भर्खरै :

शान्तिपूर्ण चीनको निर्माणलाई उच्च तहमा पु¥याउनुपर्नेमा सीको जोड

शान्तिपूर्ण चीनको निर्माणलाई उच्च तहमा पु¥याउनुपर्नेमा सीको जोड

पेइचिङ, १७ फागुन (सीआरआई) । फेब्रुअरी २८ बिहान चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोमा चीनमा उच्चस्तरको शान्ति निर्माण गर्ने विषयमा १९ औँ सामूहिक अध्ययन गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त समारोहलाई सम्बोधन गर्दै चीनमा उच्चस्तरको शान्ति र सुरक्षाको निर्माण नै पार्टीको महाकार्यको समृद्धि, चिनियाँ जनताको राम्रो जीवन र देशको दीर्घकालीन शान्ति र स्थिरतासँग सम्बन्धित रहेको जनाउनुभएको छ ।
समग्र राष्ट्रिय सुरक्षा अवधारणालाई अविचलित रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको र देशलाई सुरक्षित बनाउन, समाजलाई अझ व्यवस्थित बनाउन, शासनलाई अझ प्रभावकारी बनाउन र जनतालाई अझ बढी सन्तुष्ट बनाउन प्रयास जारी राख्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
ती कामहरू आधारित शान्ति चीनको निर्माणलाई उच्च स्तरमा पुर्याउने आशा पनि उहाँले व्यक्त गर्नुभयो ।
साउथवेस्ट युनिभर्सिटी अफ पोलिटिकल साइन्सका उपकुलपति, प्राध्यापक ली यानले सो विषयमा व्याख्या गर्नुका साथै कार्य सुझावहरू पनि प्रस्तुत गर्नुभएको छ । सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यहरू छलफलमा सहभागी भएका छन् ।
महासचिव सीले स्पष्टीकरण र छलफल सुनेपछि उल्लिखित महत्वपूर्ण सम्बोधन गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *