भर्खरै :

को हुन् जेनी माक्र्स ?

को हुन् जेनी माक्र्स ?

जेनी माक्र्स एक सङ्घर्षशील महिला थिइन् । उनको जन्म जर्मनीको राइन प्रान्तमा भएको थियो । उनका बुबा बारेन लुडभिग वेस्टाफालेन प्रान्तका कन्सुलर थिए । उनको बुबाको सरुवा ट्«ियरमा भएपछि उनको भेट कार्ल माक्र्ससँग भयो । सानैदेखि जेनी र माक्र्ससँगै खेल्ने, पढ्ने गर्थे । यसैबाट उनीहरू दुई बिचमा प्रेम पलाउदै गयो । सधैँ सँगै रहँदा उनीहरूले एक अर्काको दुःख सुख पनि बाँड्दै गए । जेनी सम्पन्न परिवारकी छोरी थिइन् भने माक्र्सको परिवारको आर्थिक अवस्था त्यति राम्रो थिएन । माक्र्स पनि जेनीलाई अगाध माया गर्थे । यसैकारण उनीहरूले विवाह गरे । जेनीको साथ र सहयोगले माक्र्सले आफ्नो राजनीतिक यात्रालाई अझै सशक्त रूपमा अगाडि बढाउन थाले । गोप्य रूपमा गरिएको विवाहको साताँै वर्षमा उनीहरूले विधिवत् रूपमा विवाह गरे ।
एउटै उद्देश्य बोकेर हिँडेका उनीहरूले एकअर्कालाई अझै बलियो पार्दै गए । संसारलाई मुतिm दिलाउने उद्देश्य बोकेर दुबै फ्रान्सतिर लागे । यतिबेला पनि माक्र्सको आर्थिक अवस्था त्यति राम्रो थिएन । माक्र्सले पत्रिकाहरू निकाल्न थाले । उनी आफ्ना विचार जनतासम्म सहजै पु¥याउन सफल भए । माक्र्सले आफनो जीवनमा धेरै कठिनाइहरूको सामना गर्नु परेको थियो । तर, जेनी माक्र्सको साथ र सहयोगले उनलाई आफ्नो लक्ष्यमा पुग्न सफल बनायो । उनी फ्रान्समा हुँदै जेनीले छोरीलाई जन्म दिइन् । त्यतिबेला उनीहरू आर्थिक सङ्कटबाट ग्रस्त हुन पुगेका थिए । यतिबेला फ्रान्स सरकारले माक्र्सलाई २४ घण्टाभित्र फ्रान्स छोड्न आदेश दियो । आफूसँग पैसा नभएकोले जेनीले आफ्ना कोठाका पुराना सामान बेचेर केही रकम जम्मा पारिन् तर ढिलो भएकोले फ्रान्स सरकारले माक्र्सलाई जेलमा कैद ग¥यो । जेनी त्यतिबेला १५ दिनकी सुत्केरी थिइन् । उनले जेलबाट माक्र्सलाई छुटाउन प्रयास गरिन् तर उनीहरूले जेनीलाई पनि माक्र्ससँगै जेलमा कैद गरे । सुत्केरी जेनीले त्यतिबेला निकै कठिनाइहरूको सामना गर्नु प¥यो । तर पनि उनले हार मानिन्न । उनले सदैव माक्र्सलाई साथ दिइन् ।
माक्र्सको हरेक पाइलामा आशाको किरण बनेर उनले सहयोग गरिन् । आफ्नो जीवनमा आइपरेका हरेक दुःखलाई हाँसी हाँसी टारिदिइन् । जसको प्रतिफल आज विश्वले माक्र्सको गुणगान गाएको छ । जस्तोसुकै विपत्तिमा पनि उनी विचलित नभई अगाडि बढिन् । आर्थिक समस्याले गर्दा उनले आफ्ना सन्तानलाई राम्रो हेरविचार गर्न सकिनन् । जसका कारण उनले आफ्ना प्यारा सन्तानहरू गुमाउनु परेको थियो । तर, कठिन परिस्थितिबाट उनी कहिले हार मानिनन् । उनी माक्र्ससँगै रुसलगायत विश्वका विभिन्न देशका मजदुर आन्दोलनमा सहभागी भइन् र मजदुरहरूको हौसला बढाइन् । जेनी साहसी र सङ्घर्षशील नेतृ थिइन् । उनले आफ्नो सम्पूर्ण जीवन मानव मुक्तिका लागि समर्पण गरिन् । उनले मजदुर र महिला मुक्तिका लागि आवाज उठाउँदा उठाउँदै बिरामी परिन् । सन् १८८१ मा जेनीले यो संसार छोडिन् । माक्र्सको योगदानमा उनी सधँै जीवित रहिरहिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *