भर्खरै :

महाधिवेशनको प्रचारस्वरूप पार्टी सदस्यहरूको बृहत् भेला

महाधिवेशनको प्रचारस्वरूप पार्टी सदस्यहरूको बृहत् भेला

भक्तपुर, ४ फागुन । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवस तथा पार्टीको आठौँ महाधिवेशनको प्रचारप्रसारस्वरूप नेमकिपा, भनपा ७ गोमारी समितिले आइतबार पार्टी सदस्यहरूको बृहत् भेला ग¥यो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा ७ वडा अध्यक्ष उकेश कवांले शिक्षा, स्वास्थ्य र रोजगारीमा समानताका लागि नेमकिपा स्थापनाकालदेखि सङ्घर्ष गर्दै आएको पार्टी हो, समयअनुसार पुँजीवादी समाजमा शोषणका तौर तरिकाहरू परिवर्तन हुँदै जान्छ, जबसम्म समाजवाद स्थापना हुँदैन तबसम्म शोषण कायम रहन्छ भन्नुभयो । नेपालमा क्यान्सरको उपचार गर्ने अरबाँै मूल्य पर्ने मेसिन सरकारले नभई निजी व्यक्तिलाई किन्ने र उपचार गर्ने अनुमति दिएर वर्तमान पुँजीवादी सरकारले जनतामाथि शोषण गर्ने गरेको बताउनुभयो ।
उहाँले समाजवादी देश क्युवा, कोरिया, चीनमा जनताका लागि आवश्यक घरदेखि हरेक चिजको बन्दोबस्त दिएकोले त्यहाँको देश तीव्रगतिमा विकास भएको छ भन्नुभयो ।
उहाँले नेपालका कम्युनिस्ट भनिएका पार्टीहरू पटक पटक सरकारमा गए पनि माक्र्सवाद, लेनिनवाद र माओ विचारअनुसार काम नगरेको कारण देश पछाडि परेको हो भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी, भक्तपुर नगर समितिका सदस्य नारायणप्रसाद त्वानाबासुले नेपाल मजदुर किसान पार्टी वर्गसङ्घर्ष गर्दै विकास भएको पार्टी हो भन्नुभयो ।
उहाँले क्रान्ति गर्ने अवस्था नभएको बेला बढीभन्दा बढी जनहितका लागि सचेत कम्युनिस्टहरूले प्रतिक्रियावादी सङ्घसंस्थामा प्रवेश गरेर जनताको सेवा गरिरहेको बताउनुभयो ।
नेमकिपा गोमारी समितिका अध्यक्ष बलराम गोसाईले सभापतिको आसनबाट नेमकिपा स्थापनाका सैद्धान्तिक आधारहरूबारे प्रस्ट पार्दै फागुन १६ देखि १९ गते सम्पन्न हुने आठौँ महाधिवेशन सफल पार्न पार्टी सबै सदस्यहरूले आ–आफ्ना तर्फबाट आवश्यकताअनुसार जिम्मेवारी पूरा गरी सहयोग गर्न सदस्यहरूलाई अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रममा पुरुषोत्तम ग्वाछाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *