हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, २० फागुन । वागीश्वरी कलेजका मानविकी सङ्काय बीए चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा वागीश्वरी मा.वि. कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूमाझ अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै वागीश्वरी कलेजले सञ्चालन गर्दै आइरहेको छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिनुभयो । वागीश्वारी कलेज भक्तपुर जिल्लाकै पहिलो क्यूएए प्राप्त सामुदायिक कलेज रहेको हुँदा शैक्षिक गुणस्तरमा शङ्का गर्ने ठाउँ नभएको बताउनुभयो ।
वागीश्वरी कलेज मानविकी सङ्कायका प्रमुख राजन फेलुले वागीश्वरीमा सम्पन्न विभिन्न कार्यक्रम, गोष्ठी, तालिमको चर्चा गर्दै विद्यार्थीहरूलाई शैक्षिक शिक्षाका साथै सामाजिक व्यवहारिक ज्ञान अभिवृद्धिमा पनि जोड दिएको बताउनुभयो । वागीश्वरीमा सञ्चालन भइरहेको उद्यमशील कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले पाएको बीउ पुँजीसम्बन्धी चर्चा गर्दै वागीश्वरी कलेजमा सीप विकासका लागि नन–क्रेडिट कोर्सहरूबारे पनि जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा बीए चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरू तेन्जिङ डोल्मा तामाङ, एलिना भेले, सुवास तामाङ, भावना भडेल, तारा गौतम, मेनुका ब्यान्जुले वागीश्वरी कलेजमा पढ्दाको अनुभव र आफूहरूले अध्ययन गरेका विषयको महत्वबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply