अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २३ फागुन । बाल विकास सेकेन्डरी स्कूलमा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा नेमकिपाको आठौँ महाधिवेशन सन्देश कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले श्रमलाई माया गर्ने र श्रम गर्ने व्यक्तिको सम्मान गर्नुपर्ने बताउँदै महिलाहरू सामाजिक र राजनीतिक गतिविधिहरूमा लाग्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि संस्था अगाडि बढाउनको लागि आलोचना र आत्मालोचनाको विकास गर्नुपर्ने, नम्र र मिठो बोल्नुपर्ने, व्यावहारिक बन्नुपर्ने धारणा राख्दै जिज्ञासु, जागरुक, मेहनत र उत्सुक मनका साथ सक्रिय जीवन बाँच्न अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, “बाटो देखाउन सक्ने व्यक्ति नै असल नेतृत्व हो । उमेर मुख्य होइन विचार मुख्य हो । हरेक कामको मूल्याङ्कन अङ्कबाट भन्दा पनि उसको कार्यबाट हुन्छ ।”
कार्यक्रममा विद्यालयका शिक्षिकाहरू सीता प्रजापति, सुलोचना छ्वाजू, गंगा वैद्य, सृष्टि प्रधान, अमृता नेपाली, विना कर्माचार्य र सरीना बास्कोटाले श्रमिक महिला दिवस र महाधिवेशनमा सहभागी हुँदाको अनुभव बताउनुभयो ।
Leave a Reply