जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
काठमाडौँ, १४ फागुन । नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा पार्टीको आठौँ महाधिवेशन तयारी स्वरूप कार्यकर्ता भेला सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जनले पार्टीको आसन्न आठौँ महाधिवेशनले जनतामा समाजवादको आधारबारे थप प्रचार हुने विचार व्यक्त गर्नुभयो ।
उहाँले देश जटिल परिस्थितिमा गुजिँ्रदै गइरहेको बेला नेमकिपाले निर्भिकरूपमा सत्ताधारी दलाल पुँजीपति पार्टी नेका, एमाले र माओवादीलगायतका दलहरूले गरेका देशघाती र राष्ट्रघाती कदमको भण्डाफोर गर्दै जनतालाई सचेत गराउने काम गर्दै आइरहेको बताउनुभयो । उहाँले पार्टीको आठौँ अधिवेशन सफल बनाउन सबै तह र समुदायका शुभचिन्तकहरू लाग्न आग्रह गर्नुभयो ।
नेमकिपा टोखा नगर समितिका अध्यक्ष शोभालाल श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा टोखा न.पा.२ नं. वडा समितिका अध्यक्ष काशीलाल डंगोल, ३ न.वडा समितिका अध्यक्ष कासिनारायण डंगोल, नेपाल क्रान्तिकारी महिला सङ्घ टोखा नगर समितिका अध्यक्ष गणेशमाया श्रेष्ठ डंगोल, नेमकिपा टोखा नगर समितिका सचिव शैलेश डंगोल, सहसचिव नरेश डंगोल र सदस्य विक्रम डंगोलले पनि आ– आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply