यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १० फागुन । नेपाल मजदुर किसान पार्टी भनपा ६ वडा एकाइ समितिको आयोजनामा पार्टीको आठौँ महाधिवेशन सफल पार्न कार्यकर्ता भेला शनिबार सम्पन्न भयो ।
भेलामा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले कार्यकर्ताहरूको लागि नेमकिपा एक विश्वविद्यालयजस्तै भएकोले यसभित्र रहेर धेरै कुराहरू बुझ्न र सिक्न सकिने बताउनुभयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमको सम्बन्धमा, देशको आर्थिक, राजनीतिक, सामाजिक र अन्य विभिन्न पक्षको सम्बन्धमा पार्टीले समय समयमा जानकारी दिने हुँदा राजनीतिक गतिविधिमा संलग्न हुनुपर्ने उहाँले बताउनुभयो । नेमकिपाका कार्यकर्ताहरू देश र जनताको लागि सधँै तत्पर भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । पार्टीमा लाग्नु भनेको निःस्वार्थपूर्वक देश र जनताको सेवामा लाग्नु हो र व्यक्तिगत सम्पत्ति कमाउने भए विभिन्न व्यापार व्यवसाय गर्न सकिने उहाँले बताउनुभयो । कार्यकर्ताहरूको राजनीतिक ज्ञानका साथै सांस्कृतिक स्तर पनि राम्रो हुनुपर्ने बताउँदै उहाँले समय समयमा पार्टीले प्रकाशन गरेका पुस्तकहरूको अध्ययनले यसमा सहयोग पुग्ने बताउनुभयो ।
समाजवादी सरकारले उद्योग कलकारखानाहरू सामाजिकीकरण गरेर जनताको अधिकतम सेवा र हितको लागि कार्य गर्दछ भने पुँजीवादी सरकारले उद्योग कलकारखानाहरू निजीलाई चलाउन दिने भएकोले नाफाको लागि कार्य गर्ने हुँदा जनताको हित नहुने उहाँले बताउनुभयो । उहाँले नेपालको पुँजीवादी सरकारले मदिराजन्य वस्तुहरूको उत्पादनमा प्रोत्साहन गरिरहेको बताउनुभयो ।
युक्रेन र रुसको युद्ध भनेको साँचो अर्थमा अमेरिकाले रुसविरुद्ध गरिरहेको युद्ध भएको चर्चा गर्दै उहाँले युक्रेनका धेरै उत्पादन हुने धेरै मलिला माटोयुक्त जग्गा अमेरिकाले लिइसकेको र युक्रेनका दुर्लभ खनिजजन्य पदार्थमाथि अमेरिकाको स्वार्थ रहेको हुँदा अमेरिकाले यो युद्ध चर्काइरहेको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका कार्यवाहक अध्यक्ष लक्ष्मीभक्त लासिवाले समाजवादी व्यवस्थामा शिक्षा र स्वास्थ्य निःशुल्क र काम मामको सुनिश्चित हुने चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले राजनीतिक दलका कार्यकर्ताहरूले भक्तपुर नगरपालिकाले गरिरहेको राम्रो कार्य देख्न नसकेर नकारात्मक टिप्पणी गरिरहेको बताउनुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाका विकास निर्माणको चर्चा गर्दै नेमकिपाको आठौँ महाधिवेशन सफल पार्न सबै जनता जुट्नुपर्ने बताउनुभयो ।
नेमकिपा भनपा वडा नं. ६ एकाइ समितिका अध्यक्ष गोपीकृष्ण चाँगुभारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सिद्धिराम अवाल र रोशनमैया सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply