अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र
- श्रावण ४, २०८३
भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ५ अन्तर्गत पर्ने विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिर जाने बाटो विगत लामो समयदेखि मर्मत कार्यमा ढिलो भएको छ । ढिलोकै कारण स्थानीयवासीलाई आवतजावत गर्न कठिनाइ परेको छ ।
वाग्मती प्रदेश सरकारद्वारा आयोजित प्रोजेक्ट देकोचा,– चाँगु– न्याचापौवा –मङ्गलटार साँखु सलम्बुटार रोड सम्झौता पत्रअनुसार २०८० वैशाख ३१ बमोजिम दुई वर्षभित्र रु. ३९, ५५, ०८, ५२९ लागतमा बाटो निर्माण कार्य सकाउनु पर्छ । तर, २०८१ को अन्तिमसम्म आइपुग्दा पनि समाप्त हुने छाँटकाँट देखिएको छैन ।
निर्माण कार्यलाई सकेसम्म छिटो सकाउन प्रयास गर्नुपर्ने देखिन्छ । मर्मत ढिलाइ हुनाको कारण वायुप्रदूषण तथा वातावरणमा निकै ठुलो क्षति पुगेको देखिन्छ । जसको कारण मानवीय स्वास्थ्यमा धेरै हानि पुगेको छ र प्रतिकूल असर परेको छ । मास्क धेरै लगाउँदा सास फेर्न गा¥हो हुने र मास्क नलगाउँदा धुलोले बस्न नसक्ने स्थानीयवासीको गुनासो छ । वायु प्रदूषणको कारण खेतीपाती गर्ने किसानहरूको तरकारीलगायत पढ्ने विद्यार्थी र काममा जानेहरूको लुगा धुलो मैलो हुन्छ । यसको कारण स्थानीयवासीको अनावश्यक खर्च हुन्छ । यसले एकातिर जनजीवनमा असहज स्थिति उत्पन्न हुन्छ भने अर्कोतिर थप खर्च व्यहोर्नुपर्ने हुन्छ । अतः उक्त बाटो शीघ्रातिशीघ्र समयमै पूरा गर्नुपर्ने हुन्छ ।
Leave a Reply