भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १३ फागुन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल र ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरूको भेला मङ्गलबार अस्पतालको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्यका लागि मात्र बजेट हुनुपर्नेमा नेपाल सरकारले आ.व. २०८०/८१ मा ४.८ प्रतिशत मात्र बजेट विनियोजन गरेको उल्लेख गर्दै स्वास्थ्यको बजेट कटौती हुनु आफैमा निन्दनीय विषय भएको बताउनुभयो ।
“अस्पतालको भौतिक संरचना राम्रो हुँदैमा त्यसबाट प्रवाहित हुने सेवा सुविधा राम्रो हुन्छ भन्ने होइन” भन्दै उहाँले त्यहाँ कार्यरत कर्मचारीहरूमा सेवा गर्ने भावना र आवश्यक स्वास्थ्य उपकरणको राम्रो बन्दोबस्त भए संस्था सञ्चालनमा कुनै समस्या नहुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालय सम्बन्धनको ढिलाइले ख्वपको प्रगतिलाई रोक्ने काम शासकहरूबाट भइरहेको उल्लेख गर्दै उहाँले जनतामा काम गर्ने उत्साह भयो भने देशको विकास र प्रगतिले द्रुतगति लिने बताउनुभयो ।
देशलाई समृद्ध बनाउन आत्मनिर्भरतालाई जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सृजना संैजुले आफू जुनसुकै पेसा व्यवसायमा बसेर काम गरे पनि जनताको हित र पक्षमा काम गर्नुपर्ने उल्लेख गर्दै भक्तपुर नपाले आत्मनिर्भरतालाई जोड दिनु नै यहाँको सबल पक्ष साबित भएको बताउनुभयो ।
नेपालमा ६० हजार ४ सत्न्दा बढी एनजीओ र आईएनजीओहरू सञ्चालनमा रहेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले त्यसमध्ये ६० प्रतिशतभन्दा बढी संस्थामा एमालेनिकट नेता तथा कार्यकर्ताहरूको संलग्नता रहेको बताउनुभयो ।
सांसद सैंजुले एमसीसी सम्झौता नेपालको हितअनुकूल नभएको धारणा राख्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जनताप्रति उत्तरदायी संस्थामा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरूको जिम्मेवारी र दायित्व अझ व्यापक हुने बताउँदै गरिब जनतालाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले कलेज तथा अस्पताल सञ्चालन गरेको हो भन्नुभयो ।
कर्मचारीहरूलाई जनताको पक्षमा काम गर्ने विषयमा निरन्तर लागिरहन प्रेरित गर्दै देशकै प्रतिष्ठित संस्थामा काम गर्नु नै गौरवको विषय हो, उहाँले भन्नुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूबाट उत्पादित जनशक्तिले देशका विभिन्न क्षेत्रमा रही इमानदारीपूर्वक सेवा गर्दै आएको बताउँदै कर्मचारीहरू ‘क्षणिक सुखमा रमाउने होइन, समाजलाई कसरी आफ्नो तर्फबाट योगदान गर्न सकिन्छ’ भन्ने विषयमा चिन्तन गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभएको थियो ।
Leave a Reply