भर्खरै :

कराँते र तेक्वान्डो प्रतियोगिताको नतिजा

कराँते र तेक्वान्डो प्रतियोगिताको नतिजा

भक्तपुर, ६ फागुन । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको कराँते खेलमा कुमिते पुरुषतर्फ ४२ केजीमा आदर्श आजादका सुमन सुवेदी प्रथम, ५२ केजीमा वागीश्वरीका विमलकुमार थापा प्रथम, ५७ केजीतर्फ वागीश्वरी माविका युनिक ध्वजु प्रथम र पुरुष कातातर्फ गोल्डेन गेटका रिशिक सुवाल प्रथम भएका थिए ।
कुमिते महिलातर्फ ४० केजीमा वागीश्वरी माविका पूर्णिमा खत्री प्रथम, ४५ केजीमा क्रियटिभ स्कूलका सारिका उप्रेती प्रथम, ५० केजीअन्तर्गत विद्यार्थी निकेतनका हसिका श्रेष्ठ प्रथम, ५५ केजीमा रोम्बर स्कूलका कृतिका राई प्रथम र कातातर्फ माउन्ट भ्यालीका सुजिता तामाङ प्रथम भएका थिए ।

तेक्वान्डो प्रतियोगिताको नतिजा
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको तेक्वान्डोे खेलमा ४२ केजी महिलामा वागीश्वरीका जिया लाखाजु प्रथम, सैनिक आवासीय महाविद्यालयका नोभा राई द्वितीय भएका थिए ।
महिला ४९ केजीमा सैनिक स्कूलका आकृति मगर प्रथम भएका थिए ।
महिला ५२ केजीमा सैनिक स्कूलका पुनम लामा प्रथम भएका थिए ।
तेक्वान्डोको पुम्सेतर्फ सैनिक स्कूलका सेलिना तामाङ प्रथम, अक्सफोर्ड स्कूलका रोजिना तामाङ द्वितीय, प्रोक्सिमा स्कूलका कृतिका द्योला र ग्लिटर फ्युचरका अमृता तामाङ तृतीय भएका थिए ।
पुरुष पुम्सेतर्फ सैनिक स्कूलका लोभ्सन थापा प्रथम, वागीश्वरीका सबल श्रेष्ठ द्वितीय, बाल विकासका जेनिस राजबाहक तृतीय र ग्लोबल लाइफ स्कूलका नवीन सुवेदी तृतीय भएका थिए ।
तेक्वान्डो ४८ केजीतर्फ शारदा माविका पासाङ तामाङ प्रथम, पद्म स्कूलका सुरज पण्डित द्वितीय भएका थिए ।
तेक्वान्डो ५१ केजीतर्फ शारदा माविका नीमा रुम्बा प्रथम, लनर्स असीम मोक्तान द्वितीय भएका थिए ।
त्यस्तै, ५५ केजीतर्फ सैनिक स्कूलका लवाङ लामा प्रथम, वागीश्वरीका आयुष दोङ द्वितीय भएका थिए ।
४५ केजीतर्फ वागीश्वरीका विराज बि.क. प्रथम, सैनिक स्कूलका अर्पण चन्द द्वितीय भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *