भर्खरै :

के साम्राज्यवादीहरूले बीबीसीलाई हतियारको रुपमा प्रयोग गर्दैछ ?

वरिष्ठ पूर्व सीआईए विश्लेषक तथा पब्लिक अफेयर्सका निर्देशक केन्ट ह्यारिङटनको ‘चीनले ‘सोसियल मेडिया’ लाई हतियारको रुपमा प्रयोग गर्ला ?’ भन्ने शीर्षकमा नयाँ पत्रिकामा २५ माघ २०७४ मा एक लेख छाप्यो । त्यस लेखमा चिनियाँ समाचार एजेन्सी सिन्ह्वाको भनाईअनुसार चीनको विदेशमा न्यु मिडिया र प्रसारणमा ७ अर्ब अमेरिकी डलर खर्च गर्दैछ र विश्वभर एक साथ ७० भन्दा बढी शाखाबाट ८ भाषामा प्रसारण सञ्चालित हुन्छ । चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) का ७० भन्दा बढी विदेशी शाखा छन् भने ६ भाषामा विश्वका १७१ देशमा प्रसारित हुन्छ । चाइना रेडियो इन्टरनेशनलले बीबीसीपछि विश्वको दोस्रो ठूलो रेडियो प्रसारण संस्था हो ।
यो विश्वभर ९० रेडियो स्टेशनमार्फत् ६४ भाषामा प्रसारित हुन्छ । यसको अर्थ हो – जनवादी गणतन्त्र चीनको अन्तर्राष्ट्रिय प्रसारण सेवा बेलायतको बीबीसीको तुलनामा दोस्रो छ । अमेरिकी केन्द्रीय गुप्तचर विभागका विश्लेषक र जनसम्पर्क निर्देशक केन्द्र ह्यारिङटनले पश्चिमी देशहरूको बेलायती प्रसारण केन्द्र (बीबीसी) संसारमा सबभन्दा ठूलो प्रसारण सेवा हो । त्यसबाट र अन्य पश्चिमी देशहरूको सामाजिक प्रचार माध्यमहरूले ती देशहरूको हतियारको रुपमा प्रयोग गर्दै आएका छन् । यसकारण केन्ट ह्यारिङ्टनले प्रश्न गरे – ‘‘के ‘चीनले सोसियल मेडिया’ लाई हतियारको रुपमा प्रयोग गर्ला ?’’
संरा अमेरिकाले बेलायती प्रसारण केन्द्र ‘सामाजिक प्रचार माध्यम’ लाई साम्राज्यवादी ‘हतियारको रुपमा प्रयोग’ गर्न दिएको हुँदा चीनले पनि त्यसो गर्ला भनी चिन्ता व्यक्त गरिएको देखिन्छ । ‘काँडा रोपेपछि काँडै उम्रिन्छ’ भन्ने नेपाली उखान यहाँ चरितार्थ हुन्छ । यसकारण सबैले राम्रै कामको सुरुवात गर्नु राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *