प्रजग कोरियाको भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- आश्विन २५, २०८२
पेइचिङ, १७ फेब्रुअरी (सीआरआई) । फेब्रुअरी १७ मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले निजी उद्यमीहरूसँग एक गोष्ठीको आयोजना गर्नुभएको छ । सो गोष्ठीमा उहाँले भन्नुभयो, “चीन नयाँ युगमा प्रवेश गरेपछि निजी उद्यमको व्यापक विकासको सम्भावना बढेको छ ।”
चीनका सर्वोच्च नेताको रूपमा राष्ट्राध्यक्ष सीले निजी अर्थतन्त्रको विकासमा उच्च ध्यान दिँदै सन् २०१८ र सन् २०२० मा सम्बन्धित गोष्ठीको आयोजना गर्नुभएको छ । सन् २०२४ को अन्तमा ‘निजी अर्थतन्त्रलाई अघि बढाउने कानुन’ मस्सौदा पत्रको सार्वजनिक गरेपछि यो चीनको पहिलो निजी आर्थिक विकाससम्बन्धी आधारभूत कानून रहेको छ ।
यस गोष्ठीमा सहभागी भएका व्यवसायीहरू विभिन्न क्षेत्रबाट आएका छन् । इन्टरनेट, एआई, नयाँ ऊर्जा स्रोत, कृषि र पशुपन्छी, गाडी उत्पादन, इन्टरनेट सुरक्षा र वाणिज्य उड्डयन आदि समावेश छन् ।
निजी अर्थतन्त्रले चिनियाँ अर्थतन्त्रमा ओगटेको निम्न उल्लेखित सङ्ख्याबाट थाहा पाउन सकिन्छ । निजी अर्थतन्त्रले ५० प्रतिशतको करदान तथा उपकारी क्षेत्रमा प्रयोग गरेको छ र यसले जीडीपीमा ६० प्रतिशतको भाग ओगटेको छ । साथै ७० प्रतिशतको प्राविधिक सिर्जना निजी उद्यमबाट उत्पन्न भएको छ र ८० प्रतिशतको सहरी रोजगारी प्रदान गरेको छ । चीनमा व्यवसायको ९० प्रतिशत भाग व्यवसायले ओगटेका छन् ।
Leave a Reply