यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २३ फागुन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा शुक्रबार सरस्वती विद्यागृह मावि लामगालको ७३ औँ वार्षिकोत्सव सम्पन्न भयो । पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त समारोहमा अतिथि गोसाईले विद्यार्थीको प्रतिभा प्रस्फुटनको लागि घरपरिवार र विद्यालय परिवारबाट उचित प्रोत्साहन हुनुपर्नेमा जोड दिँदै त्यहीअनुसारको वातावरणको पनि खाँचो हुने विचार व्यक्त गर्नुभयो ।
कुनै पनि स्कूलको प्रगतिमा स्थानीय समुदायको पनि महत्वपूर्ण भूमिका हुने हुँदा विद्यालय परिवारले स्थानीय जनतासँग सहकार्य–समन्वय गरेर अघि बढ्न सुझाव दिँदै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुरले गर्दै आएको प्रगतिले देशभरका अभिभावकहरूको ध्यान आकर्षित भएको छ† यही विद्यालयमा पनि देशका धेरै जिल्लाबाट विद्यार्थीहरू पढ्न आउनु भक्तपुरको लागि गौरवको विषय हो भन्नुभयो ।
विभिन्न जिल्लाबाट अध्यापनको लागि आएका शिक्षक–शिक्षिकाहरूले स्थानीय जनताको भावना बुझेर अगाडि बढे विद्यालयको प्रगति अझ बढी हुने विश्वास व्यक्त गर्दै उहाँले देशभर सन्तुलित विकासमा सरकारले जोड दिएको भए शिक्षाको लागि अभिभावकहरू काठमाडौँ उपत्यकाकेन्द्रित हुने थिएनन् भन्नुभयो । विद्यालयले अभिभावक, स्थानीय जनतासँग निरन्तर अन्तरक्रिया गर्दै अघि बढे विद्यालयप्रति सबैको अपनत्व बढ्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले सरस्वती विद्यागृह सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले उत्कृष्टतातर्फ उन्मुख भएको चर्चा गर्दै यसको लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय जनतासँगै हातेमालो गरी अघि बढिरहेको बताउनुभयो ।
स्कूल स्थापनादेखिका अग्रजहरूको योगदानको उच्च कदर गर्दै सामूहिक भावनाका साथ काम गरिरहेको उल्लेख गर्दै उहाँले विद्यार्थीलाई पाठ्यक्रम र पाठ्यपुस्तकमा मात्र सीमित नगरी समाजको लागि आवश्यक देशभक्त, इमानदार, सभ्य संस्कारयुक्त नयाँ पुस्ताको जनशक्ति उत्पादनको लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
देशका धेरै जिल्लाबाट आएका विद्यार्थीहरूको भिन्न भिन्न भाषा, संस्कृति, पहिरन आदिको मेलबिन्दु अहिले स्कूल हुन आएकोले एक अर्काबाट सिक्ने अवसर मिलेको छ भन्दै उहाँले भनपाबाट तयार गरिएको स्थानीय पाठ्यक्रमले बाहिरी जिल्लाबाट आएका विद्यार्थीको लागि भक्तपुर चिन्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरभरिमा कक्षा ८ को अन्तिम परीक्षामा २८ सयभन्दा बढी विद्यार्थी र कक्षा १० (एसईई) मा देशभरमा ४ लाख २२ हजारभन्दा बढी विद्यार्थीहरूबिच प्रतिस्पर्धा भइरहेकोमा सरस्वती विद्यागृहका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउने अपेक्षा गर्दै विद्यालयको प्रगतिमा साथ दिने सबैप्रति आभार प्रकट गर्नुभयो ।
भनपा – ९ सामुदायिक विद्यालय समन्वय समितिका संयोजक ज्ञानसागर प्रजापतिले वडामा भएका तीन विद्यालय (सरस्वती, वागीश्वरी र दत्तात्रय) हरूबिच आपसी सहकार्यको नौलो अभ्यासले तीन ओटै स्कूलहरू लाभान्वित भइरहेको बताउनुभयो ।
एक अर्काे प्रसङ्गमा प्रम केपी ओलीले हालै एक कार्यक्रममा शिक्षकहरूलाई एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गर्नेहरू भनेकोमा आपत्ति जनाउँदै उहाँले कार्य सम्पादन मूल्याङ्कन प्रधानमन्त्रीको कार्यालयले २८ प्रतिशतमात्र अङ्क हासिल गरेको याद दिलाउनुभयो । उहाँले २८ प्रतिशतको तुलनामा एसईई २०८१ मा ४८ प्रतिशत र सरस्वती विद्यागृहको ७२ प्रतिशत अङ्क हासिल गर्नु गौरवको विषय हो भन्दै प्रम ओलीलाई आफ्नो अनुहार हेरेरमात्र अरुलाई अर्ती दिन सुझाव दिनुभयो ।
उहाँले अब बन्ने सङ्घीय शिक्षा ऐनमा शिक्षकको राजनीतिक र मौलिक अधिकारजस्ता वाक् स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउन खोजे त्यो पञ्चायती प्रवृत्ति हुने र सफल नहुने चुनौती दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुबहादुर मानन्धरले लामगालमा स्कूल सञ्चालनको लागि आफूले खेलेको भूमिकाको चर्चा गर्दै साकोलाँका सूर्यमान खरदार र चोछेँका चन्द्रबहादुर श्रेष्ठको योगदान पनि स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “सुँगुर चर्ने यो खुला शौचालय आज सरस्वतीको मन्दिर बनेको छ† आफूहरूले जग्गा दान दिएको सार्थक भएकोमा खुसी लागेको छ ।”
कार्यक्रममा भनपा १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, सार्वजनिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुई, पूर्वप्रअ पुण्यराम सुवालले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रअ गनुराज राईले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनअनुसार विद्यालयमा हाल ४५१ जना विद्यार्थी अध्ययनरत, २५ जना शिक्षक–कर्मचारी कार्यरत र एसईई २०८० मा ७२ प्रतिशत उत्तीर्ण भएको रेकर्ड छ ।
कार्यक्रममा शिक्षक राजन छुस्याबाग र विद्यार्थी टपेन्द्र बुढाले स्वागत मन्तव्य दिनुभएको थियो भने शिक्षक तुल्सी कठायतले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थी र कक्षागत प्रथम, द्वितीय, तृतीय विद्यार्थीका साथै उत्कृष्ट शिक्षक–कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा कलाकार राजा राजेन्द्रको उत्प्रेरणात्मक प्रस्तुतिका साथ शिक्षक विद्यार्थीहरूको नाचगान प्रस्तुत गरिएको थियो ।
Leave a Reply