भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
आस्था साँस्कृति परिवारले शुक्रबारबाट भक्तपुरको लिवालीस्थित नवनिर्मित आस्था थियटरमा ‘रानीपोखरीको टेण्डर’ नाटक मञ्चन गर्ने भएको छ । पूँजीवादी राज्य बन्दोबस्तको भ्रष्ट काम गर्ने शैलीलाई मुख्य विषयबस्तु बनाएर भारतका चर्चित नाटककार र रङ्गकर्मी अजय शुक्लाले लेख्नुभएको नाटक ‘ताजमहलको टेण्डर’ लाई नेपाली सन्दर्भमा रुपान्तरण गरी आस्थाले नाटक मञ्चन गर्न लागेको हो ।
झण्डै साढे एक घण्टाको पूर्णाङ्की नाटकको निर्देशन रमेश प्रजापतिले गर्नुभएको छ । नाटक माघ २६ गतेदेखि २८ गतेसम्म तीन दिन अपरान्ह ४ः०० मञ्चन गरिने आयोजकले जनाएको छ । शनिबार माघ २७ गते भने बिहान ११ः०० बजे पनि मञ्चन गरिनेछ ।
राजा प्रताप मल्लले आफ्नो रानीको नाममा रानीपोखरी बनाउने घोषणासँगै शुरु हुने नाटक कसरी पूँजीवादी कर्मचारीतन्त्र र भ्रष्ट बन्दोबस्तका कारण रानीपोखरीको सपना तुहिन्छ भन्ने निकै रोचक कथाबस्तुमा आधारित छ ।
नाटकमा झण्डै २० जना कलाकारहरुले अभिनय गर्ने आयोजक समितिले जानकारी दिएको छ । नाटकको नेपाली रुपान्तरण नीरज लवजूले गर्नुभएको छ ।
२०६१ सालमा स्थापना भएको आस्था साँस्कृतिक परिवारले हरेक वर्ष गर्दै आएको आस्था साँस्कृतिक साँझकै शिलशिलाको रुपमा गरिन लागेको नाटक मञ्चन नवनिर्मित आस्था थियटरमा भने पहिलो मञ्चन हो । यसअघि आस्थाले बासु माविको हलमा आस्था परिवारले ‘बौलाहाकाजीको सपना’ नाटक मञ्चन गरेको थियो ।
Leave a Reply