–हिना सुवाल
जमुना गोसाई (अङ्ग्रेजी, स्नातकोत्तर तह, नयाँ ब्याच)
सबै विद्यार्थीहरुलाई ‘टपर’ हुने चाहना हुन्छ । तर चाहना हुँदैमा ‘टपर’ बन्न सकिंदैन । यसको लागि कडा मेहेनत र परिश्रमको आवश्यकता हुन्छ । मैले पनि ‘टपर’ हुनको लागि धेरै मेहेनत र परिश्रम गरेको छु । दिनहुँ कलेज र शिक्षकहरुसँगको छलफल र साथीहरुको सहयोगबाट म ‘टपर’ भएँ । यसले म आफैं त खुसी नै छु, साथै मेरो परिवार र शिक्षकहरु पनि मप्रति गर्व गर्नुहुन्छ ।

जमुना गोसाई
सुनेना कायष्ठ (अङ्ग्रेजी, स्नातकोत्तर तह, पुरानो ब्याच)
‘टपर’ यो शब्द जीवनमा अमूल्य छ । मैले पनि मास्टरमा ‘टप’ गर्न सकेकोमा एकदमै खुसी छु । ‘टपर’को लागि धेरै रात नसुती पढ्नुपर्ने भन्ने छैन । यसको लागि त कक्षामा ध्यान दिएर सुन्थें र आफूले गरेका गल्तीहरु सुधार्दै जाने प्रयास गर्थें । त्यसपछि घरमा थोरै महेनतको खाँचो हुन्छ ।

सुनेना कायष्ठ
सर्मिन बज्राचार्य (अङ्ग्रेजी, स्नातकोत्तर तह, प्रथम वर्ष)
म विद्यालय तहदेखि नै पढाइमा मेहनत गर्थें । त्यसैले म सबैको प्यारी थिएँ । पढाइमा अब्बल हुनेलाई जोकोहीले पनि मन पराउँछन् । त्यसै मलाई पनि सबैले मन पराओस् भन्ने चाहना थियो । यसैको लागि मैले राम्रोसँग पढें र कलेज ‘टप’ पनि भएँ ।

सर्मिन बज्राचार्य
श्यामसुन्दर भासिमा(बीएसडब्ल्यु)
कलेजको अनुशासन र शिक्षकहरुले दिएका एसाइमेन्टहरु पूरा गरे सजिलै टपर भइन्छ जस्तो लाग्छ । मैले पनि यही नियम पालना गरें र टपर भएँ । सबैभन्दा उत्कृष्ट हुँदा आफू पनि सम्मानित हुनुका साथै सबैको माया पनि पाइने रहेछ ।

श्यामसुन्दर भासिमा
Leave a Reply