भर्खरै :

नेमकिपाको आठौँ महाधिवेशन प्रचारार्थ विद्यार्थी भेला

नेमकिपाको आठौँ महाधिवेशन प्रचारार्थ विद्यार्थी भेला

काठमाडौँ, १० फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन प्रचारार्थ शनिबार विद्यार्थी भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाको आठौँ महाधिवेशनको नाराको विषयमा स्पष्ट पार्दै विदेशी पुँजीले देशको विकास नहुने हँुदा, स्वदेशी उत्पादन प्रवद्र्धनमा ध्यान दिनुपर्ने र विद्यार्थीले देशको सेवाको निम्ति पढ्नुपर्ने बताउनुभयो ।
नेमकिपाको महाधिवेशन सैद्धान्तिक सङ्घर्षको एक पातो भएको र नेमकिपाको स्थापनाको विषयमा उहाँले चर्चा गर्नुभयो ।
नेपालले विसं २०१८ मा कोदारी राजमार्ग बनाउन छिमेकी देश चीनसँग सम्झौता गर्दा, नेपालको लागि हातहतियार चीनबाट किन्दा र नेपालको संविधान २०७२ बनाउँदा भारतीय शासकहरूले अमानवीय नाकाबन्दी गरेको सम्झँदै भारतीय विस्तारवादको विरुद्धमा निरन्तर सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले सरकारले स्वदेशमै अध्ययनको व्यवस्था नगरेसम्म विदेशमा अध्ययन गर्ने विद्यार्थीहरूले अनेक समस्या भोग्नुपर्ने बताउनुभयो । हाल नेपालमा नवउदारवादी नीतिले सम्पूर्ण क्षेत्र निजीकरणतर्फ लगेको र उदार अर्थतन्त्रले देशको विकास नहुने हँुदा समाजवादी आचरण सिकाउन नेमकिपाको महाधिवेशनले टेवा पु¥याउने चर्चा गर्दै महाधिवेशन सफल पार्न विद्यार्थीहरूले खेल्नुपर्ने भूमिकाबारे स्पष्ट पार्नुभयो ।
विद्यार्थी भेलाले प्रकाश गुरुङको संयोजकत्वमा नेमकिपाको आठौँ महाधिवेशन स्वयम्सेवक विद्यार्थी परिचालन तयारी समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *