जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
राष्ट्रिय सभा सदस्य चुनावको क्रममा जावलाखेलस्थित मतदान केन्द्रमा मतदाताहरु गफिंदै
काठमाण्डौ, २४ माघ । आज देशका सातै वटा प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन सम्पन्न भयो । जम्मा ५९ सदस्यीय राष्ट्रिय सभामध्ये आज ५६ जनाको लागि निर्वाचन सम्पन्न भयो । बाँकी तीन जना भने मन्त्रीमण्डलको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । राष्ट्रिय सभा निर्वाचनसँगै नयाँ संविधानअनुसार सबै तहका व्यवस्थापिका निर्माणको लागि निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन परिणाम ढिलोमा भोलिसम्म आइसक्ने बताइएको छ । निर्वाचनमा देशभरका प्रदेश सभा सदस्यहरु र स्थानीय तहका प्रमुख र उपप्रमुख(गाउँपालिकाको हकमा अध्यक्ष र उपाध्यक्ष)ले मतदान गरेका थिए ।
देशैभरि निर्धारित समयमै चुनावी प्रक्रिया शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रदेश नं ३ मा हिमालयश्वरलाल मुल, गीता काफ्ले, कृष्णबहादुर तामाङ र श्याम बिशुंखेले उम्मेदवारी दिनुभएको थियो ।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रदेश नं ३ मा निर्वाचित प्रदेशसभा सदस्यहरु सुरेन्द्रराज गोसाई र सृजना सैंजू तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले पाटन जावलाखेलस्थित मतदान केन्द्रमा गएर मतदान गर्नुभएको थियो ।
Leave a Reply