भर्खरै :

सामुदायिक विद्यालयबिच विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता

सामुदायिक विद्यालयबिच विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता

भक्तपुर, १३ फागुन । भ.न.पा.९ मा सामुदायिक विद्यालयबिच विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता मङ्गलबार भयो । वागीश्वरी मा.वि, सरस्वती विद्यागृह मा.वि. र दत्तात्रय मा.वि. अन्तर्गत भएको उक्त प्रतिस्पर्धामा छात्रातर्फ प्रथम मनिषा थापा (वागीश्वरी मा.वि.), द्वितीय जेनिशा उप्रेती (सरस्वती विद्यागृह) र तृतीय साहारा मुग्राती (दत्तात्रय आ.वि) भएका थिए ।
त्यस्तै छात्रतर्फ प्रथम सुपिन लामा (दत्तात्रय आ.वि.), द्वितीय सुरेन्द्र तामाङ (दत्तात्रय आ.वि.) र तृतीय धु्रवराज रोकाया (सरस्वती विद्यागृह) भएका थिए ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा ज्ञानसागर प्रजापति, गनुराज राई र सज्जन प्रधानले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरूले भ.न.पा. ९ वडाका सामुदायिक विद्यालयहरूबिच अतिरिक्त कार्यक्रमबाट सहकार्य भइरहेको र सहकार्यले मित्रताको भावनामा अभिवृद्धि भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *