तिहार
- कार्तिक १४, २०८३
नेपाल मजदुर किसान पार्टीको
आठौँ महाधिवेशन हुँदै छ ।
शोषक सामन्तविरुद्ध लड्ने नेमकिपा
जनतामाझ लोकप्रिय हुँदै छ ।
दल सार्वभौमिकता र स्वाधीनताभन्दा माथि हुँदैन,
हार्छ त्यही जसले सङ्घर्ष गर्न छोड्छ ।
सत्ता प्यारो राजनीतिले
आमूल परिवर्तन असम्भव छ ।
सतही राजनीति गरेर बदलिँदैन समाज
अठोट र सङघर्षशील भावना चाहिन्छ
भावनालाई व्यवहारमा लैजाने
दृढ निश्चय पनि चाहिन्छ ।
सिद्धान्त पढेर मात्र परिवर्तन हुँदैन
सिद्धान्त व्यवहारमा लागु गरे परिवर्तन हुन्छ ।
जीवनमा निराश हुनुपर्ने छैन
एकदिन परिवर्तन अवश्य हुन्छ ।
इज्जत र सम्मान मागेर होइन
गरेर कमाउने हो
सिकेर, बुझेर अघि बढ्नु नै
सही बाटोमा लम्कनु हो ।
देश र जनताको निःस्वार्थ सेवा गरौँ !
समाजवादी आचरणलाई व्यवहारमा लागु गरौँ !
संसारको सबै क्रान्तिहरूबाट सिकौँ !
नेमकिपाको आठौँ महाधिवेशन सफल पारौँ !”
Leave a Reply