कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ७ फागुन । “जनता असङ्गठित, राजनीतिक नेतृत्व भद्रगोल र देशमा अराजकताको अवस्था आएमा सैनिक शासनको उदय हुन सक्दछ । यस्तो अवस्था आउन नदिन जनता राजनीतिकरूपमा सचेत र सङ्गठित भई जनताले एकता प्रदर्शन गर्नुपर्ने हुन्छ । नेमकिपाको आसन्न महाधिवेशन पनि कामदार जनताको एकता प्रदर्शन गर्ने सभा हो ।”
उक्त विचार नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले नेमकिपाको आठौँ महाधिवेशनको तयारी तथा प्रचारस्वरूप नेमकिपा, बोडे एकाइ समितिबाट आयोजित भेलामा व्यक्त गर्नुभएको हो ।
उहाँले नेपालका सिद्धान्तच्युत कम्युनिस्टहरू मजदुर किसानको मत लिई नयाँ राजा बन्ने दौडमा सीमित भएकाले देश परनिर्भर बन्न पुगेको विचार राख्नुभयो । पुँजीवादी शासक पार्टीहरूले देशभित्र कुनै पनि उद्योग, कलकारखाना नखोली बेरोजगारीको अवस्था सिर्जना गरी युवाशक्ति विदेश पलायन हुन बाध्य पारेको तथ्य सुनाउँदै उहाँले शिक्षा, स्वास्थ्योपचार, पर्यटनको नाममा अरबौँ रकम बिदेसिनु दुःखद भएको बताउनुभयो ।
देश आत्मनिर्भर हुन नसकेपछि जसले पनि हेप्ने र शत्रु देशलाई आफ्नो सम्झेपछि सधँै दुःख पाइने दृष्टान्त भारतीय नाकाबन्दी र केआईआईटी कलेजबाट नेपाली विद्यार्थी निकालिएको घटनाबाट पुष्ट भएको उहाँले प्रस्ट पार्नुभयो ।
सहकारी समाज भक्तपुरका अध्यक्ष केदार खड्काले महाधिवेशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति सूक्ष्मरूपमा छलफल, अन्तरक्रिया र विश्लेषण गरी आगामी नीति तय गर्ने भएकोले यो जनता सचेत बनाउने मञ्च भएको विचार व्यक्त गर्नुभयो ।
नेक्राकिसङ्घ, बोडेका पञ्चकृष्ण दलीले धेरै दुःख र सङ्घर्ष गरी नेमकिपा कामदारवर्गको सच्चा प्रतिनिधित्व गर्ने पार्टीको रूपमा स्थापित भएको इतिहास सुनाउँदै सम्पूर्ण जनताले वर्गीय सङ्घर्षमा साथ दिनुपर्ने विचार राख्नुभयो ।
नेमकिपा ८ वडा समिति बोडेका अध्यक्ष सुरेन्द्र थाको सभापतित्वमा सम्पन्न उक्त भेलामा दीक्षा बाडेले पनि बोल्नुभएको थियो ।
Leave a Reply