भर्खरै :

नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन सफल पारौँ !!

नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन सफल पारौँ !!

अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो । माक्र्स र एङ्गेल्सको शिक्षाअनुसार पार्टीले देश र जनताको निःस्वार्थरूपले सेवा गर्दै छ ।
नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन आज फागुन १६ गतेदेखि १९ गतेसम्म भक्तपुरमा हुँदै छ । यो महाधिवेशन आफै एउटा राजनीतिक कक्षा हुनेछ ।
नेमकिपा स्थापनाको सैद्धान्तिक पक्षबारे
१) पाकिस्तानबाट पूर्वी पाकिस्तान विभाजन गर्न भारतले सशस्त्र हस्तक्षेप ग¥यो । मुक्ति बाहिनीको नाउँमा भारतको हस्तक्षेपमा नेपाली युवाहरूसमेत प्रयोग ग¥यो र पूर्वी पाकिस्तानलाई बङ्गलादेश घोषणा ग¥यो । अध्यक्ष रोहितले नेपाल कम्युनिस्ट पार्टीभित्र पाकिस्तान टुक्र्याउन भारतले गरेको सैनिक हस्तक्षेपको विरोध गर्नुभयो ।
२) सोभियत संशोधनवादले अफगानिस्तानमा सेना पठाएको विरोधमा कामरेड रोहितले आफ्नो अडान कायम राख्नुभयो ।
३) काठमाडौँ उपत्यका, चितवन, वाग्मती, नारायणी र जनकपुर अञ्चलमा भएका किसान आन्दोलन ‘प्रजातान्त्रिक आन्दोलनलाई बिथोल्ने’ कार्य नभएको बरु वर्गसङ्घर्ष भएको स्पष्ट पार्नुभयो ।
नेमकिपा निरन्तर देश र जनताको पक्षमा
मोहियानी हक सुरक्षा आन्दोलनदेखि भ्रष्टाचारविरोधी आन्दोलनसम्म गुठी जग्गा रैकर गराउने आन्दोलनसम्म नेमकिपाले शोषित–पीडित जनताको सेवा ग¥यो । भारतीय विस्तारवादले नेपालको नवलपरासी जिल्लाको सुस्तामा गरेको अतिक्रमणविरुद्ध नेमकिपाले देशमा पहिलो सडक सङ्घर्ष ग¥यो । नेमकिपाले भियतनाममाथि अमेरिकी हमलाविरुद्ध सशक्त आवाज उठायो । ती आन्दोलनहरूमा पार्टीका कैयौँ नेता–कार्यकर्ताहरूले जेलनेल भोग्नुभयो ।
नेपालसँग भारतले गरेका असमान सन्धि–सम्झौता खारेजीको लागि नेमकिपाले निरन्तर आवाज उठाउँदै छ । कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, अरुण चौथो, तल्लो अरुण, मुगु कर्णाली, तिला–१, तिला–२, पश्चिम सेती, सेती–१, फुकोट कर्णाली, चिसापानी कर्णालीलगायत नेपालका नदीनाला र जलविद्युत् परियोजना भारतलाई बुझाउने सरकारहरूको देशघाती कदमको नेमकिपाले सदन र सडकमा विरोध ग¥यो† गर्दै छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयलाई लिएर नेपाल मजदुर किसान पार्टीले २०३६ सालयता आठ पटक भक्तपुर–काठमाडौँ जनप्रदर्शन सम्पन्न ग¥यो । ती जनप्रदर्शनहरूले राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गरेको ऐतिहासिक यथार्थ हो । विसं २०५९ देखि २०६२–०६३ सम्म चलेको प्रतिगमनविरोधी जनआन्दोलनमा नेमकिपाले उल्लेखनीय योगदान पु¥यायो । नेमकिपाले देशघाती नागरिकता विधेयक खारेजीको लागि सङ्घर्ष चालु राख्यो । मेचीदेखि महाकाली र लिम्पियाधुरासम्म नेपाली भूमिमा भारतीय अतिक्रमणको विरोध गर्दै छ ।
अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता र अमेरिकी सेना आएर नेपालको ब्यारेक कब्जा गर्ने एसपीपी साझेदारीलाई खारेज गराउन नेमकिपाले सडक र संसद्मा सङ्घर्ष चालु राख्दै छ । प्यालेस्टिनमा अमेरिका–इजरायलले गरेको जातीय सफाया र भूमि कब्जा एवम् युक्रेनमा चालु अमेरिकाको छद्म युद्धको विरोधमा देशका १०० भन्दा बढी ठाउँमा जनप्रदर्शन ग¥यो । नेमकिपा यसलाई आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य ठान्दछ ।
समाजवादी प्रचार अभियान जारी
संविधानसभामा नेमकिपाका जनप्रतिनिधिहरूले समाजवादउन्मुख संविधान निर्माणका निम्ति सङ्घर्ष गर्नुभयो । समाजवादको नारा दिँदै साम्राज्यवाद र त्यसका ज्यावलहरू, बहुराष्ट्रिय कम्पनीहरू, एनजीओ–आईएनजीओ आदिको सेवा गरिरहेका विदेशी पुँजीका दलालहरूलाई उदाङ्ग्याउने कार्यमा नेमकिपा कहिल्यै पछाडि परेन । नेमकिपाले समाजवादी साहित्यको प्रकाशन तथा प्रचारको माध्यमबाट नयाँ पुस्तालाई सचेत गराउँदै छ ।
सरकारले अध्यादेश जारी गरी कालाबजारियाहरूको हित हुने काम गरेको विरोधमा नेमकिपा सङ्घर्ष गर्दै छ भने सहकारी संस्थाको खर्बौँ रुपैयाँ ठगी गर्नेहरूको सम्पत्ति र लगानी जफत गरी जनताको बचत फिर्ता गराउन आवाज उठाउँदै छ ।
संविधानमा उल्लेख समाजवादउन्मुख व्यवस्थाअनुसार विद्यालय शिक्षा निःशुल्क र अनिवार्य गर्नुपर्छ । ‘योग्यताअनुसार काम र कामअनुसारको ज्याला’ को बन्दोबस्त र व्यक्तित्व विकासमा समान अवसरको व्यवस्था गर्नु समाजवाद निर्माणको आवश्यक उपाय हो । कृषिलाई आत्मनिर्भर बनाउनु जरmरी छ । राष्ट्रिय पुँजीलाई प्राथमिकता दिई जलविद्युत् उत्पादन तथा देशको सन्तुलित विकास गर्नु आवश्यक छ । ठुल्ठुला भ्रष्टाचारी र मानव अधिकारको गम्भीर उल्लङ्घन गर्नेहरूलाई मृत्युदण्डसमेतको सजायको कानुनी व्यवस्था गराउन पार्टी जोड दिन्छ ।
शोषण, असमानता, हिंसा र युद्धको कारक – साम्राज्यवाद
नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को गोर्खा–भर्ती केन्द्र र नेपालको सुरक्षा मामिला भारतको नियन्त्रणमा राख्ने सन् १९५० को सन्धि खारेजीको लागि पार्टीले निरन्तर आवाज उठाउँदै छ ।
विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैङ्कले विश्वव्यापीरूपमा असमानता बढाउँदै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धबाट कसैको हित हुने छैन । ट्रम्प प्रशासनले गरेको सार्वभौम देश क्युवालाई ‘राज्य प्रायोजित आतङ्कवादी देश’ घोषणा र संयुक्त राष्ट्र सङ्घअन्तर्गतका विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सङ्घको मानव अधिकार आयोग, जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने घोषणा मानव जातिको साझा हितमा छैन ।
पश्चिमा साम्राज्यवादले प्रजातन्त्र र मानवअधिकारको आवरणमा विकासोन्मुख देशको आन्तरिक मामिलामा हस्तक्षेप गरी अस्थिरता पैदा गरेको† तेल, ग्यास र खानी कब्जा गरेको† सरकार उल्ट्याउने काम गरेकोलाई नेमकिपाले विरोध गर्दै आएको सर्वविदित छ । अमेरिकी सरकारले आर्थिक युद्धमार्पmत क्युवा, प्रजग कोरिया, इरान, भेनेजुयलालगायतलाई एक्ल्याउन प्रयास ग¥यो । तर, आज अमेरिकी सरकार स्वयम् एक्लिने क्रम सुरु भयो ।
यो जटिल राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिस्थितिमा नेमकिपाको आठौँ महाधिवेशन २०८१ फागुन १६ देखि १९ गतेसम्म हुँदै छ । महाधिवेशनको समुद्घाटन नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *