हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
आजभन्दा २० वर्षअगाडि अर्थात् सन् २००६ जुलाईमा ब्रिक BRIC को स्थापना भयो । ब्राजिल, रुस, भारत र चीनको सहकार्यमा दक्षिण अफ्रिका जोडिएपछि सन् २०१० सेप्टेम्बरमा ब्रिक्स BRICS बन्यो । ब्रिक्सले स्थापनादेखि संसारका उदीयमान अर्थतन्त्रहरूको साझा एवम् सहयोग मञ्चको रूपमा काम ग¥यो । ब्रिक्स देशहरूले साझा स्वार्थ, साझा उद्देश्य र साझा भविष्य निर्माणको बाटो लियो । विशेषतः देश–देशबिच व्यापारको हकमा आपसी लाभ अर्थात् जीत–जीतको पक्ष लियो । सन् २०१३ सम्ममा ब्रिक्स कुल गार्हस्थ उत्पादनको विश्वव्यापी हिस्सामा २७ प्रतिशत योगदान गर्न सक्ने बन्यो । विश्वको कुल जनसङ्ख्याको ४२ प्रतिशत अनि पृथ्वीको २६ प्रतिशत भूभाग ब्रिक्सले ओगट्यो । त्यसपछि ब्रिक्सको विकास र विस्तार निरन्तर अगाडि बढ्यो ।
सन् २०२३ अगस्टसम्म आइपुग्दा ब्रिक्सले ‘ब्रिक्स प्लस (BRICS+)’ अर्थात् बृहत्तर ब्रिक्सको रूप लियो । दक्षिण अफ्रिकाको जोहानेसवर्ग सहरमा आयोजित ब्रिक्सको १५ औँ शिखर सम्मेलनले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्सलाई सन् २०२४ जनवरी १ सम्म पूर्ण सदस्य देश बन्न आमन्त्रण ग¥यो । नभन्दै २०२४ अक्टोबर २२ देखि २४ सम्म रुसको काजानमा सम्पन्न ब्रिक्सको १६ औँ सम्मेलनमा अर्जेन्टिना बाहेक पाँचैवटा देशले पूर्ण सदस्यको रूपमा सहभागिता जनाए । सन् २०२५ को पहिलो दिन बेलारुस, बोलिभिया, इन्डोनेसिया, काजाकिस्तान, थाइल्यान्ड, क्युवा, युगान्डा, मलेसिया र उज्वेकिस्तान गरी नौ वटा देशहरू ब्रिक्सका साझेदार बने । ती साझेदार देशमध्ये इन्डोनेसिया भने गएको जनवरी ६ मा ब्रिक्सको पूर्ण सदस्य बन्यो । जनवरी १७ को दिन अफ्रिकी देश नाइजेरिया ब्रिक्स सहकार्यसँग जोडिएको सार्वजनिक भयो । यसरी ‘ब्रिक्स प्लस’ को विस्तार एवम् विकास जारी छ ।
ब्रिक्सको विस्तार र विकासले विश्व व्यवस्थामा महत्वपूर्ण प्रभाव पारेको देखिन्छ । विश्व अर्थतन्त्रमा पश्चिमी विश्वको रजाइँ र संरा अमेरिकाको प्रभुत्वविरुद्ध ब्रिक्स आशाको किरण हो भन्न सकिन्छ । ब्रिक्सको पछिल्लो आकारले विश्वमा बहुधु्रव या बहुपक्षीयता सम्भवमात्र होइन सफल हुने सङ्केत दिँदै छ । विश्व व्यवस्थामा सन्तुलनका निम्ति पनि ब्रिक्सको भूमिका जरुरी देखिन्छ । विकास निर्माण, उन्नतिप्रगति र लाभ सबै ग्लोबल नर्थ अर्थात् उत्तरी गोलाद्र्धतिर सरिरहेको बेला ग्लोबल साउथ अर्थात् दक्षिणी गोलाद्र्धमा पनि विकास र समृद्धि सम्भव छ भन्ने सङ्केत ब्रिक्सको विकासले दिँदै छ । ग्लोबल साउथमा विश्वका ८० प्रतिशत मानिस बसोबास गर्छन् । एसिया, अफ्रिका, ल्याटिन अमेरिका, ओशिनियाका देशहरू ग्लोबल साउथमा छन् । ग्लोबल साउथ कुनै भूगोलमात्रको नाम होइन । कुनै बेला उपनिवेश, शोषण र अल्पविकासको साझा इतिहास बोकेका देशहरूको एकतालाई ग्लोबल साउथको नाम दिइएको छ । ग्लोबल साउथ प्राकृतिक स्रोतसाधन र सम्भावना पर्याप्त भएका देशहरूको एकताको नाम पनि हो । विश्वको कुल गार्हस्थ उत्पादनमा झन्डै ५० प्रतिशत हिस्सा भएको ग्लोबल साउथले साझा विकास, बहुपक्ष र शान्तिको पक्ष लिएको छ । ग्लोबल साउथको अवधारणालाई माओ त्सेतुङको ‘तीन विश्वको सिद्धान्त’ सँग जोडेर अध्ययन गर्न सकिन्छ । साम्राज्यवादी विश्वको दबदबा र वर्चस्वविरुद्ध विकासशील देशहरू कालान्तरमा एक हुनेछन् भन्ने माओको दूरदृष्टिको साकार रूप ग्लोबल साउथ हो भन्ने विश्लेषण पनि छ । हरेक सार्वभौम देशले आफ्नो निर्णय आपैm लिन पाउनुपर्छ । ‘हाम्रो निम्ति हामी स्वयम् निर्णय लिन्छौँ’ भन्ने आवाज ग्लोबल साउथको हो । ब्रिक्सले पछिल्लो सम्मेलनमार्फत ग्लोबल साउथलाई आफ्नो कार्यक्षेत्र घोषणा ग¥यो । विश्वमा व्याप्त आर्थिक असमानता, असुरक्षा, खाद्य सङ्कट, ऊर्जा सङ्कट, जलवायु परिवर्तनजस्ता समस्याहरूसँग लड्न ब्रिक्स ग्लोबल साउथको सारथी बन्ने निश्चित छ ।
केही तथ्याङ्कमाथि छलफल सान्दर्भिक हुनेछ । पछिल्लो समय ब्रिक्समा नाइजेरियाको आगमनसँगै विश्व जनसङ्ख्याको ५५ प्रतिशत हिस्सा अब ब्रिक्समा छ । जनसङ्ख्याको अर्थ जनशक्ति हो । यसर्थ, ब्रिक्स मानवशक्ति या जनशक्तिमा सम्पन्न बन्दै छ । क्रयशक्तिको आधारमा कुल गार्हस्थ उत्पादनको आँकडानुसार विश्वव्यापी अर्थतन्त्रको झन्डै आधा हिस्सा ब्रिक्सले ओगट्छ । कृषि उत्पादन ५४ प्रतिशतभन्दा बढी छ । यो आँकडा निरन्तर बढ्दो छ । कुनै बेला जी–७ देशहरू अझ भनौँ ग्लोबल नर्थका देशहरू अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, इटाली र जापानभन्दा अहिलेका ब्रिक्स देशहरू अािर्थकरूपमा पछाडि थिए । सन् १९९५ मा जब ब्रिक्स जन्मेको थिएन त्यतिबेला विश्व अर्थतन्त्रमा जी–७ देशहरूको हिस्सा लगभग ५० प्रतिशत थियो भने ब्रिक्स देशहरूको हिस्सा जम्मा १६.९ प्रतिशत मात्रै थियो । ब्रिक्सको स्थापनापछि सन् २०१० मा आइपुग्दा जी–७ देशहरू विश्व अर्थतन्त्रमा पार्ने प्रभाव ओरालो लाग्यो । जी–७ को प्रभाव ३४.३ प्रतिशत हिस्सामा सीमित हुँदा ब्रिक्स २६.६ प्रतिशतमा उक्लियो । सन् २०२३ मा आइपुग्दा जी–७ को विश्वव्यापी कुल गार्हस्थको हिस्सा २९.९ प्रतिशतमा खुम्चियो । रोचक कुरा त के छ भने स्वयम् अन्तर्राष्ट्रिय मुद्राकोषले प्रक्षेपण गरेअनुसार सन् २०२४ सम्ममा कुल गार्हस्थ उत्पादनमा जी–७ को हिस्सा २० प्रतिशतमा खुम्चिने र ब्रिक्सको हिस्सा ४४ देखि ५० प्रतिशतसम्म पुग्ने बताइएको छ । ब्रिक्सले जी–७ लाई कहिल्यै आफ्नो प्रतिद्वन्द्वी या शत्रु ठानेको छैन तर यो तथ्याङ्कले ब्रिक्समात्र होइन सिङ्गो ग्लोबल साउथ विश्वअर्थतन्त्रको गुरुत्वाकर्षण केन्द्र बन्दै गरेको प्रस्ट हुन्छ ।
ब्रिक्समा जोडिएका देशहरूको सदस्यता र सहभागिताले विश्वव्यवस्था या अर्थतन्त्रमा के अर्थ राख्छ र कस्तो प्रभाव पार्छ भन्ने सन्दर्भमा केही चर्चा गरौँ । इजिप्ट कच्चा तेल, पेट्रोलियम पदार्थको खानी देश हो । कपास, फलपूmल निर्यातमा इजिप्ट अग्रपङ्क्तिमा छ । सबैभन्दा महत्वपूर्ण पक्ष त इजिप्टले स्वेज नहरमा नियन्त्रण राख्दछ । व्यापारिक एवम् रणनीतिक हिसाबले स्वेज नहरलाई विश्वमानचित्रमा संवेदनशील ‘मेरिटाइम चेक प्वाइन्ट’ ले परिभाषित गरिन्छ । ब्रिक्स देशहरूको ५०÷६० प्रतिशतभन्दा बढी व्यापार त्यहीँबाट हुने बताइन्छ । सिँगो युरोप, एसिया, अफ्रिका, मध्यपूर्वमा वस्तु आयात निर्यातको मुख्य बाटोमध्ये एक हो, स्वेज नहर । दैनिक ५२ वटा पानीजहाज त्यही बाटो भएर जान्छ । विश्वव्यापीरूपमा सञ्चार हुने मालसामानको कन्टेनरको ३० प्रतिशत स्वेज नहरबाट जान्छ । आईएमएफकै तथ्याङ्कका आधारमा भन्नुपर्दा चीनको एउटा महत्वपूर्ण व्यापारिक मार्ग हो, स्वेज नहर । त्यसैले पनि इजिप्ट ब्रिक्सको सदस्य बन्दा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असह्य भयो । पानामा नहर अमेरिकाले फिर्ता लिने या कब्जाको कुरा त्यहीँबाट आएको विश्लेषण पनि विज्ञहरूको छ । किनभने, पानामा र अमेरिकाबिचको कुरामा ट्रम्पले चीनलाई पनि सो मुद्दामा तानेका छन् । अप्रत्यक्षरूपमा चीनलाई पानामा नहरमा रोक्ने ट्रम्पको नियत प्रस्ट भएको छ ।
आर्थिक पक्ष अलावा ब्रिक्समा इजिप्ट र मध्यपूर्वका देशहरूको सदस्यताले विश्वमा साम्राज्यवादी एवम् फासीवादी युद्धको विरोध गरेको आभास मिल्छ । इजिप्ट, प्यालेस्टिन जोडिएको देश इजरायलले प्यालेस्टिनमा बमवर्षा गरिरहँदा इजिप्ट ब्रिक्समा प्रवेश गर्नुले मध्यपूर्वमा युद्ध, विध्वंसप्रति असहमति या विरोध दर्शाउँछ । गत फेब्रुअरी ५ मा पुनः ट्रम्प र नेतान्याहुले गाजापट्टीबाट प्यालेस्टिनीहरूलाई हटाउने अर्थात् जातीय संहारको खुलमखुला घोषणा गरे । यो युद्ध तथा विध्वंसकै सङ्केत हो । तुरुन्तै त्यसको विरोध मध्यपूर्वका ब्रिक्स देशहरू इजिप्ट, साउदी अरब, यूएईले जोर्डन, कतार र प्यालेस्टिनसँग संयुक्तरूपमा गरे । स्वतन्त्रता आन्दोनल, अमेरिकी उपनिवेशविरुद्धको आन्दोलनमा इथियोपिया र इरानको सङ्घर्ष पनि अब ब्रिक्सको हिस्सा हो । साउदी अरब र संयुक्त अरब इमिरेट्सको सदस्यताले पनि शान्तिको सन्देश दिन्छ । यसर्थ, ब्रिक्स विश्वमा भइरहेको अन्यायपूर्ण युद्ध या अत्याचारको विरोध र शान्तिको पक्षमा छ भन्ने बुझिन्छ ।
इथियोपिया विश्वमानचित्रमा अफ्रिकाकै रणनीतिक भूभाग एवम् क्षेत्रीय भूराजनीतिको महत्वपूर्ण केन्द्र मानिन्छ । यहाँको उत्पादन विशेषतः कफी, सुन, कृषिवस्तु हुन् भने इथियोपिया संसारमा छिटो विकास भइरहेको अर्थतन्त्रमध्ये एक हो । साउदी अरब ‘ओपेक’ को नेतृत्वकर्ता देशमध्ये एक हो । विश्वव्यापी ऊर्जा बजारमा उसको राम्रो पकड छ । पेट्रोलियम पदार्थको निर्यात र विशाल तेलभण्डार साउदी अरबको विशेषता हो । इरानले पनि विश्व ऊर्जा बजारमा महत्वपूर्ण भूमिका खेल्छ । इरान भूराजनीतिक हिसाबले चर्चामा आइरहने देश हो । यूएई गल्फ देशहरूको रणनीतिक भूभाग हो । यहाँ कच्चा तेल, प्राकृतिक ग्यास, आल्मोनियम, पेट्रोकेमिकल (रसायन) को भण्डार छ । पूर्वाधार विकास द्रुत्त गतिले बढ्दै छ । यी देशहरूको आगमनले ब्रिक्समा ऊर्जा र खनिज स्रोतमा विश्वव्यापी हिस्सा २१ प्रतिशतबाट ४२ प्रतिशत पुग्यो । प्राकृतिक ग्यासको हकमा १२ प्रतिशतबाट ३६ प्रतिशत पुगेको तथ्याङ्क छ । अनवीकरणीय ऊर्जाको स्रोत पनि विश्व अर्थतन्त्रमा उतारचढावको कारक बताइन्छ । यसैको लागि मध्यपूर्व लामो समयदेखि जलिरहेको यथार्थ नकार्न सकिन्न । ऊर्जा शक्ति जसको हातमा हुन्छ उसले विश्व अर्थतन्त्रको नेतृत्व गर्छ भन्ने तर्क पनि अकाट्य प्रतीत हुन्छ । यस मानेमा ब्रिक्स अनवीकरणीय ऊर्जा स्रोतमा पनि बलियो बन्दै छ । जलवायु संरक्षणका लागि नवीकरणीय ऊर्जा उत्पादनमा ब्रिक्सको जोड बेजोड छ ।
ब्रिक्स संस्थापक देशहरूमध्ये ब्राजिलको वस्तु बजार विराट छ । भटमास, फलाम, पेट्रोलियम, कच्चा तेल, चिनी र कृषि उत्पादनमा अग्रसरता छ । ब्राजिल विश्वको खाद्य सङ्कट न्यूनीकरणको लागि काम गर्दै छ । रुस युरोप र एसिया जोड्ने व्यापार केन्द्र हो भन्दा फरक नपर्ला । प्राकृतिक स्रोतसाधनसँगै कच्चा तेल र कोइलाको खानी रुसमा छ । ऊर्जा सङ्कटविरुद्ध रुस लड्दै छ । त्यतिमात्र होइन संरा अमेरिकाको प्रोक्सी वार अर्थात् रुसविरुद्ध युक्रेनको छाया युद्धको सामना पनि गर्दै छ । भारत पेट्रोलियम पदार्थ, गरगहना, टेक्स्टायल, फर्मास्युटिकल्सलगायतको क्षेत्रमा अगाडि छ । चीनले ब्रिक्सको विकास र गतिशीलतामा महत्वपूर्ण भूमिका खेल्छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र र पहिलो निर्यातकर्ता देश चीन विश्व आपूर्ति प्रणाली ‘ग्लोवल सप्लाई चेन’ लाई सम्हाल्छ । कृषि, औद्योगिक उत्पादनसँगै इलेक्ट्रोनिक्स, मेसिनरी, टेक्सटायललगायतका सामग्री निर्यातमा चीनको प्रतिस्पर्धा गर्न अन्य देशलाई मुस्किल छ । पछिल्लो समय बौद्धिक कृत्रिमताको विकासमा चीन निकै अगाडि बढेको प्रस्ट भइसकेको छ । चीनले ब्रिक्सको भावना र उद्देश्य आत्मसात् गरी यसको विकासमा एसियाबाट महत्वपूर्ण योगदान गर्दै छ । साथै संरा अमेरिकाको अस्वाभाविक युद्ध र आक्षेपविरुद्ध शान्तसँग लड्दै छ । दक्षिण अफ्रिका त ‘गेटवे अफ अफ्रिकन मार्केट’ अर्थात् अफ्रिकी बजारको प्रवेशद्वार नै हो । खनिज तेल, प्लाटिनियम, सुन, हिरालगायत खनिज स्रोत तथा यन्त्र उत्पादनमा दक्षिण अफ्रिका अगाडि छ । यसरी संस्थापक देशहरू पनि एकातिर विश्व अर्थतन्त्रमा योगदानको निम्ति सक्रिय छन् भने अर्कोतिर साम्राज्यवादी अत्याचारविरुद्ध व्यावहारिक सङ्घर्ष गर्दै छन् ।
ब्रिक्सले हालैमात्र आफ्नो नीतिमा परिवर्तन गरी ‘साझेदारी मोडल’ अर्थात् Partnership Model अघि बढायो । प्रत्यक्ष पूर्ण सदस्य नबनी सहकार्य र साझेदारीको बाटो व्यावहारिक पाइला हुनेमा विमर्श भयो । त्यही नीतिअनुसार जनवरी १ मा बेलारुसदेखि उज्वेकिस्तानसम्मका ९ देशहरू साझेदार बने । ती देशहरू पनि कृषि, औद्योगिक, प्राकृतिक स्रोतसाधन, खनिज तेल र ऊर्जामा आत्मनिर्भर छन् । अल्जेरियालगायतका अन्य अफ्रिकी देशहरूलाई पनि ब्रिक्सले आमन्त्रण गरिरहेको छ । यो तथ्याङ्कले ब्रिक्समा अफ्रिकी महादेशको योगदानबारे बताउँछ ।
‘डि–डलराइजेसन’ विरुद्ध अन्तर्राष्ट्रिय आन्दोलनमा ब्रिक्सको भूमिका कस्तो रहला ? छलफल जारी छ । संसारमा जति पनि आर्थिक समस्या छन् त्यो डलर प्रभुत्वका कारण हो भन्ने तर्क नयाँ होइन । डलर प्रभुत्वविरुद्ध लड्न सक्ने एउटैमात्र एकता अब ब्रिक्स हो । सन् २०१४ जुलाई १५ मा ब्राजिलको फोर्टालेजामा सम्पन्न ब्रिक्सको सम्मेलनबाट ब्रिक्स बैङ्क अर्थात् New Development Bank (NDB) को स्थापना भएको हो । मौद्रिक र वित्तीय क्षेत्रमा एनडीबीलाई विश्व बैङ्क, आइएमएफ र एडीबीहरूको दादागिरीविरुद्ध लड्ने र संसारलाई उज्यालोतर्फ लाने उद्धारकर्ता ‘सेभियर’ का रूपमा व्याख्या गरिएको छ ।
आज पनि एसिया, अफ्रिका, ल्याटिन अमेरिकाबाट प्रश्न उठ्छ, “संरा अमेरिकी डलर निर्भरता कहिलेसम्म ? डलरमै व्यापार गर्नुपर्ने बाध्यता कहिलेसम्म ? त्यसकारण पनि ब्रिक्स मुद्राको अवधारण हुर्कियो । ‘डि–डलराइजेसन’ को लागि विकासशील देशहरू ब्रिक्स मुद्राको पक्षमा देखिन्छन् । ब्रिक्स बैङ्कले संसारका उदीयमान अर्थतन्त्रहरूलाई पुँजी दिने हो, लगानी गर्ने होइन भनी स्पष्ट बोलेको छ । पुँजी दिनु र लगानी गर्नुमा फरक हुन्छ । लगानी नाफामुखी हुन्छ । आफ्नै देशको मुद्रामा जोड दिने नीति यो युगमा डलरको विकल्प हो । यस मानेमा पनि ब्रिक्सको विकास र विस्तार संसारकै निम्ति उज्यालो पक्ष हो ।
ब्रिक्सको विकासले संरा अमेरिका छटपटिनु स्वाभाविक हो । ‘चाइना टुडे’ को जनवरी अङ्कले ब्रिक्सको विस्तारका कारण छट्पटिएका ट्रम्पको अभिव्यक्ति लेखेको छ, “ब्रिक्स देशहरूविरुद्ध १० प्रतिशत व्यापार कर लागु गर्ने तयारी हुँदै छ । डलरको विकल्पमा कुनै पनि कदम सह्य हुने छैन । यदि त्यसो गरे १०० प्रतिशतसम्म व्यापार कर लागु गरिनेछ ।” ट्रम्पले ‘अमेरिका प्रथम’ नीतिको शत्रु मान्छन् ब्रिक्सलाई । अमेरिकालाई पुनः महान् बनाउने ट्रम्पको योजनाको बाधक मानिएको छ ब्रिक्सलाई । पछिल्लो समय ट्रम्प त्यसकारण पनि बढी आक्रामक बनेको अनुमान छ । डेनमार्कको ग्रीनल्यान्ड किन्ने, क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने, पानामा नहर फिर्ता लिने, गल्फ अफ मेक्सिकोलाई गल्फ अफ अमेरिका घोषणा आदिले संरा अमेरिकाको साम्राज्यवादी चरित्र पुनः विश्वमा उदाङ्गो भएको छ । खुला व्यापारको वकालत गर्ने संरा अमेरिका व्यापार संरक्षणवादी बन्दै छ । चीनविरुद्धको व्यापार युद्ध टुङ्गिएको छैन । संरा अमेरिकाले केही समयअघि क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत भन्सार वृद्धि ग¥यो जबकि क्यानडा जी–७ देशमध्ये एक हो । त्यतिमात्र होइन चीनविरुद्ध थप १० प्रतिशतको भन्सार कर वृद्धिले ट्रम्पको नियत प्रस्ट हुन्छ । अहिले फेरि ३० दिनको लागि क्यानडा र मेक्सिकोविरुद्धको भन्सार कर वृद्धि स्थगित गरिएको छ । चीनले भने अमेरिकालाई जस्तालाई तस्तैको जवाफ दियो र अमेरिकी वस्तुमा पनि १० प्रतिशतको भन्सार कर लागु ग¥यो । यसरी अमेरिकाले सबैतिर निहुँ खोज्ने र युद्धको बिउ रोप्ने, हतियार निर्यात गर्ने काम गरिरहँदा विश्व व्यवस्थामा ब्रिक्सलाई आशा र अनुकूल परिस्थिति या वातावरणको रूपमा स्वागत हुँदै छ ।
ब्रिक्सको तागतबारे चिनियाँ राष्ट्रपति सी चिङ फिङ भन्नुहुन्छ, “साझा उद्देश्य र आदर्श बोकेका जनतालाई केहीले पनि विभाजित गर्न सक्दैन । पहाड र समुद्रले समेत विभाजित गर्न सक्दैन ।”
भारतका एक विज्ञ एवम् ट्राइकन्टिनेन्टलका सम्पादक विजयप्रसादले ब्रिक्सबारे भनेका छन्, “समकालीन विश्वमा ब्रिक्स ‘New mood’ या नयाँ वातावरण हो ।” एक अफ्रिकी प्राध्यापकले ब्रिक्सलाई नोआको जहाजको उपमा दिए । ब्रिक्सको लागि यो सबैभन्दा उपयुक्त उपमा हो । नोआको जहाज अर्थात् बाइबलमा व्याख्या गरिने डुङ्गाले समुद्री तुफानबाट प्राणी जीवनको रक्षा गरेजस्तै ब्रिक्सले अन्तर्राष्ट्रिय जगतलाई आर्थिक सङ्कट, अशान्ति, द्वन्द्व र असमानताबाट जोगाउने धेरैको विश्वास छ । ब्रिक्सको तेस्रो सम्मेलन (अप्रिल १४, २०११) को सभाध्यक्षको हैसियतले बोल्दै चिनियाँ राष्ट्रपति हु चिन्ताओले दिनुभएको अभिव्यक्ति आज पनि सान्दर्भिक हुन्छ, ‘एक्काइसौँ शताब्दीको दोस्रो दशकतिर अघि लम्किरहँदा भइरहेको यस ऐतिहासिक सम्मेलनमा हामी सबैको एउटा प्रमुख विषयमा ध्यान केन्द्रित हुनुपर्छ : साझा समृद्धि सबै मानिसले उपभोग गर्न पाउने शान्त र सौम्य एक्काइसौँ शताब्दीको निर्माण !’
सारमा, ब्रिक्सको स्थापना, विकास तथा विस्तारले विश्वजगतमा नयाँ आशा, भरोसा र सम्भावनाको क्षितिज उघारेको छ । त्यो नरोकिने विश्वास बलियो बन्दै छ । रातपछि दिन आएझैँ विश्व मानव समुदायका निम्ति ब्रिक्स नयाँ बिहानीको सङ्केत हो । ब्रिक्सबारे नेपाली संवेदनशील समुदायबाट थप अध्ययन तथा निरन्तर छलफल चालू राख्नु श्रयेस्कर हुनेछ ।
स्रोत : पेइचिङ रिभ्यू, चाइना टुडे, ग्लोबल टाइम्स, मजदुर–किसान, मजदुर, श्रमिक, जियोपोलिटिकल इकोनोमी डटकम र अन्य
Leave a Reply