भर्खरै :

ग्लोबल साउथको समृद्धि अमेरिकी नेतृत्वमा भर परेको छैन

ग्लोबल साउथको समृद्धि अमेरिकी नेतृत्वमा भर परेको छैन

बहुचर्चित एवं अत्यन्त सफल एनिमेशन चलचित्र ने चा–२ मा काल्पनिक केटा पात्रोको एउटा प्रेरणादायक सन्देश रहेको छ ः हामी हाम्रो भाग्य र कर्मको नियन्त्रणमा छौँ । तर, वाशिङ्टन सहमति यसको विपरीत रहेको देखिन्छ ः संरा अमेरिकाको सफलता अरू राष्ट्रहरूको असफलतामा टिकेको छ । यसरी अमेरिकी विदेश नीतिको संस्थापनले आफ्नो अधिकांश समय र स्रोत अनावश्यक युद्धमा इन्धन थप्न, विश्वभरी आर्थिक सङ्कट तथा रङ्गीन क्रान्ति (झूटा क्रान्ति) ल्याउनमा खर्च गर्ने गर्छ । त्यतिमात्र होइन ने चा एक आदर्श बालक हुन् तर उसलाई राक्षसको रूपमा दानवीकरण गरिन्छ तर युद्ध फैलाउने संरा अमेरिका आफूलाई स्वतन्त्रता र प्रजातन्त्र फैलाउने आदर्श नेताको रूपमा प्रचार गर्दछ ।
‘फरिन अफेयर्स’ पत्रिकामा हालै प्रकाशित भएको एक लेखमा अमेरिकी नेतृत्व ग्लोबल साउथ (विश्वका विकासशील र विकासोन्मुख देशहरू) का लागि असल भएको र विश्वले अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई बलियो बनाउनैपर्ने दाबी गरिएको छ । अचम्मको कुरा त्यसै लेखको अधिकांश भाग कसरी संरा अमेरिकाले अमेरिकी राष्ट्रपतिहरूले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरू खारेज गर्नुपर्छ भनी चर्चा गरिएको छ ।
कुरा अमेरिकी अमेरिकी नेताहरूको सबैभन्दा रुचिकर वाक्यांशबाट सुरु गरौँ–‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ । ती नियम के के हुन् ? कसैलाई थाहा छैन । ती नियम कहिल्यै लेखिएका छैनन् न त उच्चारण नै गरिएका छन् । यो त कुनै कानुन नै नभएको खाक्रो प्रचारका वाक्यांश मात्र हुन् र त्यसमा एउटै मात्र सिद्धान्त उम्लिन्छ ः संरा अमेरिका सधैं विजेता बन्नुपर्छ ।
उदाहरणका लागि के विश्वका सबै देशले अन्तर्राष्ट्रिय अदालत (आईसीसी) र अन्तर्राष्ट्रिय फौजदारी न्याय अदालत (आईसीजे) लाई सम्मान गर्नुपर्छ र त्यसको फैसलाहरू पालना गर्नुपर्छ ? त्यसको अमेरिकी उत्तर हो : जब ती फैसलाले अमेरिकाका शत्रुहरूलाई लक्षित गर्न तबमात्र ।
संरा अमेरिकाको निम्ति सन्धिहरू, सम्झौताहरू, वाचा र वचनहरूको कुनै अर्थ छैन । उदाहरणको निम्ति १९९० मा नाटोलाई पूर्वतिर १ इन्च पनि नबढाउने वाचा गरेर पनि पूर्वी युरोपका १६ वटा देशहरूलाई नाटोको सदस्य बनाएर साम्राज्यको विस्तार गरियो । संरा अमेरिका पछि आएर रसियासित गरिएका एन्टी ब्यालेस्टिक मिसाइल सन्धि र इन्टरमिडियट रेन्ज आणविक शक्ति सन्धिबाट एकपक्षीय रूपमा फिर्ता भयो ।
त्यस्तै ताइवानको टापुलाई चीनको एक भागको रूपमा व्यवहार गर्ने वाचा पनि सधैँ झूटा नै रह्यो । यसैसाता मात्र अमेरिकी राज्य विभाग (विदेश मन्त्रालय) ले ‘हामी ताइवानलाई समर्थन गर्दैनौं ’ भन्ने भनाइ आफ्नो वेबसाइट वक्तव्यबाट निकाल्यो ।
अमेरिकी दाबीअनुसार संरा अमेरिकाले स्वतन्त्रता र प्रजातन्त्र फैलाउँछ तर वास्तविकता निकै भिन्न छ । ल्याटिन अमेरिकादेखि अफ्रिकासम्म र एसियादेखि मध्यपूर्वसम्म संरा अमेरिकाले साम्यवादसितको लडाइँ वा प्रजातन्त्रको प्रसारको नाममा लामो समयदेखि हस्तक्षेप गर्दै आएको छ । किन्तु उसको प्राथमिक लक्ष्य भनेको सधैँ नै आफ्नो रणनीतिक लक्ष्य प्राप्तिका लागि किनिएका नेताहरूलाई अगाडि सारेर कठपुतली सरकार गठन गर्नु रहेको छ । १९८० को दसकदेखि विभिन्न अमेरिकी सरकारहरूले यूएसएडजस्ता समूहहरूलाई आर्थिक लगानी गरे नेशनल इन्डोमेन्ट फर डेमोक्रेसीले त प्रजातान्त्रिक सत्ताविद्रोहको नाममा विरोध प्रदर्शनको माध्यमबाट ती देशका नेताहरूलाई अपदस्थ गराउनमा निपुणता नै प्राप्त ग¥यो । त्यो कसरी वैश्विक मूल्यमान्यता र मानव अधिकार हुनसक्छ ?
कहिलेकाहिँ कुनै देशले निर्वाचन गराउन चाह्यो भने अमेरिकी संस्थापनले त्यहाँ अमेरिका समर्थकहरूले नै जित्ने सुनिश्चित गर्न कडा मेहनत गर्छन् । उनीहरू त्यस्तो कार्य आफ्नै मित्र देशहरूमा समेत गर्छन् । विगतमा उनीहरूले कसरी सही मानिसहरूलाई घूस खुवाउन र निर्वाचनको परिणाम फेरबदल गर्नेखाले झूटा घटना र समाचार फैलाउन डलरले भरिएका सुटकेसहरू प्रयोग गरे भनी सीआईएका पूर्व एजेन्टहरूले खुलासा गरेका छन् ।
संरा अमेरिकी साम्राज्यले ग्लोबल साउथमा कतै पनि समृद्धि वा स्थिरता ल्याएको छैन । संरा अमेरिकाले विकासशील देशहरूलाई सधैँ नै व्यापारिक अमेरिकी कम्पनीहरूको निम्ति सस्तो प्राकृतिक स्रोतसाधन तथा शोषणयोग्य सस्तो श्रमको स्रोत र उपभोक्ता बजारको रूपमा देख्छ । चर्चित अर्थशास्त्री तथा लेखक जोन पर्किन्सले आफ्नो स्वीकारोक्तिमा गरेको उल्लेखनीय खुलासाअनुसार वास्तविक कर्जाको जाल बुन्नमा निपुण भनेको संरा अमेरिका नै हो ।
संरा अमेरिकाले एकातिर प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान गरेको छ भने उसको साम्राज्यवादी नीति र अग्रगमण विश्वका लागि विध्वंसक पनि बनिरहेको छ । नवउदारवादले पनि संरा अमेरिकाको सेवा गरिरहेको छ, त्यसले व्यापक रूपमा देशहरूलाई ऋणको जालमा पारेको छ र त्यसले असमानतामा वृद्धि, विकासका पूर्वाधारहरूको विध्वंस तथा औद्योगीकरणलाई पक्षघात गर्ने कार्य गरिरहेको छ । विगत तीन वर्षदेखि भइरहेको ब्रिक्सको तीव्र विस्तार अमेरिकी प्रभुत्वको साथै अमेरिकी आर्थिक तथा कूटनीतिक नमुनाको विनम्र अस्वीकृति हो । बहुध्रुवीय विश्व तीव्र गतिमा उदय भइरहेको छ र अब त्यसलाई कसैले रोक्न सक्दैन ।
(लेखक भारतको बैङ्लोरमा बसोबास गर्नुहुने भूराजनीतिक विश्लेषक, स्तम्भकार, ब्लगर, पोडकास्टर तथा लेखक हुनुहुन्छ ।)
(Prosperity of Global South does not rest on US leadership)

–ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *