यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
क्यान्सर, मुटुको रोग, दम, क्षयरोगलगायत विभिन्न प्रकारका रोगहरूको लागि जिम्मेवार वा सहयोगीको भूमिका निभाउने धूमपानले आर्थिक तथा मनोवैज्ञानिक समस्याहरू निम्त्याउने गर्दछ । विश्वभरिमा यसको कारण प्रत्येक वर्ष ८० लाखदेखि करोड मानिसको मृत्यु हुने गर्छ । यदि समाज धूमपानमुक्त बनाउन सकियो भने यसबाट व्यापकरूपमा मृत्यु दरमा कमी, जनस्वास्थ्यमा सुधार, उपचार र बचावटका लागि गरिने भीमकाय खर्च र मेहनतमा कटौतीलगायतका लाभहरू शब्दमा वर्णन गर्न सकिँदैन । त्यसमाथि विफर, श्वेतदाग (ल्यूकोडर्मा), एसिड आक्रमण, धूमपानजस्ता क्रियाकलाप मानव उपलब्धि र सौन्दर्यका कलङ्कमध्येका हुन् । विफर विश्वबाट उन्मूलन भइसकेको छ भने अब बिदा हुने पालो धूमपानको हो । यस पूर्वसन्ध्यामा विश्वलाई धूमपानमुक्त तुल्याउने विधि बताउनुभन्दा पहिले सुर्ती र चुरोटसम्बन्धी एक छोटो जानकारी यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ ।
आठ हजार वर्ष पहिलेदेखि नै दक्षिण अमेरिकामा सुर्ती खेती गरिँदै आएको भनी कतै उल्लेख गरिएको नपाइएको होइन । यद्यपि, विभिन्न स्रोतका अनुसार सुर्ती दुई हजार वर्षदेखि चपाउन र धूमपान गर्न थालिएको हो । स्पेनी व्यपारीहरूले उत्तर अमेरिका पु¥याएको यस पदार्थ त्यहाँबाट विश्वभरि पैmलिएको हो । यसलाई युरोप पु¥याउने पहिलो व्यक्ति क्रिस्टोफर कोलम्बस हो । तर, त्यतिबेला यो हानिकारक भन्ने कुरो मानिसहरूलाई थाहा थिएन । यसलाई प्रतिष्ठाको रूपमा लिइन्थ्यो । दम तथा अन्य रोगको उपचारको लागि सुर्ती औषधिको रूपमा चपाउन लगाइन्थ्यो । धूमपानले स्वास्थ्यलाई पु¥याउने हानिकारक असरको विषयमा चिम्निमा काम गर्ने मजदुरबाट सन् १६०२ मा मात्र एक अज्ञात लेखकद्वारा धुवाँले रोगी तुल्याउन सक्नेबारेमा शङ्का व्यक्त गरेका थिए । अन्य रिपोर्टहरूमा सन् १७९५ मा जर्मनीका थोमस वोन सामरिङले गरेको रिपोर्टलाई उल्लेखनीय मानिएको छ जसले धूमपान गर्नेहरूलाई ओठको क्यान्सर लागेको बारेमा आफू जागरुक भएको बताएका थिए । तर पनि उन्नाइसौँ शताब्दीको अन्तिम समयतिर आएर चुरोट बनाउने मेसिन विकसित गरी त्यसबेला प्रतिमिनेट दुई सय खिल्ली उत्पादन क्षमताको मेसिन सुधार गरी नौ हजारमा परिणत गरी सस्तोमा बृहत् उत्पादन र अत्यधिक विज्ञापन गरी चुरोटको बजार विस्तृतरूपमा फैलाइयो । वैज्ञानिकरूपमै फोक्सोको क्यान्सर र धूमपानको सम्बन्धको पुष्टि सन् १९२० मा मात्र भएको थियो । तापनि, चुरोट उद्योगबाट पाउने अत्यधिक विज्ञापनका कारण त्यसको सञ्चारमा खास गरी पत्रपत्रिकाहरू चेतनामूलक कार्यक्रमहरू प्रकाशन गरी तिनीहरूसित दुश्मनी गर्न चाहेनन् । तर, सन् १९५० देखि ६० को दशकमा चुरोटबाट उत्पन्न हुने एक श्रेणी रोगहरूको बारेमा वैज्ञानिक तथ्यमा आधारित एक श्रेणी रिपोर्टहरू प्रकाशनमा आए । त्यसपछि पनि अत्यन्त शक्तिशाली धूमपान व्यवसायीका एकछत्र दमदार प्रभावका कारण बीसौँ शताब्दीको पछिल्लो समयमा मात्र बल्लतल्ल यसको विरोधमा सफलताका साथ मुद्दा दायर गरिएको हो । त्यसपश्चात् हिजोका दिनसम्म पनि हामीले विद्युतीय सञ्चारमाध्यममा चुरोटको दमदार विज्ञापन देखेकै हौँ भने आज हामी सार्वजनिक स्थानमा धूमपान निषेध गर्दै छौँ ।
धूमपानमुक्त समाजको परिकल्पनाको लक्ष्य प्राप्तिको लागि हालसम्म भएका प्रयासहरू मूलतः प्रभावकारी शिक्षामूलक र चेतनामूलक सन्देशहरू, कानुनी बन्देज, आर्थिक तथा धूमपान निषेधका कार्यक्रमहरू हुन् । तिनीहरू एकीकृत र व्यापक तवरमा सञ्चालनमा आए तापनि ती सबै त्यतिमै सीमित रहे । ती सब पनि भयउन्मुख, आदेशात्मक र निषेधात्मक मात्रै हुन् ।
जल, वायु, सूर्यको किरण आदि अत्यावश्यक वस्तु प्रकृतिमा सुलभ उपलब्ध भए जस्तै यस विधि पनि जति बढी महत्वको हो उतिकै सहज र सरल पनि छ । प्रचलित चलनचल्तीमा रहनजाने आदिपनबाट बाहिर निस्किएर हेर्ने हो भने धुवाँ पनि उपभोग गर्नु भनेको अद्भूत हो ।
विधि :
१) तात्कालीन योजना :
यस योजना वर्तमानमा धूमपानको लत बसी नसकेकाहरूलाई कहिले पनि त्यसको लत बस्न नदिने दिशातिर लक्षित छ । धूमपान गर्ने उपभोक्ताहरूलाई चुरोटको ब्रान्ड, आवश्यक सङ्ख्या र थोक बिक्रेता उल्लेख गरी सुरुमा अत्यन्त सहजताका साथ चुरोट किन्नका लागि पास वितरण गर्ने । सो काम सकिएपछि कुनै पनि नयाँ पास जारी नगर्ने । त्यसपछिका दिनहरूमा पासवाहकहरूलाई मात्र किटान गरिएको सङ्ख्याभन्दा नबढाई किटान गरिएकै ब्रान्डको चुरोट मात्रै बिक्री वितरण गर्ने । स्वयम् प्रस्टै हो कि व्यावहारिकता हेरी चुरोट बिक्री महिना दिन वा हप्तामा एकपटक एकमुष्ट खरिद बिक्री गर्ने । यसले उत्पादन निर्देशित गर्दछ । चुरोट सेवन नगर्नेलाई चुरोट नदिन पासमा किटान गरिएको सङ्ख्या कहिल्यै नबढाइने र नयाँ व्यक्तिका लागि पास नबन्ने कुरा प्रचारप्रसार गर्ने । चुरोट सेवन नगर्नेलाई त्यस उप्रान्त चुरोट कहिल्यै पनि उपलब्ध नहुने भए तापनि उनीहरूलाई त्यसको केही सरोकार हुँदैन, उखानमा जस्तै ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात् !” त्यस्तै, बेल नपाक्दा पनि हर्ष न विस्मात् ! अतः यस बन्दोबस्तीमा तिनीहरूबाट कुनै आवाज वा असन्तुष्टी व्यक्त हुने कुनै गुन्जाइस रहँदैन । यसरी यस विधिको माध्यमद्वारा अत्यन्त सहजताका साथ धूमपानमुक्त नयाँ पिँढीको सिर्जना हुन्छ ।
यस नियम लागु भएको दिनलाई महान् दिनको रूपमा मनाउनुपर्दछ जसले गर्दा यसको प्रचारप्रसार पनि प्रभावकारी हुनजान्छ । यस महान् दिनलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा गरिने घोषणाले धूमपानमुक्त समाजको निर्माणमा मूल भूमिका निर्वाह गर्दछ ।
२) अल्पकालीन योजना :
यस योजनाको लक्ष्य प्रचलित एकीकृत योजनामा केही थप तथा केहीमा सुधार गरी धूमपान गर्नेहरूलाई निरुत्साहित गर्नु हो । उदाहरणको लागि चुरोटको मात्र थोक बिक्री केन्द्रको स्थापना गर्ने र केही समय अन्तरालमा दुई केन्द्र समाहित (मर्ज) गर्ने ताकि दूरी बढ्न गई उपभोक्तालाई केही झमेला बढोस् । त्यस्तै, चुरोटको बट्टामा छापिएको तस्बिर परिवर्तन गरी छालाको क्यान्सरको राख्न लगाउने । किनकि, यसले चुरोटप्रति बढी वितृष्णा पैदा गराउँछ । यस्तै, उद्देश्यले चुरोटको व्यापारिक नाम पनि परिवर्तन गर्न सकिन्छ ।
३) दीर्घकालीन योजना :
यसको लक्ष्य धूमपानसम्बन्धी कानुन क्रमिकरूपमा कसिलो बनाउंँदै एक दिन धूमपान र यसको उत्पादन र वितरणसँग सम्बन्धित सम्पूर्ण संयन्त्रलाई गैरकानुनी घोषणा गर्ने हो । यदि अल्पकालीन र दीर्घकालीन योजनाको माध्यमबाट सबै क्षेत्रमा पूर्णरूपमा धूमपानमुक्त तुल्याउने लक्ष प्राप्त गर्न सम्भव नभए तापनि तात्कालिन योजना लागू भएपश्चात् अर्थात् उपभोक्ताहरूको आयुको क्रमिकता मुताबिक एक दिन समाज स्वतः धूमपानमुक्त हुन जान्छ । अतः जे भए तापनि ढिलो वा चाँडो धूमपान सम्बद्ध सम्पूर्ण कामधन्दा एक दिन गैरकानुनी घोषणा गर्न सकिन्छ र समाज सदाका लागि अच्छिन्न धूमपानमुक्त रहन जान्छ । लक्ष प्राप्तिपश्चात् यसलाई स्थानिय, राष्ट्रिय र विश्वव्यापी तहमा घोषणा गर्न सकिन्छ ।
अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयनको सिलसिलामा केही कुराहरूमा हेक्का राख्न आवश्यक हुन्छ । चाल नपाई चुरोटप्रति वैमनस्यता र उपभोक्ताको स्वास्थ्यको चिन्तनमा लीन भएर गरिएका कार्यक्रमहरूले गर्दा कहीँ तिनीहरूलाई यातना त भइरहेको छैन ? अथवा उपभोग निरुत्साहित गर्न चुरोटको मूल्य महँगो बनाउँंदै लैजाँदा कहीँं कतै त्यसको कारण दूध वा त्यस्तै उपभोग्य वस्तु त विस्थापित भइरहेको छैन ? यस्ता प्रश्नहरूलगायत कार्यान्वयनको सिलसिलामा देखापर्ने व्यावहारिक असरहरू चनाखो भएर निगरानी गरी समाधान गर्दै रहनुपर्छ । तात्कालीन योजना लागु भएपछि त्यसको असर स्वरूप उपभोक्ताको आयुको क्रमिकता मुताविक भविष्यमा जब गाउँ सहरहरूमा न्यून वा ज्यादा न्यून उपभोक्ताको सङ्ख्या बाँकी रहन्छ तब उत्पादन र वितरण प्रणालीसित सम्बन्धित सम्पूर्ण कार्यहरूलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने हुन्छ । साथसाथै कम हुँदै गएको उपभोक्ता र सम्बन्धित सम्पूर्ण व्यवसायीलाई पनि संरक्षण र संवद्र्धनलगायत भावनात्मकरूपमा पनि विशेष सम्बोधन गर्नुपर्ने हुन्छ । त्यसको मध्यनजरमा वर्तमानमा कस्तो नियम कसिलो पार्दै लाने र कस्तो नरम/खुकुलो वा स्वतन्त्र बनाउनेबारेमा निर्णय गर्नुपर्दछ ।
उल्लिखित उपायहरू विश्वभर सञ्चार गरिसकेको छु । ती मूल निर्देशक हुन् । यसमा आधारित भई सहायक अमुक उपायहरू अमुक राष्ट्र वा सामाजिक प्रचलनअनुसार आफै निर्धारण गर्दा अझ बढी प्रभावकारी हुन्छ । जस्तो कि न्यूजिल्यान्डमा अमुक उमेर पार गरेपछि मात्र चुरोट र मदिरा खरिद गर्न पाइने कानुन विद्यमान भएकोले त्यसै मुताविक अमुक मितिपछि जन्मेका नागरिकलाई चुरोट उपलब्ध नहुने कानुन बनाइएको छ ।
माथि तात्कालिन योजनामा बताइएको उपाय निरपेक्ष उपाय हो । अर्थात्, यसले आफ्नो मुद्दा पूर्णरूपमा समाप्त पार्छ । अतः यस उपाय सुर्ती, खैनी, जर्दा तथा सम्पूर्ण सुर्तीजन्य पदार्थको उपभोग समाप्त पार्नको लागि पनि प्रयोग गर्न सकिन्छ । तर, भविष्यमा घटित हुने सम्भावित अमुक रोगको महामारीको दृष्टिमा मदिरा नियन्त्रणको सवालमा यसको प्रयोगबारे सोच्नुसम्म पनि महाभूल हुनेछ । यसको अतिरिक्त यससँग सान्दर्भिक र महत्वको विषय अर्थात् जनसङ्ख्या नियन्त्रणबारेमा केही उल्लेख गर्नुपर्दा बढ्दो जनसङ्ख्या नियन्त्रण गर्नुपर्ने आवश्यकतामा दुईमत रहँदैन । तर, विश्व मानचित्रमा घनिभूत प्रयासका बाबजुद किन लक्षभन्दा ज्यादै कम नतिजा प्राप्त हुन्छ त ? अब एकक्षण यसमा अपुष्ट जस्तो लाग्ने विषय जोडौँ जुन समयसँगै एकदिन छर्लङ्ग हुने नै छ । लिच्छविकालीन तथा मल्लकालीन दार्शनिकहरूले ढुङ्गाको मूर्तिमा प्रतिष्ठान गरी भाबी पिँढीका लागि छोडेका सन्देशहरूलाई आजको विज्ञान र प्रविधिले दिएका चम्किला उपहारहरूमा मात्र भुलेर छायाँमा पार्ने हो भने भोलिका दिनमा आइपर्ने अवश्यम्भावी परिणामदेखि भाग्ने कुनै बाटो बाँकी रहँदैन । उदाहरणको लागि बसाइँसराइको कारण बाँझा खेत र जीर्ण घरका दृश्यमा ठिङ्ग उभिएको सुनसान गाउँ उदेकलाग्दो त हुन्छ नै । मानिसको अभावका कारण जब सांस्कृतिक पर्व उत्सवहरू मनाउन बन्द हुन्छ तब संस्कृति लोप हुने चिन्ताले अझ बढी सताउँछ । यसको विपरीत मानिसको भीडले भरिएको सहर देख्दा कसैकसैलाई दिक्दारीसम्म लाग्न सक्ला तर यो सधैँको मेला हो । उल्लेखित गाउँ अथवा सुनसान सहर भव्य नै भए तापनि त्यस्तो सहर देख्दा त्यसले जोसुकैलाई पनि झस्काई दिन्छ । माथि भनिएजस्तै बढ्दो जनसङ्ख्या नियन्त्रण गर्नुपर्ने आवश्यकतामा दुई मत रहँदैन । तर, राजनैतिक उद्देश्यका कारण आफ्नो भोट बैङ्क क्षेत्रमा जनसङ्ख्या नियन्त्रणमा उदासिनता वा जनसङ्ख्या वृिद्घको लागि छद्म उत्प्रेषणा नै किन नहोस् वा अन्य जे जस्तो कारणबाट भए तापनि वृद्घि भएको जनसङ्ख्या प्राकृतिक छनोटबाट निर्देशित पनि हो । सहज र सामान्य उपायहरू उद्घाटित भएमा सामान्य वा खतरासूचक जस्तो प्रकृतिको भए तापनि जनसङ्ख्या वृद्घि नियन्त्रणको उपाय सधैँ मुट्ठीमै विद्यमान रहेको हुन्छ, घोत्लियो भने (म भन्छु) यस प्रकृतिविरोधी कामको प्रभावकारी सरल उपाय त पक्कै होला, आतङ्कित भएर धूमपान नियन्त्रण जसरी नै भ्mयाली पिट्दै नीति निर्माण, भीमकाय कार्यक्रम र खर्च गरिरहन नपर्ला । तर, विकासक्रममा समाज जब एक खास तहमा पुग्छ, त्यसको परिणाम विश्वमा जहाँसुकै घट्दो जनसङ्ख्याको पिरलो नै देखिँदै आएको छ जसको प्रभावकारी उपाय भेटिएका प्रकाशमा आएको छैन । धेरै नै बढ्दो जनसङ्ख्याले चिन्ता जगाई दिनु स्वाभाविकै हो तर घट्दो जनसङ्ख्याले त चिन्तनशील मानिसलाई पागल नै बनाई दिन्छ । यसै सिलसिलामा साहित्यकार इन्द्रबहादुर राईको एक महावाणीतुल्य अभिव्यक्ति यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ कि प्रकृतिले प्रशस्त देखाउँछ तर केही पनि सिकाउँंदैन । सिक्ने अभिभारा मानिसलाई दिइएको छ । जोड्न खोजिएको सिलसिला यो हो की समयको एक खास खण्डमा भारत गरिबी र बढ्दो जनसङ्ख्याका कारण पिरग्रस्त थियो । गङ्गामा धेरै पानी बगिसक्दा पनि उकालै लाग्दै गरेको जनसङ्ख्यासहित केही समय पहिलेसम्म पनि ऊ विश्वको अति कम विकसित दस राष्ट्रमध्येको गिन्तीमा थियो । छोटो अवधिभित्रै भारत आज माथि उल्लेखित समयको त्यस खण्डभन्दा तीन दोब्बर जनसङ्ख्यासहित विश्वको सबैभन्दा धनी बीस राष्ट्रमध्यको गिन्तीमा छ र तेस्रो ठुलो अर्थतन्त्र बन्ने बन्दोबस्तीमा छ । त्यस्तै, विगतमा ऊभन्दा धेरै फरक नरहेको चीन त सर्वाधिक ठुलो सङ्ख्याको जनसङ्ख्यासहित राष्ट्रको हिसाबले आज विश्वकै सर्वाधिक सम्पन्न राष्ट्र हो । भारत, चीन र संरा अमेरिका, यी विश्वका तीन सबैभन्दा बढी जनसङ्ख्या भएका राष्ट्रहरू नै सबैभन्दा बढी सम्पन्न छन् । विधिको शासन भारतमा अन्य दुईसरह हुँदो हो त जनसङ्ख्या र सम्पन्नता एक अर्काको परिपूरक देखाउने छ । सारमा, यो शाश्वत सत्य प्रस्टियो कि विस्फोट शब्दसित जोडिएको जनसङ्ख्या र समृद्घिको सम्बन्ध देखाएर प्रकृतिले आफ्नो रहस्य देखाइदिएको छ जसलाई बुभ्mने र सिक्ने अभिभारा/अवसर हामी मानिसकै हो ।
सतहीरूपमा हेर्दा जनसङ्ख्या सूचक रेखा चिन्ताजनकरूपमा ओरालो लागेको राष्ट्रहरूमा धूमपानमुक्त तुल्याउने उपायहरू बढी उपयुक्त हुन्छ जस्तो लाग्छ । यो सही पनि हो । तर, माथिका तथ्यले अन्य राष्ट्रहरूमा पनि यसको महत्व कम आकलन गर्न दिँदैन । नैतिक दृष्टान्तको पहाड त छ नै अटल ।
Leave a Reply