भर्खरै :

पार्टीको अधिवेशनको उद्घाटन सत्र भव्य र सभ्य

पार्टीको अधिवेशनको उद्घाटन सत्र भव्य र सभ्य

देश र जनताको निःस्वार्थपूर्वक सेवा गरौँ, समाजवादी आचरणलाई व्यवहारमा लागु गरौँ, संसारका सबै क्रान्तिहरूबाट सिकौँ भन्ने उद्घोषका साथ भक्तपुरको सल्लाघारी खुला मैदानमा नेपाल मजदुर किसान पार्टीको आठौँ अधिवेशनको उद्घाटन कार्यक्रम शुक्रबार सम्पन्न भयो । अधिवेशनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गरे । उद्घाटन समारोहमा नेमकिपाका केन्द्रीय सदस्यहरूले देशको वर्तमान राजनीतिक स्थिति, नेपालको कम्युनिस्ट आन्दोलनको स्थिति र नेमकिपाले गरिरहेको योगदानबारे चर्चा गरे । नेमकिपा सिद्धान्त र विचारमा अडेको, शत्रुसामु नझुकेको, सत्ताको लोभमा नफसेको र कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याएर समाजवादी प्रचार अभियानमा लागिरहेको विचार वक्ताहरूको थियो । नेमकिपाले नेपालको कम्युनिस्ट आन्दोलनमा मार्ग निर्देश गरिरहेको चर्चा परिचर्चा भयो । वास्तवमा देशमा कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ लगी समाजवादी प्रचार अभियान गर्ने दल नेमकिपा नै रहेको छ ।
उद्घाटन सत्रमा हँसिया हथौडा अङ्कित नेमकिपाको झन्डा र मादलको झन्डातोलन पनि अध्यक्ष रोहितले गरे । उद्घाटन समारोहअघि अन्तर्राष्ट्रिय गीत गाइएको थियो । रातो झन्डा फहराऔँ, मजदुर किसान बिउँझाऔँ भन्ने स्वागत गीत गाइएको थियो । मञ्चको अग्रभागमा माक्र्स, लेनिन, एङ्गेल्स, स्तालिन र माओ त्सेतुङको तस्बिर राखिएको थियो । सांस्कृतिक प्रस्तुतिको लागि छुट्टै मञ्च थियो । मञ्च अगाडि जिल्ला जिल्लाबाट आएका पार्टी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूको निम्ति बस्ने हजारौँ मेच राखेर बस्ने व्यवस्था मिलाइएको थियो । सञ्चारकर्मीहरूको निम्ति छुट्टै बस्ने व्यवस्था गरिएको थियो । उद्घाटन समारोह सुरूदेखि अन्तसम्म व्यवस्थित थियो । स्रोतागण सबैले वक्ताहरूको भाषण अनुशासितपूर्वक सुनिरहेका थिए । सबै वक्ताहरूको विचार सुनेपछि साँच्चै त्यो अधिवेशन विश्वविद्यालयकै खुला राजनीतिक प्रशिक्षणजस्तो भएको थियो ।
वक्ताहरूको मन्तव्यमा हिमाल, पहाड र तराईका जनताको समस्या पोखिएको थियो । अन्नको भण्डार तराई र तराईका उत्पीडित जनताको समस्या समाधानमा स्थानीय मधेसी दल र सरकारले खासै चासो नराखेको, जलस्रोतको धनी देशमा अझै गाउँ–ठाउँसम्म बिजुली नपुगेको, प्राकृतिक स्रोत र साधन उपयोग नगरेको, उद्योग तथा कलकारखाना खोलेर नेपाली जनतालाई रोजगारीको व्यवस्था नगर्दा युवाहरू विदेसिन बाध्य भएको, देशघाती एमसीसी सम्झौता र जन्मको आधारमा विदेशीलाई नेपाली नागरिकता दिने बन्दोबस्तले दूरगामी असर पर्ने हुँदा नेमकिपाले सोको विरोध गरेको विचार पनि वक्ताहरूले व्यक्त गरे । किसान, मजदुर, युवा, विद्यार्थी, महिला, शिक्षक तथा समग्रमा देश र जनताको पीडा समारोहमा व्यक्त भएबाट सो समारोह राजनीतिक, वैचारिक र सैद्धान्तिक कक्षाझैँ भएको महसुस गरिएको थियो । समारोहमा काभे्रको तामाङ गीत, बाँकेको थारू नाच, दैलेखका पार्टी अग्रजहरूको देउडा गीत र नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घको गीतले स्रोताहरूलाई उत्साहित बनाए । गीत र नृत्यमा समाजमा व्याप्त विभेदको विरोध गर्नुपर्ने, देश र जनताको सेवा गर्न र अन्याय र शोषणको विरोधमा सङ्घर्ष गरिरहनुपर्ने, पुँजीवादी व्यवस्थाले श्रमजीवी वर्गको सेवा नगर्ने हुँदा समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नुपर्ने भावना र विचार थियो । गीत र नृत्यले स्रोताहरूमा उत्साह थपेको थियो ।
उद्घाटन समारोह सुरू हुनुअघि भक्तपुरको विभिन्न स्थान र काठमाडौँको कोटेश्वरबाट जुलुस भएको थियो । बाजा, विभिन्न नृत्य तथा झाँकीहरू रहेको उक्त जुलुसमा हजारौँ हजार कम्युनिस्ट पार्टीको झन्डा र जनवर्गीय सङ्गठनका ब्यानरहरू बोकेका थिए । ¥यालीमा किसान, मजदुर, विद्यार्थी, युवा, महिला, शिक्षक, प्राध्यापक, वकिल, चिकित्सक, नर्स, कर्मचारी, साहित्यकार, कलाकार, पत्रकार, खेलाडी, स्काउट, उद्योगी, व्यापारी–व्यवसायी, बुद्धिजीवीहरूको व्यापक सहभागिता थियो । ¥याली र उद्घाटन सत्रमा सहभागी देख्दा साँच्चै त्यो महाधिवेशन साबित भयो । महिलाको उल्लेख्य सहभागिता ¥यालीको थप विशेषता थियो ।
सभास्थललाई व्यवस्थित बनाइएको थियो । चारैतिर कम्युनिस्ट पार्टीका झन्डा र नेमकिपाको चुनाव चिह्न मादल राखिएको थियो । ¥यालीमा सहभागी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा सर्वसाधारण जनता, सभास्थल र मञ्च व्यवस्थापन गर्ने पार्टी कार्यकर्ता, स्वयंसेवक, विभिन्न वाद्यवादनका समूह, सांस्कृतिक झाँकी, समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी, सुरक्षा व्यवस्था मिलाउने प्रहरी, अधिवेशनमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सहयोगीहरू, खेलाडी, स्काउट तथा ¥यालीलाई बाटो बाटो, सडकको पेटी पेटी बसेर स्वागत गर्ने शुभचिन्तकहरू सबैलाई धन्यवाद छ ।
नेमकिपाको अधिवेशनको सफलताको कामना गर्दै चिनियाँ कम्युनिस्ट पार्टी, कोरियाली मजदुर पार्टी, श्रीलङ्काको जनमुक्ति पार्टीलगायतका देशहरूले शुभकामना सन्देश पठाएका थिए । उद्घाटन सत्रकै क्रममा ‘का. रोहितका सङ्कलित अन्तर्वार्ता समय र विचार २’, र साप्ताहिक श्रमिकमा प्रकाशित सम्पादकीय सङ्कलन अध्यक्ष रोहितले सार्वजनिकीकरण गरेका थिए । ¥याली व्यवस्थित र अनुशासित थियो । ¥यालीमा लगाइएको नारा निश्चित थियो । यसरी नेमकिपाको अधिवेशनको पहिलो उद्घाटन सत्र भव्य, सभ्य रूपमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *