भर्खरै :

महाधिवेशन प्रचारार्थ स्वयम्सेवक भेला

महाधिवेशन प्रचारार्थ स्वयम्सेवक भेला

काठमाडौँ, १२ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ अधिवेशन भव्यरूपमा सम्पन्न गर्न नेपाल क्रान्तिकारी युवा सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा महाधिवेशन प्रचारार्थ स्वयम्सेवक परिचालन गर्ने विषयमा भेला भयो ।
नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले देश र जनताको पक्षमा सङ्घर्ष गर्दै आएको नेमकिपाको लक्ष्य जनताको प्रजातन्त्र हुँदै समाजवादमा पुग्ने हो भन्नुभयो ।
महाधिवेशनले जनतालाई सुसज्जित पार्दै अगाडि बढ्ने विश्वास लिएको उल्लेख गर्दै उहाँले बाहिरी जिल्लाबाट सहभागी हुने प्रतिनिधि एवम् पर्यवेक्षकहरूलाई व्यवस्थित गर्ने जिम्मेवारीदेखि ¥यालीमा उपस्थित सम्पूर्ण बाजागाजा, सांस्कृतिक झाँकीलाई व्यवस्थित पार्न काठमाडौँ जिल्लाभित्रका युवा स्वयम्सेवक खटिनुपर्ने बताउनुभयो ।
उहाँले काठमाडौँका पार्टी कार्यकर्ताहरू कोटेश्वरमा १० बजे जम्मा भएर पैदल ¥याली हुने जानकारी दिँदै व्यापक प्रचार गर्न सबै नगरका युवाहरूलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *