परिवर्तनको आवश्यकता पूर्णतया अँगीकार गर्नुभएको थियो ।
– ‘माओ त्सेतुङबारे अध्ययन’ बाट
Leave a Reply