रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
भक्तपुर, २५ फागुन । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा नयाँ सदस्यहरूलाई संस्थाको आर्थिक कारोबारको साथै संस्थाले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिहरूको जानकारी गराउने उद्देश्यले आइतबार शिक्षा शिविर कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार कृष्णप्रसाद धन्छाले आजको समय खर्च पछि बचत गर्ने होइन बचत पछि मात्र खर्च गर्नुपर्ने समय हो, झिलिमिलीमा रमेर आय–व्ययमा प्रभाव पार्नुहुँदैन; वित्तीय अनुशासन पालना गरी आफ्नो आवश्यकता र क्षमताअनुसारको खर्च गर्ने योजना बनाई भविष्यलाई सुनिश्चित बनाउनुपर्छ भन्नुभयो ।
विकृतिको रूपमा केही संस्थाहरू अस्तव्यस्त भइरहेको बेला असल नेतृत्व भएको सही संस्थाको चयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले उच्च ब्याजको प्रलोभनमा पर्नुहुँदैन, वित्तीय योजना बनाउँदा बचत गर्नेमात्र होइन बचत रकमको उचित प्रयोग गरी बढीभन्दा बढी प्रतिफल आउने क्षेत्रमा परिचालन गर्नुपर्छ भन्नुभयो ।
संस्थाका उपाध्यक्ष एवम् उपसमितिका संयोजक लक्ष्मीप्रसाद कुसीले संस्थाले स्थापनाकालदेखि नै आर्थिक कारोबारमात्र नभई सदस्यहरूलाई सक्षम बनाउनको लागि, समग्र समाजको हित र उन्नतिको लागि सामाजिक, सांस्कृतिक, खेलकुद, स्वास्थ्यसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
संस्थाले खेलकुद गतिविधि, सीपमूलक तथा रोजगारीमूलक तालिम सञ्चालन गर्नुका साथै भक्तपुर साकोसको संरक्षकत्वमा धेरै वर्षपछिको प्रयासमा भक्तपुर आदर निकेतन सञ्चालन गर्नसक्नु संस्थाको सकारात्मक पक्ष रहेको उहाँले बताउनुभयो ।
उपसमितिका सदस्य जयराम कोजू र रामदेवी मानन्धरले पनि बोल्नुभएको सो कार्यक्रममा दीपक मास्के, जयराम सुवाल, रमेश प्रजापति, सुमित्रा प्रजापतिलगायतले आ–आफ्नो जिज्ञासा राख्नुभएको थियो ।
Leave a Reply