भर्खरै :

चन्द्रागिरी नपामा नेमकिपाको कार्यकर्ता भेला

चन्द्रागिरी नपामा नेमकिपाको कार्यकर्ता भेला

काठमाडौँ, १२ फागुन । नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समितिको आयोजनामा बलम्बुमा पार्टीको ५१ औँ स्थापना दिवस तथा पार्टीको आठौँ महाधिवेशनको प्रचारार्थ सोमबार नगरस्तरीय कार्यकर्ता भेला भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टी स्थापनाको इतिहास बुझ्न नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटो विचारको खण्डन र रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन पुस्तक अध्ययन गर्न आग्रह गर्नुभयो ।
उहाँले देश र जनतालाई गलत बाटोमा हिँडाउने कम्युनिस्ट आन्दोलनलाई संशोधनवाद र अवसरवादबाट बचाउन नेमकिपा स्थापना भएको बताउनुभयो ।
पार्टीको महाधिवेशन उत्सवको रूपमा मनाउन पार्टीको अपिल घरदैलोमा पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा पार्टी जिल्ला सदस्य गुणदास महर्जनले चन्द्रागिरी नगरमा भएको प्रचार प्रसारबारे जानकारी गराउनुभयो ।
बिन्द्रा महर्जनले महाधिवेशनमा विचार र सिद्धान्तको प्रचार गरी जनतालाई शिक्षित र सचेत पार्नुपर्ने बताउनुभयो ।
चन्द्रागिरी नगर समितिका अध्यक्ष रवीन्द्र महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा शान्त महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *