नयाँ पुस्तालाई वर्गीय र देशभक्तिपूर्ण राजनीतिबाट प्रेरित गर्नुपर्ने
- आश्विन २९, २०८२
कैलाली, ४ फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्कीचुहा न.पा. वडा नं.४ अम्मरपुर एकाइ समितिको आयोजनामा शनिबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले विद्यार्थीहरू राजनीतिक दर्शन र राजनीतिक शब्दावलीबारे परिचित हुनु आवश्यक भएको धारणा राख्दै राजनीति सही भएमा मात्र देशको हरेक क्षेत्र राम्रो हुँदै जाने बताउनुभयो ।
नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको चर्चा गर्दै उहाँले समाजवाद र पुँजीवादको भिन्नताबारे विद्यार्थीहरू जानकार हुनुका साथै सबै जनतालाई प्रशिक्षित गर्नु आवश्यक छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका नवीन शाहीले कम्प्युटर विषय र यसको कार्यालय प्रयोगसँग सम्बन्धित विषयमा प्रशिक्षण गर्नुभयो ।
संरा अमेरिका र चीनबिच भइरहेको प्रविधि र व्यापार लडाइँबारे उहाँले जानकारी गराउनुभयो ।
Leave a Reply