भर्खरै :

प्रमुख योजनाद्वारा विदेशी पुँजीलाई ‘चीनमा गहिरो विकास गर्न’ थप अवसरहरू प्रदान

प्रमुख योजनाद्वारा विदेशी पुँजीलाई ‘चीनमा गहिरो विकास गर्न’ थप अवसरहरू प्रदान

पेइचिङ, २४ फेब्रुअरी (सीआरआई) । “यो योजनाले व्यापारिक वातावरणलाई अझ सुधार गर्ने दृढ सङ्कल्पलाई देखाउँछ । मलाई विश्वास छ कि यसले चीन र जापानबिचको आर्थिक सहयोगलाई गहिरो बनाउन पनि सकारात्मक भूमिका खेल्नेछ ।” फेब्रुअरी १९ का दिन चीन सरकारले ‘विदेशी लगानी स्थिरीकरण गर्न २०२५ कार्ययोजना’ जारी गरेपछि प्यानासोनिक होल्डिङ्ग्स कम्पनी लिमिटेडका विश्वव्यापी उपाध्यक्ष टेत्सुरो होम्माले यस्तो टिप्पणी गर्नुभएको हो । विश्लेषकहरू विश्वास गर्छन् कि यो योजनाले चीनले बाहिरी संसारको लागि आफ्नो खुलापन विस्तार गर्नेछ भन्ने स्पष्ट सङ्केत दिन्छ र विदेशी पुँजीको साथ पारस्परिक लाभ र विदेशी पुँजीबिच पारस्परिक हित र साझा फाइदा प्राप्त गर्ने चीनको इमानदारी र विश्वासलाई प्रतिबिम्बित गर्दछ ।
हाल विश्व अर्थतन्त्र बिस्तारै सुधार हुँदै छ, भूराजनीतिक द्वन्द्वहरू तीव्र हुँदै गइरहेका छन्, एकपक्षीयता र संरक्षणवाद उल्लेखनीयरूपमा बढ्दै गइरहेको छ र विश्वव्यापी सीमापार प्रत्यक्ष लगानी वातावरण बिग्रँदै गइरहेको छ । चीनले उच्च गुणस्तरीय विकासमार्फत चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवद्र्धन गरिरहेको छ । चीनको खुलापनको ढोका फराकिलो हुँदै गइरहेको छ । विदेशी लगानीलाई स्थिर बनाउने यो योजनाले चीनको आधुनिकीकरण अभियानका लागि अझै अनुकूल हुँदै विदेशी लगानीलाई थप बजार अवसरहरू र स्थिर विकास स्थान पनि प्रदान गर्नेछ ।
त्यति मात्र होइन, विदेशी लगानीका रूपहरू पनि विविध बनेका छन् । यो योजनाले चीनमा इक्विटीमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने र विदेशी लगानीकर्ताहरूलाई चीनमा मर्जर र अधिग्रहण लागु गर्न सहज बनाउने प्रस्ताव गरेको छ । चीनको रनमिन विश्वविद्यालयको अर्थशास्त्र स्कूलका प्राध्यापक वाङ सियाओसोङ विश्वास गर्छन् कि यी उपायहरूले उत्पादन तथा व्यवस्थापनदेखि र वित्तसम्म चीनको चौतर्फी खुलापनलाई प्रतिनिधित्व गर्दछ ।
यो कुरा उल्लेखनीय छ कि योजनाले स्पष्टरूपमा २०२५ को अन्त्यअघि विभिन्न नीतिगत उपायहरू कार्यान्वयन गर्नुपर्ने र प्रभावकारी हुने आवश्यकता राखेको छ । यो विदेशी लगानी भएका उद्यमहरूप्रति चीनको सकारात्मक प्रतिक्रिया हो । दीर्घकालीन दृष्टिकोणबाट हेर्दा चीनको अर्थतन्त्रमा स्थिर जग, धेरै फाइदाहरू, बलियो लचिलोपन र ठुलो सम्भावना छ र यसको दीर्घकालीन सकारात्मक प्रवृत्ति र सहयोगी अवस्थाहरू परिवर्तन हुने छैनन् । २० औँ चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको सम्बन्धित बन्दोबस्तलाई निरन्तर कार्यान्वयन हुँदै र विदेशी लगानीलाई स्थिर बनाउन थप कदम लागु गरिँदै विदेशी कम्पनीहरूले चीनमा थप सम्भावनाहरू र ‘चीनमा गहिरो विकास बनाउन’ थप अवसरहरू पत्ता लगाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *